भर्खरै :

नेपोलियनको सल्लाह मान र चीनलाई सुत्न देऊ

एक्काइसौँ शताब्दीका सुरूका दुई दशकमा पश्चिमाहरूसामुका प्रमुख चुनौती प्रस्ट भइसकेको छः संसारको केन्द्रमा चीनको पुनरागमन । चीनले सन् १९८० देखि २०२० सम्म चलेको पहिलो चरणको सुधारकालको सही व्यवस्थापन ग¥यो । अब चीनलाई दोस्रो चरणको सुधारकालमा असफल बनाउन पश्चिमा संसार अघि सरेको छ । सुधारको पहिलो चरण अवधिमा चीनले कुनै पनि देश वा शक्तिसँग लडाइँ लड्नु परेन ।
तीन गलत बुझाइको कारण पश्चिमाहरूको प्रयास विफल हुने देखिन्छ । पहिलो, चिनियाँ कम्युनिस्ट पार्टीले शासन गर्दासम्म चीन कहिल्यै पनि आफ्नो असल साझेदार हुनसक्दैन भन्ने पश्चिमाहरूको बुझाइ छ । पश्चिमाहरूको दिमागमा यो बुझाइले गहिरो जरा गाडेको छ । सन् १९८० दशकको अन्त्यतिर सोभियत सङ्घको विघटनपछि साम्यवाद इतिहासको फोहोर फाल्ने टोकरीमा फालिने सोचिएको थियो । त्यसैको जगमा उभिएर ‘चिनियाँ जनताको चाहनाविपरीत शासन गर्ने दमनकारी पार्टीसँग संसारले कसरी काम गर्न सक्छ र’ भन्ने तर्क अघि सारियो ।
तर, चिनियाँ जनता चिनियाँ कम्युनिस्ट पार्टीलाई दमनकारी पार्टीको रूपमा मान्न तयार नभएका मनग्य प्रमाण छन् । इडेलम्यान ट्रस्ट व्यारोमिटरले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार चिनियाँ सरकारप्रति चिनियाँ जनताको समर्थन संसारका जनताले आ–आफ्नो देशको सरकारप्रति गर्ने विश्वासको मापनमा सबभन्दा बढी भएको पाइयो । स्टान्डफोर्ड विश्वविद्यालयका एक जना चिनियाँ–अमेरिकी मनोवैज्ञानिक अध्येता जिन फानले सन् २०१९ मा चीनको भ्रमणपछि लेखे, “चीन बदलिरहेको छ… चीनको यो तीव्रगतिको विकास व्यक्तिलाई ननियाली बुझ्न लगभग सहज छ । अमेरिकाको गतिरोधबीच चीनको संस्कृति, आत्मचिन्तन र आत्मविश्वास तीव्रगतिमा सकारात्मक रूपान्तरणतिर दौडिरहेको छ ।”
यी सबै वास्तविकताबीच केही पश्चिमा चिन्तकहरूले अझ दोस्रो गलत बुझाइबाट पार पाउन सकेका छैनन् । कम्युनिष्ट पार्टीप्रति अधिकांश चिनियाँ जनता खुशी भएको स्वीकारे पनि चिनियाँ जनता र बाँकी संसारले ऊ तत्काल प्रजातान्त्रिक प्रणालीमा रूपान्तरण भएको चाहने पश्चिमाहरूको दोस्रो गलत बुझाइ हो ।
सोभियत सङ्घको विघटन र त्यसपछि रुसी जनताको जीवनस्तरमा आएको ¥हास नदेख्दासम्म केही चिनियाँहरूले यथाशक्य चाँडो प्रजातान्त्रिक व्यवस्थामा रूपान्तरणको खाँचो महसुस गरेका थिए । तर, अहिले धेरै चिनियाँजनता ‘कमजोर केन्द्रीय सरकारले चीनमा ठूलो अराजकता निम्त्याउने र त्यसको परिणामस्वरूप चिनियाँ जनताले निकै दुःख पाउने’ मान्यता राख्छन् । चिनियाँ जनताले ४ हजार वर्षको चिनियाँ इतिहास भुलेका छैनन् । विशेषतः सन् १८४२ देखि १९४९ सम्म चीनले भोगेको ‘अपमानको शताब्दी’ लाई उनीहरू फर्काउन चाहँदैनन् ।

नेपोलियनले पश्चिमा देशहरूलाई ठीकै चेतावनी दिएका थिए, “चीनलाई सुत्न देऊ । ऊ उठेपछि संसारमा हलचल हुनेछ ।” टर्की र भारतमा भन्दा बढी चीनमा पश्चिमाविरोधी भावनाको ज्वालामुखी विस्फोटनको सँघारमा छ । अहिले चिनियाँ देशभक्ति भावनाको ऊर्जा सम्हाल्न सक्ने कुनै शक्ति छ भने त्यो चिनियाँ कम्युनिस्ट पार्टी नै हो ।

कुनै पनि प्रजातान्त्रिकरूपमा निर्वाचित सरकार उदारपन्थी नै हुने कुनै निश्चय छैन । भारतमा प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित प्रधानमन्त्री जवाहरलाल नेहरूले सन् १९६१ मा पोर्चुगलले उपनिवेश बनाएको गोवामाथि कब्जा जमायो । नेहरूको सो कदमको संरा अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ केन्नेडी र बेलायतका प्रधानमन्त्री ह्यारोल्ड मेकमिलानले विरोध गरेका थिए । हङकङ र ताइवानसँगको व्यवहारमा यदि चीनमा प्रजातान्त्रिक सरकार भए पनि अहिलेको चीनले गरेको व्यवहारभन्दा अझ बढी अधिर व्यवहार गर्ने थियो ।
प्रजातान्त्रिक पद्धतिमा निर्वाचित चीन सरकार सिन्जियाङमा पृथकतावादी गतिविधि नियन्त्रण गर्ने सन्दर्भमा कमजोर हुँदा घृणित हुने थियो । काश्मिरमा भारत सरकारले गरेको दमन हेर्दा यो कुरा प्रस्ट हुन्छ । वास्तवमा चीनका कुनै पनि छिमेकी देश र संसारकै सबभन्दा ठूला प्रजातान्त्रिक देशहरू चीनमा शासन परिवर्तनलाई जोड दिइरहेका छैनन् । स्थिर, पूर्वानुमान गर्न सकिने र आत्मविश्वासपूर्ण आजको चीन कुनै पनि अरु विकल्पभन्दा राम्रो हो ।
तेस्रो गलत बुझाइ सबभन्दा खतरनाक खालको छ । यो बुझाइअनुसार प्रजातान्त्रिक चीनले एक दिन पश्चिमा मूल्यमान्यता र अभ्यास स्वीकार्ने अवश्यम्भावी छ । जापानजस्तै चीन पनि कुनै दिन पश्चिमा क्लवको सदस्य बन्नेछ ।
तर, एसियामा अहिले उठिरहेको सांस्कृतिक हावा भने त्यस्तो छैन । टर्की र भारत दुवै पश्चिमा देशका मित्र देशहरू हुन् । तथापि, टर्की आज मुस्ताफा केमाल अटिटुर्कको धर्मनिरपेक्ष सिद्धान्तबाट रिसिप तायिप इर्डोगनको इस्लामिक सिद्धान्ततर्फ अघि बढिरहेको छ । भारत अङ्ग्रेजपरस्त नेहरूको व्यवहारबाट मोदीको हिन्दूवादी बाटोतर्फ अग्रसर छ ।
एसियामा अ–पश्चिमीकरणको सुनामी उठिरहेको हामीले स्वीकार्नुपर्छ । इर्डोगनले हाजिया सोफियालाई मस्जिदमा बदल्दा र मोदीले लामो समयदेखि विवादास्पद धार्मिक क्षेत्रमा हिन्दू मन्दिर स्थापना गर्दा उनीहरू पश्चिमाहरू आउनुअघिको सांस्कृतिक जरामा फर्किन चाहेको सङ्केत देखिइरहेका छन् ।
नेपोलियनले पश्चिमा देशहरूलाई ठीकै चेतावनी दिएका थिए, “चीनलाई सुत्न देऊ । ऊ उठेपछि संसारमा हलचल हुनेछ ।” टर्की र भारतमा भन्दा बढी चीनमा पश्चिमाविरोधी भावनाको ज्वालामुखी विस्फोटनको सँघारमा छ । अहिले चिनियाँ देशभक्ति भावनाको ऊर्जा सम्हाल्न सक्ने कुनै शक्ति छ भने त्यो चिनियाँ कम्युनिस्ट पार्टी नै हो ।
यो पार्टीका उत्तराधिकारीहरू अझ बढी जब्बर हुनसक्छन् । पश्चिमा शक्तिहरूले चीनप्रतिको अहिलेकै स्वचालित नीतिलाई निरन्तरता दिनुको सट्टा भोलि हुनसक्ने कुरा मनमा राख्नु उचित हुन्छ । चीनबारे आफ्ना पूर्व मान्यता सबै बदल्ने र आधारभूत पूर्वाग्रह पश्चिमा देशहरूले पखाल्ने समय आएको छ । पश्चिमा देशहरूले अब चीनको रूपान्तरण वा अल्पायुको अवसानको कामना गर्नुको सट्टा चिनियाँ नेतृत्वसँग मिलेर काम गर्न सिक्नुपर्छ ।
स्रोत ः फिनानसिएल टाइम्स
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *