गुठी जग्गाबारे नेक्राकिसङ्घको ध्यानाकर्षण
- जेष्ठ ५, २०८३
नोबेल कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणसँगै संसारका स्वास्थ्यकर्मीहरूसँगै वैज्ञानिकहरू पनि दिनरात यो विपत्तिबाट मानव जातिलाई जोगाउन लागिपरेका छन् । विकसित देशका वैज्ञानिकहरूबीच कसले सबभन्दा पहिला प्रभावकारी खोप उत्पादन गर्नसक्छ भन्ने होडबाजी नै चलेको छ । संसारका प्रतिष्ठित विश्वविद्यालयहरूले पनि नोबेल कोरोना महामारीको जैविक कोणबाट मात्र होइन, आर्थिक, सामाजिक र राजनीतिक कोणबाट अनेकन अध्ययन अनुसन्धान गरिरहेका छन् । तर, नेपालका विज्ञानसँग सम्बन्धित निकायहरू यतिबेला के गरिरहेका छन् ? केही सुनिएको छैन । विज्ञान तथा प्रविधिको विषयमा अध्ययन अनुसन्धानको निम्ति नास्ट नामको सरकारी प्रतिष्ठानले नेपाली जनतालाई यो महामारीबाट सुरक्षित राख्न के गरिरहेको छ ? नेपालका विश्वविद्यालयहरू महामारी र यसले नेपाली समाजमा पारेका प्रभावबारे अध्ययन अनुसन्धान गर्न के गरिरहेका छन् ? अहँ ¤ कहीँ कतै केही सुनिएको छैन । यस्तो निस्क्रियता किन ?
निश्चय पनि नेपालको विज्ञान प्रविधिको अवस्थाले यतिबेला नोबेल कोरोना भाइरसको खोपको आविष्कार गर्ने कुरा पत्यारिलो होइन । तथापि, कम्तीमा यो महामारीबाट जनतालाई सुरक्षित राख्न काम गर्न सकिने धेरै क्षेत्र छन् । ती क्षेत्रमा सरकारी निकायले केही नगरेको मात्र होइन, चासोसमेत देखाएको छैन । जनतालाई आपत् पर्दा मुन्टो फर्काएर बस्ने ‘सेता हात्ती’ लाई जनताले किन पाल्ने ?
सरकारले अनुसन्धानको जिम्मेवारी दिएका निकायलाई आवश्यक बजेट र पूर्वाधार बनाएर यतिबेला अझ सक्रिय बनाउन जरुरी छ । महावीर पुनको एक्लो प्रयासमा सम्भव भएका काममात्र पनि राज्यका निकायले गर्नसकेका छैनन् । विज्ञान प्रविधि क्षेत्रमा यस्तो बोधोपना भएसम्म यसले देश निर्माणमा योगदान गर्नसक्दैन । विकास र समृद्धिको नारा सफलीभूत बनाउन विज्ञान प्रविधिमा फड्को मार्न जरुरी छ । विदेशबाट प्रविधि निर्यात गर्दै विकास र समृद्धिको कुरा अन्ततः हावाको फोकासिवाय केही हुनेछैन । तसर्थ राज्यले अध्ययन र अनुसन्धान क्षेत्रका प्रतिष्ठान र विश्वविद्यालयलाई यतिबेला सक्रिय बन्ने परिस्थिति बनाउन आवश्यक छ ।
विश्वविद्यालयहरू स्वयम् अनुसन्धान केन्द्र हुन् । प्राध्यापक र विद्यार्थीहरू मिलेर धेरै विषयमा गरेका अध्ययन–अनुसन्धानबाट संसारमा नयाँ–नयाँ ज्ञानको क्षितिज उघारिने गरेको छ । खासमा विश्वविद्यालयको स्थापना नै त्यस निम्ति भएका हुन् । तर, कोभिड–१९ महामारीले नेपाली समाज, मनोविज्ञान, अर्थतन्त्र, राजनीति आदि क्षेत्रमा कस्तो प्रभाव पार्दै छ ? भन्ने विषयमा विश्वविद्यालयहरू किन केही गरिरहेका छैनन् ? अध्ययन प्रतिष्ठानहरू किन ‘लकडाउन’मा छन् ? राज्यले किन उनीहरूसँग केही प्रश्न गर्दैन अथवा किन केही काम अह«ाउँदैन ?
आजको युग विज्ञानको युग हो । विज्ञान र प्रविधिमा फड्को मार्ने देशहरू नै आज संसारमा विकसित भएका छन् । विज्ञान प्रविधिमा प्रगति गर्ने देशका जनताको जीवन सहज र सुरक्षित बनेको छ । निःसन्देह नेपालमा सरकारले विज्ञान र प्रविधि विकासमा ज्यादै कममात्र बजेट लगानी गर्ने गरेको छ । सरकारी लगानीले निकै ठूलठूला अध्ययन अनुसन्धान हुनसक्दैन । तर, आपत्मा परेका जनताको जीवनमा राहतको लागि स–साना प्रयासमात्र गर्नसके जनताको सेवा भएको ठहरिन्थ्यो । विडम्बना ¤ नोबेल कोरोना भाइरसको महामारीलाई आज विज्ञान प्रविधिको जिम्मा लिएर बसेका अधिकारीहरू घरमा बिदा मनाएर ‘प्रतिरोध’ गरिरहेका छन् । विश्वविद्यालयका प्राध्यापकहरू अनलाइन कक्षा लिनु नै सबभन्दा ठूलो उपलब्धिको रूपमा चर्चा गर्दै छन् ।

Leave a Reply