भर्खरै :

सन्चो’ समिश्रणको प्रयोगबारे

गत वर्षको सेप्टेम्बरमा संरा अमेरिकामा देखापरेको कोभिड–१९ भाइरसले विश्व आतङ्कित छ । नेपालमा पनि यो सङ्क्रमण बढ्दो छ । मानिसहरू रुखाखोकी, टाउको दुखेको लक्षण देखिनासाथ कोभिड सङ्क्रमण भयो भनी सशङ्कित हुन्छन् ।
ठीक यही बेला जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड
(नेपाल सरकारको स्वामित्व भएको) कोटेश्वर, काठमाडौँबाट उत्पादित सन्चो समिश्रण धेरै अगाडिदेखि उपलब्ध छ । यो शत प्रतिशत प्राकृतिक हिमाली जडिबुटीबाट उत्पादित सुगन्धित तेलहरूको समिश्रणबाट तयार भएको उल्लेख छ ।
यसको प्रयोग रुघाखोकी, जोर्नी दुखेको, नाक बन्द भएको, थकान, जीउ दुखेको मांसपेशी दुखेको, टाउको दुखेको, मर्केको ठाउँ र सामान्य चिलाएमा गर्ने उल्लेख छ । बाह्य प्रयोगमा दुखेको ठाउँमा वयस्कलाई ४–६ थोपा, बच्चालाई २–४ थोपा दिनको २–३ पल्ट हातले बिस्तारै मालिस गर्ने उल्लेख छ ।
रुघाखोकी, नाक बन्द भएको, थकानमा सन्चो कसरी प्रयोग गर्ने उल्लेख छैन । यसबारे पनि कम्पनीले स्पष्ट लेखी प्रकाशन गरिएमा बिरामीको थप सेवा पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *