जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै : अध्ययन
- जेष्ठ ३, २०८३
ओकाम्पो संयुक्त राष्ट्र सङ्घले आफ्नो ७५ औँ जन्म दिन मनाउँदै गर्दा संसार आज ठूलो विपद्मा छ । कोभिड–१९ महामारीले संसारमा झन्डै दस लाख मानिसको निधन भइसकेको छ भने अझै पनि यो विपत्ति कतिबेला सकिने हो कुनै टुङ्गो छैन । संसारको अर्थतन्त्रले सन् १९३० दसकको महामन्दीयताकै सबभन्दा गम्भीर आर्थिक मन्दीको सामना गरिरहेको छ ।
बाढी पहिरोदेखि डढेलोसम्मका ठूलठूला प्राकृतिक विपत्ति धेरै देशलाई दुःख दिइरहेको छ । बहुपक्षीय सहकार्यको लागि संसारकै नेता मानिएको संरा अमेरिकाले बहुपक्षीय सहकार्य लत्यारहेको छ भने आफ्नो मित्र एवम् साझेदारहरूलाई चिढाइरहेको छ । संयुक्त राष्ट्र सङ्घ र उसले अङ्गीकार गरेको विश्वव्यापी ऐक्यबद्धताको भावना अरू कुनै बेलाभन्दा यतिबेला ज्यादै महत्वपूर्ण बनेको छ ।
संयुक्त राष्ट्र सङ्घका तीन वटा आधार छन् । पहिलो आधार हो–शान्ति । उसको पहिलो लक्ष्य भनेको राष्ट्र सङ्घभन्दा अघि बनेको द लिग अफ नेसन असफल भनेको काममा सफल हुनु हो । त्यो भने अर्को विश्व युद्ध हुनबाट संसारलाई जोगाउनु हो । शीतयुद्धको सुरुमा स्थापना भएको संयुक्त राष्ट्र सङ्घ बर्लिनको पर्खाल ढलेयता संवादको आधारभूत दबु बनेको छ । संयुक्त राष्ट्र सङ्घले विभिन्न देशबीच शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।
दोस्रो आधार भनेको मानव अधिकार हो । सन् १९४८ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मानव अधिकार सम्बन्धित विश्वव्यापी घोषणापत्र अनुमोदन ग¥यो । त्यो घोषणाले नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई मौलिक हकको रूपमा पहिलो पटक स्थापित ग¥यो । यिनको पालना गर्नु सबै देशको दायित्व बन्यो । संयुक्त राष्ट्र सङ्घले ती अधिकार रक्षाको लागि बनाएका संयन्त्रले मिश्रित खालको नतिजा दिएको छ । तथापि, मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र मानव अधिकारलाई अन्तर्राष्ट्रिय प्राथमिकताको विषय बनाउन महत्वपूर्ण आधारशीला बन्यो ।
तेस्रो आधार भनेको विकास हो । संयुक्त राष्ट्र सङ्घको बडापत्रअनुसार सदस्य देशहरू ‘सामाजिक प्रगति र फराकिलो स्वतन्त्रतासँग उत्तम जीवनस्तर’ प्रति प्रतिबद्ध हुनुपर्नेछ । विकासको मुद्दाअन्तर्गत देशहरूबीच असमानता घटाउने लक्ष्य समावेश छ । दोस्रो विश्वयुद्धपछि देशहरूको उपनिवेशवादबाट मुक्ति पनि एउटा प्रमुख विषय थियो । उपनिवेश मुक्ति देशहरूबीचको असमानता घटाउने एउटा माध्यम थियो ।
विकास प्रवद्र्धन गर्न संयुक्त राष्ट्र सङ्घले सन् १९४७ देखि १९७३ बीच पाँच वटा क्षेत्रीय आयोग स्थापना ग¥यो । प्राविधिक सहायतामार्फत विकासशील देशहरूलाई राष्ट्र सङ्घले सहायता ग¥यो । सन् १९६५ मा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) को स्थापना पछि विकासका सहायतालाई संस्थागत गरियो । सन् १९६१ को जनवरीमा संयुक्त राष्ट्र सङ्घले सन् १९६० को दशकलाई पहिलो ‘विकासको दशक’ बनाउने घोषणा ग¥यो । संरा अमेरिकाका तत्कालीन राष्ट्रपति जोन एफ केन्नेडीको अगुवाइमा सो घोषणा भएको थियो ।
विकासको एजेन्डाअन्तर्गत संयुक्त राष्ट्र सङ्घले न्यायपूर्ण आर्थिक प्रणाली स्थापनामा जोड दियो, जसले सबै देशको प्रगति सम्भव हुन्छ । उपनिवेश मुक्तिको प्रतिक्रियाअघि बढेसँगै संयुक्त राष्ट्र सङ्घका सदस्यहरू पनि बढ्दै गए । त्यसपछि राष्ट्र सङ्घ विश्व आर्थिक व्यवस्थाबारे छलफल गर्ने र परिवर्तनहरू कार्यान्वयन गर्ने एउटा दबु बन्यो ।
सन् १९६४ मा भएको संयुक्त राष्ट्र सङ्घको व्यापार र विकाससम्बन्धी सम्मेलनले यो प्रक्रियालाई टेवा पु¥यायो । राष्ट्र सङ्घका उपलब्धिमध्ये विकासशील देशहरूको लागि ‘विशेष र सकारात्मक विभेद गर्ने’ विश्व व्यापार प्रणालीको सुरुवात ग¥यो ।
संयुक्त राष्ट्र सङ्घले त्यसपछि विकासशील देशहरूलाई विकासको लागि आवश्यक पर्ने आर्थिक स्रोतको जोहोमा ध्यान दियो । सन् २००२ मा मेक्सिकोको मोन्टेरेमा भएको विकासको लागि आर्थिक जोहोसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनलाई अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैङ्कले सहयोग गरे ।
सन् २००८ मा कतारको दोहा र सन् २०१५ मा इथियोपियाको अडिस अबाबामा आयोजित अरू त्यस्तै दुई सम्मेलनले सन् २००२ को मुद्दालाई अझ अघि बढायो । कोभिड–१९ सङ्कटको प्रतिरोधमा विभिन्न विकासशील देशलाई आर्थिक सहायता दिने विषयमा छलफल अघि बढाउन राष्ट्र सङ्घले महत्वपूर्ण भूमिका खेल्यो ।
तर, आर्थिक प्रगति भनेको विकासको एउटा पाटोमात्र हो । यो विचार सबभन्दा पहिले सन् १९७८ मा अन्तर्राष्ट्रिय श्रम सङ् गठन (आइएलओ) ले प्रकाशित गरेको ‘आधार आवश्यकता’ सम्बन्धी अध्ययनमा प्रस्तुत भएको थियो । सो अध्ययनअनुसार विकासशील देशको लागि खाना, लुगा, आवास, शिक्षा र सार्वजनिक यातायात नै आधारभूत आवश्यकता भएको उल्लेख छ । यी विचारले ‘मानव विकास’ को अवधारणाको बाटो प्रस्ट बनायो । त्यसैलाई आधार बनाएर संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमले मानव विकास प्रतिवेदन सार्वजनिक गर्नथाल्यो ।
बर्लिन पर्खाल ढलेपछि संसारमा भएका सम्मेलनहरूको शिलशिलाले मानव विकासको मुद्दालाई अझ फराकिलो बनायो । उदाहरणको लागि सन् १९९५ मा भएको चौथौ विश्व महिला सम्मेलनले पेइचिङ घोषणा र कार्ययोजना सार्वजनिक भयो । महिला अधिकारसम्बन्धी त्यो घोषणा नै हालसम्मको सबभन्दा प्रगतिशील घोषणा मानिएको छ । सन् २०११ को जनवरीमा सो घोषणामा उल्लेखित लक्ष्य पूरा गर्न संरा सङ्घीय महिला नामको संस्था स्थापना भयो ।
संरा सङ्घीय महिला राष्ट्र सङ्घले सामाजिक विकासप्रति समर्पित गरी स्थापना गरेका विशेषिकृत बाक्लो सञ्जालकै पछिल्लो हिस्सा हो । यो सञ्जालअन्तर्गत संयुक्त राष्ट्र सङ्घीय शैक्षिक तथा सांस्कृतिक एजेन्सी (युनेस्को), विश्व स्वास्थ्य सङ् गठन (डब्ल्युएचओ), संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) र खाद्य तथा कृषि सङ् गठन (एफएओ) आदि पनि छन् ।
अन्तर्राष्ट्रिय श्रम सङ् गठन (आईएलओ) पनि संयुक्त राष्ट्र सङ्घीय प्रणालीमा समाहित बनेको छ । तथापि, अर्को महत्वपूर्ण मोड भनेको सन् १९७२ मा स्टकहोममा भएको मानव वातावरणसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनले संरा सङ्घीय वातावरण कार्यक्रम स्थापना हुनु थियो ।
त्यसयता संरा सङ्घको आयोजनामा वातावरण सम्मेलनहरू हुँदै आएका छन् । सन् १९९२ मा ब्राजिलको रियो डि जेनेरिओमा वातावरण सम्मेलन भयो । एवम्रीतले सन् २०१५ मा फ्रान्सको राजधानी पेरिसमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन भयो । सो सम्मेलनबाट जलवायु परिवर्तनको प्रतिरोध, जैविक विविधता रक्षा र मरुभूमीकरण रोक्न महत्वपूर्ण निर्णयहरू भए ।
संयुक्त राष्ट्र सङ्घ निकै प्रभावशाली संस्था बनेको छ । महत्वपूर्ण कुरा, यसले मानव जातिको उत्कृष्टतालाई प्राथमिकतामा राख्ने गरेको छ । सबै मानिसको आधारभूत आत्मसम्मान हुनुपर्छ र सबै मिलेर काम गरेमात्र यो उपलब्धि हासिल गर्न सकिनेछ । राष्ट्र सङ्घको विश्वास यही हो । स्थापना भएको ७५ वर्षपछि संसारले यो विश्वासलाई अङ्गाल्दै बहुपक्षीय संसार निर्माणमा जोड दिनुपर्छ । संरा अमेरिकाले यसको अगुवाइ गर्नुपर्छ ।
हाम्रो पृथ्वी अझै मानिस र प्राणी बाँच्न योग्य रहिरहनेछ भन्नेमा आशा पलायो । जलवायु परिवर्तनका असरहरू प्रस्ट बन्दै गएको अवस्थामा यस्ता प्रयासलाई न्यूनाङ्कन गर्न मिल्दैन ।
‘दिगो विकास’ को बृहत् दृष्टिकोण अघि सार्ने काम संयुक्त राष्ट्र सङ्घले नै गरेको थियो । जसले आर्थिक, सामाजिक र वातावरणीय कोणबाट स्वस्थ र दीर्घकालीन विकासको अवधारणालाई अघि सारेको छ । सन् २००० मा संयुक्त राष्ट्र सङ्घले सहस्राब्दी विकास लक्ष्य तय गर्नुका साथै सन् २०१५ सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने निश्चय ग¥यो । आज सहस्राब्दी विकास लक्ष्य हासिल गर्न संसारको निम्ति दिगो विकास लक्ष्य नै आधारभूत खाका बनेको छ ।
संयुक्त राष्ट्र सङ्घ निकै प्रभावशाली संस्था बनेको छ । महत्वपूर्ण कुरा, यसले मानव जातिको उत्कृष्टतालाई प्राथमिकतामा राख्ने गरेको छ । सबै मानिसको आधारभूत आत्मसम्मान हुनुपर्छ र सबै मिलेर काम गरेमात्र यो उपलब्धि हासिल गर्न सकिनेछ । राष्ट्र सङ्घको विश्वास यही हो । स्थापना भएको ७५ वर्षपछि संसारले यो विश्वासलाई अङ्गाल्दै बहुपक्षीय संसार निर्माणमा जोड दिनुपर्छ । संरा अमेरिकाले यसको अगुवाइ गर्नुपर्छ ।
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः राजजी
Leave a Reply