सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
काठमाडौँ, १० असोज । संयुक्त राष्ट्रसङ्घको महासभामा भारत र पाकिस्तानबीच फेरि जम्मु–काश्मिर र आतङ्कवादको विषयमा विवाद भएको छ ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबारको बैठकमा सम्बोधन गर्दै ती विषय उठाएपछि राष्ट्रसङ्घका भारतीय प्रतिनिधिले प्रत्युत्तर दिएका छन् ।
शुक्रबार खानले पहिल्यै रेकर्ड गरिएको भाषणमा जम्मू–काश्मिर विवाद, अल्पसङ्ख्यकहरूसँग हुने व्यवहार र भारतको सत्तारूढ दल भाजपासँग सम्बन्धित सङ्गठन आरएसएसको विषय उठाउँदै भारतको आलोचना गरेका थिए ।
उनले भारतले काश्मिरमा मानवाधिकार हनन गरेको र सैन्य दमन गरेको आरोप लगाए ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिरको विषय उठाउँदै भने, “जम्मू र काश्मिरको विवाद अन्तर्राष्ट्रिय वैधताका आधारमा समाधान नभएसम्म दक्षिण एशियामा शान्ति र स्थायित्व हुँदैन । सुरक्षा परिषद्ले यो डरलाग्दो विवाद रोक्नुपर्छ तथा इस्ट टिमोरमा जसरी नै आफ्नो प्रस्ताव कार्यान्वयन गर्नुपर्छ ।”
भारतीय राजदूतले पाकिस्तानले लगाएका आरोपको खण्डन गर्दै उल्टै पाकिस्तानले आतङ्कवादलाई प्रोत्साहन गरेको र आफ्नो देशका अल्पसङ्ख्यक समुदाय र अन्य सम्प्रदायका मुस्लिमसँग अत्याचार गरेको दोषारोपण गरे ।
Leave a Reply