भर्खरै :

भारतीय संसद्बाट पारित कृषि विधेयकविरुद्ध किसानद्वारा देशव्यापी चक्काजाम !

काठमाडौँ, १० असोज । संसद्को दुवै सदनले पारित गरेको कृषि विधेयकको विरोधमा किसानले भारतमा देशव्यापी चक्काजाम गरेका छन् । कृषि विधेयकलाई किसानको हितैषी भने पनि यसबाट किसानहरूको आय बढ्ने दाबी गरेको छ ।
तर, किसानहरू विधेयक आफूहरूको पक्षमा नरहेको भन्दै आन्दोलित भएका हुन् । उनीहरूले यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । भारतीय किसानहरूको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ ।

पन्जाबमा हिजोदेखि नै रेल रोक्ने अभियान चलाइएको थियो । भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाइमा किसानहरू आन्दोलनमा उत्रिएका हुन् ।
यो समितिमा किसानहरूका विभिन्न १२ सङ्गठन सहभागी भएका छन् । यी सङ्गठनहरू कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ । उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान सङ्गठनको प्रभाव धेरै छ ।
किसानहरूको यो आन्दोलनमा राजनीतिक दलले समेत साथ दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *