भर्खरै :

सूर्यविनायक नपामा युवा अन्तरक्रिया

सूर्यविनायक, १० असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३१ औँ स्थापना दिवसको अवसरमा सङ्घको सूर्यविनायक नगर समितिले शनिबार ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अनलाइन अन्तरक्रियाको आयोजना ग¥यो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोँजूले शान्तिपूर्ण एवम् निर्वाचनबाट राज्यसत्ता कब्जा गरी समाजवादको स्थापना हुननसक्ने कुरा चिलीको उदाहरणले पुष्टि गरेको भन्दै क्रान्तिको निम्ति श्रमिक वर्ग सचेत र सङ्गठित हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवाद विभिन्न सहयोगको नाममा नेपाल प्रवेश गरी नेपाललाई चीनविरुद्ध प्रयोग गर्न खोजिरहेको उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा भएको कार्यक्रममा सुरेश बखुन्छे, प्रकाश नायभारी, श्यामकृष्ण खुलिमुली, बुद्ध लामा र यू. सेजवालले पुस्तकबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *