क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
हिजोआज बलात्कारीलाई मृत्युदण्डको माग बढ्दै गएको छ । तर, यो वास्तवमा बलात्कारजन्य कसुरका लागि मात्र गरिएको सजाय माग होइन, बलात्कार र सामूहिक बलात्कारपछि पीडितको हत्या गर्ने जघन्य अपराधका लागि पनि माग गरिएको हो । नेपालमा हिजोआज उल्लेखित बलात्कार र सामूहिक बलात्कारपछि पीडितको हत्या गर्ने जघन्य अपराध बढ्दै गएको छ । त्यसको कारण कसुरअनुसार दण्डसजाय कम भएको एउटा कारण पक्कै हो । तर अपराध बढ्नुको योमात्र कारण होइन । समाजमा उपल्लो भनिने एक जातिको मानिसले अर्को जातिको मानिसलाई मानिस नै नठान्नु र उनीहरूको इज्जत, यौवन, शरीर र जीवनमाथि जसरी खेले पनि हुन्छ भन्ने क्रूर सामन्ती मानसिकता यसको मुख्य कारण हो । बलात्कार र हत्याको घटनाका अधिकांश पीडित दलितका छोरीहरू हुने गरेका छन् निर्मला पन्तलगायत केही अपवादलाई छोडेर ।
समाजमा अपराध बढ्नुको अर्को कारण अपराधीलाई सकेसम्म सजायबाट बचाउन खोज्ने पञ्चखत माफको अनौठो मानसिकता पनि हो । देख्नेले देखेको हो भनिदिंदैन, सुन्नेले सुनेको भनी बोलिदिंदैन । प्रहरी प्रशासनमा पनि तुधन्त घटनाको अनुसन्धान अगाडि बढाउने र वास्तविक अपराधीमाथि समयमै एक्सन लिने तत्परता हम्मेसी पाइँदैन । समाजमा व्याप्त यस्तो प्रवृत्तिका कारण नै अपराधीहरू सजायबाट उम्कने र अपराध दोहो¥याउन र थप जघन्य अपराधका घटना गर्न बढावा मिलिरहेको हो । यो प्रवृत्ति समाजमा रहेसम्म जस्तै कडा दण्डसजायको बन्दोबस्तले पनि वास्तविक अपराधी सजायको दायरामा आउने छैन । हुन त अपराधीलाई सजाय बढाउने कुरामा कसैले धेरै विमति राख्नुपर्ने विषय नै होइन तर कतिपय अरू देशमा जस्तै हाम्रो देशका नीति र कानुन निर्माताहरू अपराधीलाई हुने सजाय बढाउने कुराले नै भयभित हुनु आश्चर्यको कुरा हो । के शासक र नीति र कानुन निर्माताहरू समाजमा अपराधको दर घटेको हेर्न चाहँदैनन् भन्ने अर्थ यसले दिँदैन र ?
Leave a Reply