भर्खरै :

पार्टी नेतृत्व नै समाजवादी हेतुको विजयको निर्णायक प्रत्याभूति हो

कोरियाली जनताका प्रिय नेता कामरेड किम जङ इलले लेख्नुभएको यो थेसिस ‘कोरियाली मजदुर पार्टी हाम्रा जनताका सबै विजयका सङ्गठनकर्ता तथा निर्देशक हो ।’
यो कोरियाली मजदुर पार्टीको स्थापनाको ४५ औँ वार्षिकोत्सवको अवसरमा पार्टीको राजनैतिक तथा सैद्धान्तिक पत्रिका ‘कुल्लोजा’ को अङ्क १० मा प्रकाशित भएको हो ।

पार्टी नेतृत्व समाजवादी हेतुको लागि प्राण समान छ ।
हाम्रो देशमा समाजवादी हेतु हाम्रो पार्टीको नेतृत्वअन्तर्गत विकसित भएर विजय प्राप्त गरेको छ र यो हेतु भविष्यमा पनि पार्टीकै नेतृत्वमा मात्र अत्यन्त राम्रो सफलतासाथ पूरा हुन सक्दछ ।
पार्टी नेतृत्व नै समाजवादी हेतुको सञ्चालक–शक्ति सुदृढ पार्ने र यसको भूमिका वृद्धि गर्ने निर्णायक प्रत्याभूति हो ।
समाजवादी हेतु मानव इतिहासमा पहिलो पटक आम जनताले स्वाधीन प्रेरक–शक्तिको रूपमा निस्केर आफैँले पूरा गर्ने क्रान्तिकारी हेतु हो । लामो समयदेखि इतिहासका निर्माता भएर पनि इतिहास बाहिरै रहन परेका आम जनतालाई आफ्नो भाग्य स्वतन्त्र रूपले सिर्जनात्मक रूपले निर्माण गर्ने सञ्चालन शक्ति बन्न लगाउने नै उनीहरूलाई जाग्रत र सङ्गठित पार्ने मजदुर वर्गीय पार्टी हो ।
सम्मानित कामरेड किम इल सङको नेतृत्वमा रहेको हाम्रो पार्टीको निर्देशनअन्तर्गत हाम्रा जनता आफ्नो भाग्यका सच्चा मालिकको रूपमा समाज र क्रान्तिलाई गतिशीलरूपले विकसित पार्ने स्वाधीन सञ्चालक शक्ति बनेको छ । हाम्रो पार्टीले क्रान्ति र निर्माणमा सधँै क्रान्तिकारी पङ्क्तिलाई बलियो पार्नमा ठूलो प्रयत्न लगाएको छ र समाजवादी निर्माण उच्च स्तरतिर विकसित हुँदै गएको स्थितिमा मिल्ने गरी क्रान्तिको सञ्चालक शक्तिलाई सुदृढ पार्न अझ जोडदार सङ्घर्ष गरेको छ । हाम्रो पार्टीले सम्पूर्ण जनतालाई जुछे विचारधाराद्वारा पूर्णरूपले सुसज्जित पारेको छ, उनीहरूलाई सङ्गठनात्मक, विचारधारात्मक, नैतिकरूपले र कृतज्ञतापूर्वक नेताको पछाडि निकटरूपले एकताबद्ध पारेको छ र यो क्रान्तिकारी पङ्क्तिलाई एउटा सामाजिक–राजनैतिक सिङ्गो जैविक–शरीरमा परिणत गरेको छ । आज कोरियाली मजदुर पार्टी हाम्रो देशमा क्रान्तिकारी पङ्क्तिको माझमा दरोसित उभिएको छ र लामो क्रान्तिकारी सङ्घर्षको क्रममा पार्टीसित आफ्नो भाग्य गाँसेर हर प्रकारका अग्नि–परीक्षा पार गरिसकेका आम जनता एक मन र एक इच्छाले पार्टी र नेताको पछाडि चहानझैँ दृढ रुपले एकढिक्का रहेका छन् ।
हाम्रा जनताले पार्टीको नेतृत्वमा समाजवादी निर्माणमा कहिल्यै नरित्तिने सिर्जनात्मकता देखाइरहेका छन् । हाम्रो मुलुकमा समाजवादी निर्माणको महान प्रेरक–शक्ति नै मुख्यतः हाम्रा जनताको राजनैतिक–विचारधारात्मक शक्ति, चेतनशील उत्साह र सिर्जनात्मक सक्रियता हो । यसको स्रोत जनतालाई समाजवादी हेतु भनेको साँच्चै नै उनीहरूको आफ्नै हेतु हो भनी ठान्न सिकाउने पार्टीको नेतृत्वमा छ । समाजवादी निर्माणलाई अगाडि बढाइरहेको हाम्रा जनताको सामूहिक शक्ति, आम वीरता पनि व्यक्तिहरूको हित र समूहको हितलाई सँगै गास्ने र एकता तथा सहयोग शक्तिलाई बढाउने पार्टीकै नेतृत्वद्वारा पूर्णरूपले प्रस्फुरित हुन्छ । हाम्रा जनताको सिर्जनात्मकता समाजवादी निर्माणमा पूर्णरूपले प्रदर्शित भएको छ । यो तथ्यले के देखाउँछ भने पार्टी नेतृत्वले जनताको सिर्जनात्मकतालाई नियन्त्रित पार्दछ भन्ने साम्राज्यवादीहरूको निन्दात्मक प्रचार पुँजीवादी उदारवादलाई बढाउने र समाजवादलाई तुच्छ देखाउने प्रतिक्रिन्तिकारी झूठो तर्कमात्र हो ।
भविष्यमा हामीले पार्टी नेतृत्वलाई बलियो पार्ने काम जारी राख्दै पार्टी र नेताको वरिपरि दरोसित मिलेका हाम्रा जनताको क्रान्तिकारी एकतालाई स्थिररूपले सुदृढ पार्नु पर्दछ र जुछेको क्रान्तिकारी हेतुको पूर्ण विजय प्राप्त गर्ने सङ्घर्षमा जनताको लगनशीलता र सिर्जनात्मक उत्साहलाई पूरा मौका दिनुपर्दछ ।
पार्टी नेतृत्व नै समाजवादी हेतुलाई सही सङ्घर्ष–रणनीति र उचित कार्यनीतिअनुरूप विकसित पार्नको लागि आवश्यक आधारभूत सर्त हो ।
समाजवादी हेतु एक कठिन र जटिल कार्य हो, यसमा तीव्र वर्गसङ्घर्ष रहेको हुन्छः यसमा हामीले पहिले कहिल्यै नहिँडेको नयाँ बाटोबाट हिँडेर नयाँ नयाँ चीजहरू सिर्जना गर्नुपर्दछ । समाजवादी हेतुले सही सङ्घर्ष–रणनीति र ठीक कार्यनीतिद्वारा मात्र स्पष्ट दिशा र उपाय लिएर आफ्नो बाटो सफलतासाथ पहिल्याउन सक्दछ ।
समाजवादी हेतुको रणनीतिक र कार्यनीतिक नेतृत्व मजदुर–वर्गीय पार्टीले मात्र दिन सक्दछ, जुन पार्टीले समाज र क्रान्तिलाई विकसित पार्ने सही उपायहरू देखाउन सक्दछ र व्यापक आम जनतालाई सङ्गठित र परिचालित गर्नसक्दछ । समाजवादी निर्माणका लागि सही रणनीतिक र ठीक कार्यनीति प्रस्तुत गर्ने र त्यसलाई कार्यान्वित गर्ने सङ्घर्षको आयोजना गर्ने र नेतृत्व दिने क्रान्तिको आम–नेतृत्वदायी सञ्चालकको रूपमा पार्टीको स्थान र भूमिका त अरू प्रकारका कुनै पनि सङ्गठन र निकायहरूले लिन सक्दैनन् । समाजवादी समाजका राज्य–सत्ताका अङ्गहरूलगायत सबै सङ्गठन र निकायहरूमध्ये मजदुर–वर्गीय पार्टीले मात्र समाज र क्रान्तिलाई राजनैतिक, रणनीतिक र कार्यनीतिक नेतृत्व दिने पवित्र लक्ष्य लिएर निस्केको हो र त्यस पवित्र अभिभारालाई साकार पार्न सक्षम छ ।
क्रान्ति र निर्माण–कार्यको प्रत्येक अवधि र प्रत्येक चरणमा हाम्रो पार्टीले हाम्रा जनताका इच्छा र हाम्रो मुलुकको वास्तविक स्थितिलाई सुहाउने जुछे कार्यदिशा र नीतिहरू लागू गरेर तथा तमाम जनतालाई परिचालन गरी ती नीतिहरूलाई कार्यान्वित गरेर समाजवादी निर्माणलाई सोझो बाटोमा विकसित पारेको छ र आश्चर्य–चकित पार्ने कमालका कार्य र परिवर्तनहरू ल्याएको छ ।
भविष्यमा पनि हामीले क्रान्तिको नेतृत्वदायी आम सञ्चालकरूपी पार्टीको रणनीतिक र कार्यनीतिक नेतृत्वलाई सदैव सुदृढ पारेर समाजवादी हेतुलाई अडिगरूपले विजयको बाटोमा विकसित गर्दै लाने छौँ ।
पार्टी नेतृत्व समाजवादी हेतुलाई विकसित पार्ने सम्पूर्ण अवधिभरि क्रान्तिकारी सिद्धान्तहरूलाई स्थिररूपले अडिगसाथ पालन गर्न र पूर्णरूपले कार्यान्वित गर्नको लागि अत्यावश्यक कुरा हो ।
समाजवादी हेतु क्रान्तिकारी सिद्धान्त भएकोले अरू सामाजिक आन्दोलनभन्दा भिन्नै खालको छ र यी सिद्धान्तहरूको न्यायपूर्णता र सजीव शक्तिमा भर पर्दै अगाडि बढ्दछ । क्रान्तिकारी सङ्घर्षको इतिहासले के देखाउछ भने क्रान्तिकारी सिद्धान्तहरूलाई दरोसित कायम राखेमा समाजवादी हेतुले जस्तोसुकै कठिनाइ र सङ्कटको पनि सामना गरी प्रगति गर्दै जान्छ तर क्रान्तिकारी सिद्धान्तहरूलाई त्यागेमा बीचमै ¥हास हुँदै गएर ढल्न जान्छ ।
समाजवादको निर्माण गर्ने काममा क्रान्तिकारी सिद्धान्तहरूको अडिगरूपले पालन गर्नु भन्नुको अर्थ स्वाधीनताका लागि मजदुर वर्ग र आम जनताका मूलभूत माग र हितहरूलाई अन्तसम्मै समर्थन गर्नु र पूरा गर्नु हो । समाजवादको निर्माण गर्ने क्रममा सङ्घर्षको वातावरण र परिस्थिति बदलिन सक्दछ तर आम जनताको स्वाधीनताका लागि मूलभूत माग र अडान बदलिंदैन । समाजवादी हेतुलाई पूर्णतासम्म पु¥याउने हो भने आम जनताको स्वाधीनतालाई समर्थन गर्ने र त्यसलाई साकार पार्ने क्रान्तिकारी सिद्धान्तमा सदैव अडिग रहनु पर्दछ ।
स्वाधीनताको निम्ति आम जनताका माग र हितहरू मजदुर वर्गको पार्टको नेतृत्वअन्तर्गत मात्र दरोसित समर्थन हुन र साकार पार्न सकिन्छ । मजदुर वर्ग भनेको स्वाधीनतालाई सर्वोच्च तहमा अँगीकार गर्ने वर्ग हो र यो वर्गले आम जनताको स्वाधीनता र हितहरूको लागि अरू कुनै पनि वर्ग वा समाजको समूहले भन्दा पनि बढी दृढतासाथ सङ्घर्ष गर्दछ । मजदुर वर्गको र मजदुर वर्गीय पार्टीको त जनताका माग र हितभन्दा भिन्न अरू कुनै माग र हित हुँदैन र मजदुर–वर्गीय पार्टको पवित्र अभिभारा भन्नु नै आम जनताका माग र हितहरूको रक्षा गर्न र साकार पार्न हो ।
हाम्रो पार्टीको क्रान्तिकारी नेतृत्वकै कारणले गर्दा नै हाम्रो देशमा समाजवादी निर्माणमा मजदुर वर्ग र आम जनताका मूलभूत माग र अडान प्रतिबिम्बित गर्ने क्रान्तिकारी सिद्धान्तको स्थिररूपले पालन गरिएको छ । हाम्रो पार्टीले स्वाधीनताको निम्ति आम जनताका माग तथा हितहरूसित मिल्ने गरी समाजवादी व्यवस्था स्थापना गरी सुदृढ र विकसित पारिएको छ र समाजवादी–साम्यवादी हेतुको सारभूत स्वरूपको अनुरूप क्रान्ति र निर्माण कार्यलाई विकसित पारिएको छ ।
साम्राज्यवादीहरूले आम जनताको स्वाधीनताका हितहरूलाई दबाउने उनीहरूका प्रतिक्रान्तिकारी समाजवाद–विरोधी आक्रामक कार्यहरू जति जति चर्काउँदै गएका छन् हाम्रो पार्टीले उति उति नै बढी दृढ–सङ्कल्पसाथ क्रान्तिकारी सिद्धान्तहरूको रक्षा गरी कार्यान्वित गरेको छ ।
समाजवादी निर्माणमा मजदुर–वर्गीय पार्टीका क्रान्तिकारी सिद्धान्तहरूको अभिव्यक्ति खास गरेर साम्राज्यवादीहरूका समाजवादविरोधी साजीसप्रति आफ्नो प्रतिक्रियामा हुने हो । समाजवादको हेतुलाई बिगार्ने र खतम पार्ने साम्राज्यवादीहरूको प्रतिक्रान्तिकारी चालबाजीहरूलाई विफल पार्ने मजदुर–वर्गीय पार्टीको सिद्धान्तयुक्त सङ्घर्षद्वारा मात्र सकिन्छ । पार्टीले क्रान्तिकारी सिद्धान्तहरूको दृढतासाथ पालना गरेको ठाउँमा साम्राज्यवादीहरूको प्रतिक्रान्तिकारी हमलाले केही गर्नसक्दैन र पार्टीले सिद्धान्तबाट विमुख भएको वा त्यसलाई त्यागेको ठाउँमा समाजवाद रुग्न हुन्छ भन्ने कुरा त तथ्यहरूले देखाएका छन् ।
क्रान्तिकारी सङ्घर्षको सम्पूर्ण अवधिभरि नै क्रान्तिकारी सिद्धान्तलाई स्थिररूपले र दृढ सङ्कल्पसाथ पालन गर्दै आएको हाम्रो पार्टीको निर्देशन पाएकोले नै हाम्रा जनताले अमेरिकी नेतृत्वमा रहेका साम्राज्यवादीहरूको तीव्र–केन्द्रित हमलाको कारणले गर्दा परिस्थिति अभूतपूर्वरूपले जटिलर तीव्र भएको अवस्थामा पनि समाजवादको झन्डामुनि क्रान्तिको बाटोमा गतिशीलरूपले अगाडि बढिरहन समर्थ भएको छ । हाम्रो पार्टीको सिद्धान्तयुक्त सङ्घर्षको कारणले अमेरिकी नेतृत्वमा रहेका साम्राज्यवादीहरूका अन्तध्र्वंश र नास गर्न खोज्ने सबै कार्यहरूलाई पूर्णरूपले विफल पारिएका छन् र समाजवादी हेतुलाई दरोसित रक्षा गरिएको छ । कम्युनिस्ट आन्दोलनभित्र अप्रत्यासित र जटिल घटनाहरू भइरहेको आजको स्थितिमा पनि हाम्रो क्रान्तिले अलिकति विचलित नभई एकपछि अर्को विजयहरू प्राप्त गरेको छ । समाजवादको निर्माणका मूलभूत आवश्यकताहरूको आधारमा र क्रान्तिकारी सङ्घर्षद्वारा प्राप्त अनुभवहरू र शिक्षाहरूको आधारमा हामीले पार्टीको निर्देशनअन्तर्गत रही राज्यका र सार्वजनिक गतिविधिहरूमा क्रान्तिकारी सिद्धान्त अर्थात् समाजवादी सिद्धान्तहरू दृढतासाथ पालन गर्नु र कार्यान्वित गर्नुपर्दछ ।
पार्टीलाई सुदृढ पारेर तथा पार्टीको नेतृत्वदायी भूमिकालाई बढाएर समाजवाद र साम्यवादको हेतुलाई पूरा गर्नु हाम्रो पार्टी र जनताको स्थिर इच्छा हो । पार्टीको क्रान्तिकारी नेतृत्व आवश्यक भएको समाजवादको निर्माणलाई सफलतासाथ अगाडि बढाउनको लागि मात्र होइन, साम्यवादी समाजको निर्माण गर्न र विकसित पार्नको लागि पनि हो । साम्यवादी समाजमा पनि जनताको स्वाधीनताको माग बढिरहने नै छ । यो मागलाई पार्टीजस्तो निर्देशक शक्तिको राजनैतिक निर्देशनअन्तर्गत गरिने आम जनताको चेतनशील र सुसङ्गठित सङ्घर्षद्वारा मात्र साकार पार्न सकिन्छ । हामीले समाजवादी निर्माणका विद्यमान आवश्यकताहरूसित र विकसित हुँदै जाने समाजवादी समाजको दुरगामी आवश्यकतासित मिल्ने गरी हाम्रो पार्टीलाई अरू बढी सुदृढ पार्नुपर्दछ र पार्टीको नेतृत्वलाई निरन्तर बढाइरहनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *