भर्खरै :

चिकपाको आयोजनामा कोभिड–१९ बारे अन्तर्राष्ट्रिय सम्मेलन

भक्तपुर, १४ असोज । चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको सहसंयोजनमा असोज १४ गते अनलाइन सम्मेलन सम्पन्न भयो ।
कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, निम्त्याएको सङ्कट र त्यसमा समाजवादी देश तथा पार्टीहरूले निर्वाह गरिरहेको भूमिकामा केन्द्रित रहेको सो सम्मेलनका प्रमुख अतिथि चिकपा अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ्ग ताओ हुनुहुन्थ्यो ।
उहाँले कार्यक्रममा महामारीविरुद्ध लड्दाको चीनको अनुभवबारे चर्चा गर्दै समाजवादी विचारले सिङ्गो चिनियाँ जनतालाई एकताबद्ध बनाएको र अनुशासित भएर मानव जीवन रक्षाका निम्ति एक भएर लाग्न उत्साहित गरेको बताउनुभयो ।
उहाँले माक्र्सवादी विचारको सान्दर्भिकता र समाजवादको अपरिहार्यता महामारीमा विश्वका जनताले झनै अनुभव गरेको प्रस्ट पार्दै साम्राज्यवादीहरूले निरन्तर चीनविरुद्ध शीतयुद्ध चालु राखेको तर अन्य युद्धमा भैmँ यसमा पनि ती सफल नहुने बताउनुभयो । विश्व शान्ति र समृद्धिको पक्षमा स्वाधीन देश, न्यायप्रेमी जनता तथा सम्पूर्ण वामपन्थीहरू उभिनुपर्ने चर्चा गर्दै चीनले महामारीविरुद्धको लडाइँमा विश्वका विभिन्न देश र पीडित जनतालाई निरन्तर सहयोग र साथ दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “चीनले कोभिड–१९ विरुद्धको भ्याक्सीन पनि विश्वका जनताको पहुँचसम्म पु¥याउनेछ ।”
‘कोभिड १९ महामारीविरुद्धको लडाइँको क्रममा समाजवादको विकासः सिद्धान्त, संस्थाहरूको निर्माण र अभ्यासबारे’ को अनलाइन सम्मेलनमा चीन, नेपाल, बङ्गलादेश, श्रीलङ्का र भारतका वामपन्थी नेता तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।
सम्मेलनमा नेपाल मजदुर किसान पार्टीको तर्पmबाट पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले कोभिड–१९ को महामारीको रोकथाम र नियन्त्रणमा चीन, क्युवा, भियतनाम, प्रजग कोरिया र भारतको केराला प्रान्तका नेतृत्वले गरेको साहस, योग्यता र बुद्धिमत्ताको प्रदर्शनले नाफामा चल्ने पुँजीवादभन्दा ‘जनतामा केन्द्रित’, ‘जनतालाई प्राथमिकता’ एवम् ‘निःस्वार्थरूपले जनताको सेवा गर्ने’ भावनाको विजय भएको स्पष्ट भएको बताउनुभयो ।
केन्द्रीय सदस्य गोसाईले नवनाजीवादी ट्रम्प, बोल्सोनारो र मोदीको कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणमा देखिएको बेवास्ता (गैरजिम्मेवारी) र जनताको दुःखको बेलामा समेत नाफाको व्यापारको दृष्टिकोण एवम् व्यवहारले पुँजीवादलाई २१ औँ शताब्दीमा झन् उदाङ्ग्याएको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *