भर्खरै :

नयाँ जनवादी क्रान्तिको विजय !

जापानविरोधी युद्धमा विजय प्राप्त गरेपछि चिनियाँ जनताले देशको पुनः निर्माण र विकासको निम्ति शान्तिपूर्ण एवम् स्थिर वातावरण निर्माणको अपेक्षा गरे । चिकपाले शान्ति, प्रजातन्त्र र एकताको नीति प्रस्ताव ग¥यो । चिकपाले प्रजातान्त्रिक संयुक्त सरकार स्थापनाको आह्वान ग¥यो । सन् १९४५ अगस्त २८ मा माओ त्सेतुङले चुङकिङ गई च्याङकाइसेकसँग भेट्ने भयो । ६ हप्ता लामो वार्तापछि चिकपा र चिनियाँ राष्ट्रवादी पार्टीबीच दसबुँदे सम्झौता भयो । दुई पार्टीले शान्ति स्थापनाको नीतिप्रति दृढता व्यक्त गरे । त्यसपछि एउटा राजनीतिक परामर्शदातृ सम्मेलन भयो, जसमा विभिन्न राजनीतिक पार्टी एवम् राजनीतिक समूहहरूले भाग लिए । चिनियाँ भूमिमा एउटा शान्तिपूर्ण बिहानीको उदय हुने आशा पलायो । यद्यपि, चिनियाँ राष्ट्रवादी पार्टीको प्रतिक्रियावादी शासक समूहले एक पार्टी शासन प्रणालीलाई निरन्तरता दिन खोज्यो । त्यसले प्रजातान्त्रिक सुधार लागु गर्ने योजना बनाएन । त्यसले तत्कालै दसबुँदे सम्झौता र राजनीतिक परामर्शदातृ सम्मेलनका सम्झौता तथा सहमतिहरूको उल्लङ्घन ग¥यो । चीनको भविष्य र भाग्यको निर्णय गर्न युद्ध अवश्यम्भावी थियो ।
गृहयुद्धको तयारीपछि चिनियाँ राष्ट्रवादी पार्टीको २ लाख २० हजार सेनाले सन् १९४६ को जून २६ मा चिकपाको नेतृत्वमा रहेको केन्द्रीय आधार इलाकामा आक्रमण ग¥यो । ठूलो गृहयुद्धको सुरुआत भयो । तीनदेखि ५ महिनामा चिकपाको सेनालाई सिध्याउने राष्ट्रवादी कमान्डरहरूले धक्कु लाए । राष्ट्रवादी सेनाले दक्षिणको सान्सी, उत्तरको चिङ्सु, दक्षिण–पश्चिमको सान्तोङ, चियाओतोङ प्रायःद्वीप क्षेत्र, पूर्वको केवेइ र कइयुआन, दक्षिणको चाहेरलगायतका विभिन्न ठाउँमा व्यापक आक्रमण थाल्यो । त्यतिबेला राष्ट्रवादी सेनासँग ४३ लाख जवानसँगै संरा अमेरिकाले दिएको ठूलो सङ्ख्यामा अत्याधुनिक हतियार थिए । त्यससँग सेनाको आकार, साधन र युद्ध स्रोत तुलनात्मकरूपमा राम्रो थियो ।
राष्ट्रवादी सेनाको भीषण आक्रमणको सामु मुक्त क्षेत्रका सैन्य एवम् नागरिक एकाइहरूले प्रतिरक्षाको निम्ति दृढतापूर्वक युद्ध लडे । सैन्य कारबाहीमा तिनीहरूले ‘शत्रुको ठूलो सेनालाई एकएक गरी सिध्याउने’ रणनीति लिए । राजनीतिक मोर्चामा चिकपाले साहसिकरूपमा जनतालाई परिचालन ग¥यो र सबै शक्तिहरूलाई एकगठ ग¥यो । त्यसले बृहत् जनवादी मोर्चा बनाउन सहयोग ग¥यो । गाउँमा चीनको भूमि कानुनको खाका (खेस्रा) घोषणा गरियो । जापानविरोधी युद्धको क्रममा लागु ‘भूमिकर र ब्याजदर घटाउने’ नीति संशोधन गरियो र ‘जमिन जोत्नेलाई’ भन्ने नीति पुनः लागु गरियो । मुक्त क्षेत्रलाई बलियो बनाउने सङ्घर्षमा किसानहरूलाई परिचालन गरियो । गृहयुद्ध र चिनियाँ राष्ट्रवादी पार्टीको अत्याचारको विरोधमा सहरमा देशभक्त तथा प्रजातान्त्रिकहरूको व्यापक आन्दोलन उठ्यो । यी नीतिहरूको जनताबाट व्यापक समर्थन भयो । स्वतन्त्रता युद्धको दौरानमा चिकपाको नेतृत्वको जनसेना र मुक्त क्षेत्रमा क्रमशः र निरन्तर विकास र वृद्धि भयो । एक वर्षभन्दा बढी समयावधिको युद्धपछि जनमुक्ति सेनाले चिनियाँ राष्ट्रवादी पार्टीका सेनाका आक्रमणहरूलाई पराजित ग¥यो र जनमुक्ति सेना रणनीतिक रक्षात्मक नीतिबाट रणनीतिक प्रत्याक्रमणको चरणमा पुग्यो ।

चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनले पारित गरेको साझा कार्यक्रम नै नयाँ चीनको जग हाल्ने कार्यक्रम थियो । यसले अन्तरिम संविधानको काम ग¥यो । साझा कार्यक्रमले एउटा यस्तो प्रतिज्ञा ग¥यो– “जनवादी गणतन्त्र चीन नयाँ प्रजातान्त्रिक गणतन्त्र हो । जनताको प्रजातन्त्र नामकरण गरिएको व्यवस्थाले चीनका विभिन्न प्रजातान्त्रिक शक्तिहरू र जनजातिहरूको समर्थन र मजदुरवर्गको नेतृत्वमा जनताको प्रजातान्त्रिक अधिनायकत्वको अभ्यास गर्छ । विभिन्न तहमा रहेका जनप्रतिनिधिसभा र सरकारहरू राज्यशक्तिको अभ्यास गर्ने जनताका अङ्गहरू हुन् ।

सन् १९४८ को शरद्मा जनमुक्ति युद्ध राष्ट्रव्यापी विजयको रणनीतिक चरणमा पुग्यो । सेप्टेम्बरदेखि जनवरीसम्मका पाँच महिनामा जनमुक्ति सेना लियासेन अभियान, हुआजा अभियान र पिन्चिङ अभियानलाई सफलतापूर्वक सम्पन्न गरी याङ्सी नदीसम्म पुग्यो । सन् १९४९ अप्रिल २० को दिन चिनियाँ जनमुक्ति सेनाले याङ्सी नदी पार गर्ने अभियान थाल्यो । अप्रिल २३ को दिन मुक्ति सेनाले नान्चिङ कब्जा ग¥यो । त्यसरी २२ वर्षको चिनियाँ राष्ट्रवादी पार्टीको शासनको अन्तको घोषणा गरियो । यसपछि मुक्तिसेना केन्द्रीय दक्षिण, दक्षिणपश्चिम, उत्तरपश्चिम र दक्षिणपूर्वी चीनका विभिन्न प्रान्तमा आँधीजस्तो गतिमा पुग्यो । चीनको मुख्य भूमिका अधिकांश भूमि मुक्त भए । चिनियाँ राष्ट्रवादी पार्टीका बाँकी शक्ति भागेर ताइवान गए ।
चिनियाँ राष्ट्रवादी पार्टीको प्रतिक्रियावादी शासनलाई फालियो । तर, नयाँ चीन बनाउने काम बाँकी नै थियो । धेरै महिनाको तयारीपछि सन् १९४९ को सेप्टेम्बर २१ मा पहिलो चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनको विस्तारित बैठक पेइचिङमा बस्यो । उद्घाटन समारोहमा माओ त्सेतुङले दृढतापूर्वक भन्नुभयो, “मानव जातिको एकचौथाइ जनसङ्ख्याको प्रतिनिधित्व गर्ने चिनियाँ जनता फेरि एकपटक उभिएका छन् ।” सम्मेलनमा चिकपाका प्रतिनिधि, विभिन्न प्रजातान्त्रिक पार्टी, पार्टीमा आबद्ध नभएका व्यक्तिहरू, विभिन्न जनसङ्गठनहरू, जनमुक्ति सेना, विभिन्न क्षेत्रहरू, विभिन्न जनजातिहरू, देशबाहिरका देशभक्त चिनियाँहरूका ६ सय २२ प्रतिनिधिहरू सहभागी थिए ।
चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनले पारित गरेको साझा कार्यक्रम नै नयाँ चीनको जग हाल्ने कार्यक्रम थियो । यसले अन्तरिम संविधानको काम ग¥यो । साझा कार्यक्रमले एउटा यस्तो प्रतिज्ञा ग¥यो– “जनवादी गणतन्त्र चीन नयाँ प्रजातान्त्रिक गणतन्त्र हो । जनताको प्रजातन्त्र नामकरण गरिएको व्यवस्थाले चीनका विभिन्न प्रजातान्त्रिक शक्तिहरू र जनजातिहरूको समर्थन र मजदुरवर्गको नेतृत्वमा जनताको प्रजातान्त्रिक अधिनायकत्वको अभ्यास गर्छ । विभिन्न तहमा रहेका जनप्रतिनिधिसभा र सरकारहरू राज्यशक्तिको अभ्यास गर्ने जनताका अङ्गहरू हुन् । हरेक तहका राजनीतिक अङ्गहरूले सघन प्रजातान्त्रिक अभ्यास गर्छन् ।” साझा कार्यक्रमले नयाँ चीनको आन्तरिक मामिला, कूटनीति र आर्थिक क्षेत्रका महत्वपूर्ण पक्षमा प्रतिबद्धता व्यक्त ग¥यो ।
राजनीतिक परामर्शदातृ सम्मेलनले एकमतले केन्द्रीय जनसरकारको अध्यक्षमा माओ त्सेतुङलाई चुन्यो । चु तेह, ली साओचि, सुङ चिङलिङ, लि लिसान, चाङ लान र काओ काङ उपाध्यक्षमा र चाउ एनलाइलगायत ५६ सदस्यसहितको केन्द्रीय सरकार गठन गरिएको थियो । सम्मेलनले नयाँ चीनको नाम जनवादी गणतन्त्र चीन रहेको घोषणा गर्नुको साथै देशको राजधानी पेइचिङमा राख्ने निर्णय ग¥यो । ग्रेगरी क्यालेन्डरलाई आधिकारिक पात्रोको रूपमा लिइयो । ‘स्वयम्सेवकहरूको अभियान’ लाई अस्थायी राष्ट्रिय गान बनाइयो । सम्मेलन सेप्टेम्बर ३० मा सफलतापूर्वक सम्पन्न भयो । त्यही साँझ तियानमेन चोकमा ‘जनताका नायकहरूको स्मारक’ को जग हाल्ने काम भयो ।
चिनियाँ जनक्रान्तिको विजयबाट सम्पूर्ण जनता र जनजातिहरूमाथिको दमन र अत्याचारमात्र होइन, देशलाई लामो एवम् खतरनाक भविष्यमा जाक्ने अन्त्यहीन गृहयुद्ध तथा वैदेशिक युद्धको अन्त्य भयो । राष्ट्रिय स्वतन्त्रता एवम् स्वाधीनता प्राप्त गर्ने चिनियाँ जनताको लामो समयदेखिको इच्छा पूरा भयो ।
यसरी नयाँ चीनको जन्म र नयाँ युगको सूत्रपात हुँदै गयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *