भर्खरै :

कोभिड बिरामीको उपचार किन हुँदैन ?

काठमाडौँ, १४ असोज । एक समाजसेवी युवकले आफ्नो मोटरसाइकलबाट एउटा स्वास्थ्य संस्थाबाट एक जना बिरामीलाई १० मिनेटको बाटोमा घरसम्म पु¥याए । त्यो बिरामीको स्वाब परीक्षणको नतिजा पोजेटिभ भयो । मोटरसाइकलमा राखेर बिरामीलाई घरसम्म पु¥याइदिने त्यो युवा सम्पर्क खोजीमा प¥यो । स्वास्थ्य संस्थाबाट सूचना आएपछि उनले स्वाब परीक्षण गराए । स्वाब परीक्षणको नतिजा नआउँदै युवक मोटरसाइकल दुर्घटनामा प¥यो र उनको खुट्टाको हड्डी भाँचियो । युवकको उपचारको लागि एकपछि अर्को अस्पतालमा धाइयो । एउटा अस्पतालमा अपरेसन गर्ने टुङ्गो लाग्यो । त्यही बीचमा युवकको स्वाब परीक्षणको नतिजा पोजेटिभ आयो ।
अपरेसन गर्न तयार भएको उक्त अस्पताल युवकको कोभिड पोजेटिभ भएको जानकारी पाउनेबित्तिकै पछि हट्यो । सरकारअन्तर्गतको ट्रमा सेन्टरको गुहार गरियो । यसले पनि कोभिड पोजेटिभको उपचार गर्न अस्वीकार ग¥यो । बिरामी हप्ता दिनदेखि ओछ्यानमा छन् । कोभिडको कुनै सङ्केत छैन । बिरामीमा ज्वरो, रुघाखोकी, घाटी दुख्ने, खोकी लाग्ने केही छैन ।
कोभिड नभए पनि कतिपय बिरामीलाई सरकारी र निजी अस्पतालले उपचार गर्न अस्वीकार गरेको र त्यसैकारण बिरामीको मृत्यु भएको समाचार पनि प्रकाशित भइरहेको छ ।
दुईतिहाइको सरकार के गर्दै छ ? कर्पोरेटहरूको दबाबमा निषेधाज्ञा खुकुलो पारेकोले सङ्क्रमण बढेको हो ।
सङ्क्रमितको उपचार निजी र सरकारी कुनै अस्पतालमा नहुने ! यो स्थिति तत्काल अन्त्य हुनु आवश्यक छ । कोभिड पोजेटिभ भएका बिरामी कुनै दुर्घटनामा परेर उपचार नहुने किन ?
कोभिड बिरामी ओसार्ने एम्बुलेन्स दुर्घटनामा पर्न सक्छ । त्यसका चालक र स्वास्थ्यकर्मीको कोभिड पोजेटिभ हुनसक्लान् । के यस्तो स्थितिमा चालक र स्वास्थ्यकर्मीको उपचार नहुने हो ? के यतातिर सरकारको उपस्थिति देखाउनु आवश्यक छैन ? के सरकार कर्पोरेटहरूको कमिसनमा फसेको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *