भर्खरै :

पार्टी कार्यक्रमको प्रतिवेदन र प्रस्तावबारे अन्तरक्रिया

काठमाडौँ, १७ असोज । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा अनलाइन जुममार्फत ‘पार्टी कार्यक्रमको प्रतिवेदन र प्रस्ताव’बारे शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी विधानअनुसार पाँच वर्षमा एकपटक हुने महाधिवेशनले देशको परिस्थिति मूल्याङ्कन गरी पार्टीको कार्यक्रम, प्रतिवेदन र प्रस्ताव पारित गरिने चर्चा गर्नुहुँदै पारित कार्यक्रम, प्रतिवेदन र प्रस्ताव पार्टीको दस्तावेज हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराअनुसार निर्वाचनलाई क्रान्तिकारी उपयोग गरी देश र जनताको निरन्तर सेवामा छ । पटक –पटक सरकारमा पुगेर देश र जनविरोधी काम गर्ने पुँजीपति र नक्कली कम्युनिस्टहरूविरूद्ध सङ्घर्षरत छ ।”
सरकार माफिया र बिचौलियाहरूको घेराबन्दीमा रहेकोले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा जनता छक्याउने चालबाजीमात्र रहेको सचिव सुवालले प्रस्ट पार्नुभयो ।
“देशको सार्वभौमिकता रक्षाको लागि संरा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोधमा सङ्घर्ष गर्नुको विकल्प छैन । प्रतिक्रियावादीहरूको विरोधमा जनतालाई सचेत र सङ्गठित पार्ने काममा कार्यकर्ताहरू सक्रिय हुनुपर्छ”, उहाँले भन्नुभयो ।
जनताको प्रजातन्त्र हँुदै समाजवाद र साम्यवादमा पुग्ने अठोटका साथ पार्टी कार्यकर्ताहरू निःस्वार्थपूर्वक जनताको सेवामा लाग्नुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको प्रकाशनको नियमित अन्तरक्रिया चालू राख्नुपर्ने बताउनुहुँदै ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक पत्रिका नियमित अध्ययन गर्न अनुरोध गर्नुभयो ।
पार्टी प्रकाशन पार्टीको झन्डा भएको स्पष्ट पार्नुहुँदै उहाँले सांस्कृतिक स्तर विकास गर्न अध्ययनलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले प्रस्तावहरूको अध्ययनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न सजिलो हुने बताउनुभयो ।
नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा हरिकुमार महर्जन, सुनिल महर्जन, श्यामकुमार महर्जन, श्रीकुमार महर्जन, रवीन्द्र डंगोल, सुरेन्द्र महर्जन, सानुकाजी महर्जन, वन्दना महर्जन, मीना डंगोल, बासुदेव डंगोललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *