भर्खरै :

२१२० जनामा कोरोना सङ्क्रमण पुष्टि, उपत्यकामा मात्र ११७७ जना

काठमाडौँ, १७ असोज । पछिल्लो २४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा ७६६ महिला र १३५४ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
यसर्सँगै कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको छ । उनीहरूमध्ये ५२८ जनाको मृत्यु भएको छ भने ६२ हजार ७४० जना सङ्क्रमणमुक्त भएका छन् । २०४४ जना पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमणमुक्त भएका हुन् । देशभर २१ हजार ३०२ सक्रिय सङ्क्रमित छन् । ११ हजार ५२९ जना होम र ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए सङ्क्रमित ?
मन्त्रालयका अनुसार शनिबार थपिएका सङ्क्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौँका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै सुनसरीका १२२ जना, मोरङका १११, रूपन्देहीका ९८, कैलालीका ९३, रौतहटका ८२, चितवनका ७५, सुर्खेतका ४३, बाराका २५, कास्कीका २२, सप्तरी र बाँकेका १९÷१९ जना, पर्साका १८, काभ्रेका १४, धनुषाका १३, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०÷१० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
झापा र दैलेखका ९÷९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८र८ जना, उदयपुर र पाल्पाका ७र७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६र६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५÷५ जना, ओखलढुङ्गा र दोलखाका ४र४ जना, सङ्खुवासभा र लमजुङका ३÷३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २÷२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, कालीकोट, दाचुृला, बझाङ र बाजुराका १÷१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवलाई कोरोना
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना सङ्क्रमण देखिएको छ ।
उनीसहित प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले स्वाब दिएका थिए । उनीहरू दुवैलाई सङ्क्रमण पुष्टि भएको छ । यस्तै, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि सङ्क्रमण देखिएको छ । प्रधानमन्त्री निवासमा खटिएका दर्जन बढी सुरक्षाकर्मीहरूलाई कोरोना सङ्क्रमण देखिएपछि उनीहरू कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।
६५ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण
प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ ।
स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *