भर्खरै :

युवाहरूद्वारा ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया

भक्तपुर १८ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिले सङ्घको २९ औँ स्थापना दिवसको अवसरमा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया शनिबार जूममार्फत सम्पन्न ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले फासीवादले एउटै जात, एउटै धर्म, संस्कृतिलाई अगाडि बढाएर अरूलाई दबाउन खोज्ने भएकोले त्यसको विरोध गर्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भनुभयो, “चिलीको सेप्टेम्बर ११ को घटनाले माक्र्सवादबाट प्रभावित पार्टीहरू सरकारमा भए पनि चुनावबाट समाजवाद नआउने प्रस्ट गर्छ ।”
क्रान्तिको परिस्थिति तयार नभएसम्म चुनावलाई उपयोग गर्ने र क्रान्तिको परिस्थिति तयार भएपछि पुँजीवादी संरचनालाई ध्वस्त पार्ने नीतिमा लाग्नु नै लेनिनवाद रहेको स्पष्ट पार्दै सचिव सुवालले प्रतिक्रियावादी सेना, प्रशासन, न्यायालय, बैङ्कलगायत पुँजीवादी राज्यसत्ता फाल्नु नै माक्र्सवादको पहिलो सर्त रहेको उल्लेख गर्नुभयो ।
उहाँले नेपालमा कर्पोरेटहरूले एमाले–माओवादीलाई संयुक्त मोर्चा बनाउन लगाएर भद्रगोल गराउन खोजेको हुँदा नेपाली जनता सचेत हुनु जरूरी रहेको उल्लेख गर्दै युवाहरूले यस्ता प्रतिक्रियावादी र संशोधनावादीहरूविरूद्ध सङ्घर्ष छेड्नु जरूरी रहेको बताउनुभयो ।
नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोजूले युवा–विद्यार्थीले पढ्ने संस्कारको विकास गरी सैद्धान्तिक स्तर बढाउन जरूरी रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेक्रायुसङ्घका राजकुमार लघु, एच.एस सुवाल, रमेश वैद्य, जगतराम धुख्वा, सङ्गीता नेपाली, गोपालसुन्दर गोसाई, रोशन मचामसी, बुद्ध लामा, राजेन्द्र साखकर्मीलगायतले पुस्तकबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *