भर्खरै :

सन्दर्भः गणतन्त्र दिवस श्रीपेच जो जिउँदै छ

-अस्वत्थामा
०६५ सालतिर हुनुपर्छ नेमकिपा अध्यक्ष नारायमान विजुक्छेंले चार दल र तीन दलको निरंकुशताको प्रसंग उठाएको । त्यसो त दुई दलीय तानाशाहको विरोध २०४७ साल पछि झांगिएको कांग्रेस र एमालेको स्वेच्छाचारिताको विरोधमा पनि नभएको होइन । सात दलीय संयन्त्र जब खुम्चेर गिरिजा प्र कोइरालाको खोपीमा सिमित भयो, अनि विजुक्छेंले उठाएका थिए दलीय निरंकुशताको प्रसंग । यो निरंकुशता त त्यतिबेलै शुरू भएको थियो जब काँग्रेस र एमाले सात दलका बाँकीलाई थाहै नदिई भारतमा माओवादीसँग बाह्र बुँदे खेस्रा गरिरहेथे ।
उनी नै हुन् पहिलो व्यक्ति जसले बाह्र बुँदेको नेपाली र अंग्रेजी मिल्दैन भनेका थिए । सहमतिको खेस्रा गर्दा जर्ज फर्नान्डिज थिए भनेका थिए । अरू थाहा छैन, माओवादी भारतीय चल्ला हो भनिदिए चक्र बाँस्तोलाले । पक्षघातले निस्क्रिय बास्तोला चेत अवस्थामा भइदिए अहिले रहस्यका अरू पन्तुरा पनि फुकाल्थे कि रु झुटो आशा पनि गर्न मनलाग्छ कहिलेकाहीँ ।

फेरी पनि श्रीपेच ज्यूँदो छ । हिरा, मोती, जवाहरात नजोडेको, हुमायुँको प्वाँख नसिउरेको त्यो श्रीपच अब बहुवचन भएको छ ।

तर, विजुक्छें सोह्रै आना ठिक थिए जब उनले चिन्ता जनाउन शुरू गरे दलीय निरंकुशतालाई लिएर । जसरी उनी अर्को ठीक सावित भए वैशाख १७को बिहान ‘देउवाले प्रचण्डको काँधमा राखेर बन्दुक पड्काउन थालेको’ बताएर ।
फेरी पनि एक दशकसम्म सुनेन कसैले पनि, सुनेर पनि ध्यान दिनुपर्ने ठानेन उनलाई । परिणामः लोकतन्त्रका बँचेखुचेका संस्था पनि अब नितान्त गुटगत राजनीतिको शिकार बनिरहेछन् ।
शक्ति राजनीतिले अन्धो समाजमा लोकतन्त्र मासिन के दलीय डनहरूको मात्रै भूमिका छ र र?
जनता दुश्मन
लोकतन्त्रको ज्वरो आएको नेपाली समाजले लोकतन्त्रको दुश्मन राजा देख्यो केवल । बोलेन कहिल्यै पनि जब राजाको विरूद्धमा चर्का भाषण गर्ने छोटे राजाहरू बिस्तारै ज्ञानेन्द्रको बाउ महेन्द्रभन्दा पनि निरंकुश हुँदैथिए ।
उ बोलेन, जब ब्युँतिएको संसदले नागरिकता ऐन पारित गर्दैथियो ।
उ बोलेन, जब सहमतिको नाममा संघीयता लादिदै थियो । कुनै नागरिक समाज नामक स्टन्टबाजीले प्रश्न गरेन, खोइ जनमत ?
जबकि नागरिक समाज नामक नाट्यमण्डली दलीय भाग खान शुरू गरिसकेको थियो । मनोनयनको नाममा दशरदश लाख बुझाएर संसद भए भनेर जब आरोप लगाए एक प्राध्यापकले र विरोधमा उठेका दलभक्तहरू जब प्रमाण दिन्छु भनेपछि चुपचाप बसे । के त्यही बेला धोती फुस्किएको थिएन र नागरिक समाजको ?
उ बोलेन, जब सहमतिको दुहाइ दिंदै संविधान सभा निर्वाचन सरेको सर्यै गर्यो ।
उ बोलेन, जब संविधान सभामा अनेक नामका ककस बनाएर एनजिओरआइएनजिओ खेलिरहेथे ।
उ बोलेन, जब एक ढोकाबाट एक समूह र अर्कोबाट अर्कोलाई उत्तेजित गराइरहेथे आधुनिक मुसोलिनी, हिटलर वा गोयबल्स ।
बरू विभाजित भयो अनेक नाममा । जब नेपाली समाजको घनिष्ठताबारे बोल्दैथिए एक प्राध्यापक उनको अपमान गर्ने अर्का एकै विभागका प्राध्यापक सिआइएको तालिमप्राप्त थिए पनि भनेन कसैले ।
तथाकथित नागरिक समाज त बरू भ्रमको सिर्जना गर्नमा व्यस्त रह्यो । जो निरंकुशताको विरूद्ध उभिएको थियो उसले निरंकुशताकै घारबाट मह चाट्न थाल्यो अनि समाज कसरी विभाजित नहोस् र?
तब के गाह्रो सामान्य रहस्य बुझ्नलाइ पनि रु जुन रहस्य सिके लालको नेपालीय अवधारणामा छ । जुन रहस्य खगेन्द्र संग्रौलाको साना दलको औचित्यहिनताको मानसिकतामा छ । जबकि लोकतन्त्रबाट लोक नै हटाउने खेल साना होइन तथाकथित ठूला दलले खेलेका हुन् भन्ने जगजाहेर छ ।
भनिन्छ, लोकतन्त्र तबमात्र जिवित हुन्छ जब नागरिक समाज, वा आमलोक सचेत र आलोचनात्मक हुन्छ । जहाँ पढालिखा, जान्नेसुन्ने, भद्रभलाद्मी, नागरिक समाज नै दलको मात्र होइन दलभित्रको गुटको पनि नेताको चरम भक्तिमा लिन हुन्छ । त्यो जनता लोकतन्त्रको हत्यारा नभए के रत्नाकार वा अंगुलीमाल नै चाहिन्छ र?
लोकतन्त्रको लाश
ती गिरिजा प्र कोइराला थिए जसले प्रजातन्त्रको हुर्मत लिन शुरू गरे पहिलो कार्यकालमै । चालिसको दशकको अन्तिमतिर थियो त्यो । कृष्णप्रसाद भट्टराई साँच्चिकै पान बुढा थिए । मख्ख परे चतुर गिरिजाको आश्वासनमा । कुनै एकमा आशक्ति नहुनेहरू सायद क्षणक्षणमा अनेकमा आशक्त भइरहन्छन् । जसरी उनी अविवाहित भए पनि किशोर थिएनन् त्यसैगरी उनको अडान पनि भर्जिन थिएन । विडम्बना त्यो म्यारिड पनि थिएन । परिणामः एक र अर्कोमा आशक्त भइरहे । त्यही लाचारी वा अप्रतिबद्धताको फाइदा लुटे कोइरालाले । प्रजातन्त्रलाइ स्वेच्छारितामा बदल्ने उनकै प्रवृत्तिको परिणाम थियो ( कर्णालीमा प्रहरी दमन । निलो पोशाकको तरूण दलको दादागिरी अर्थात् मण्डले ग्यांगको काँग्रेसी रूपान्तरण । र त्यहीबाट जन्मिएको थियो अधकल्चो आवेग । त्यही आवेगको उपयोग गरी जन्मिए प्रचण्ड एन्ड कम्पनी ।

नारायणहिटीको श्रीपेच मुर्ख थियो । वरिपरि अनेक स्वार्थ समूहका एजेन्टबाट घेरीएको । जब शक्तिकेन्द्रले सही समयमा सही र गलत, ठीक र बेठीक, औचित्यपूर्ण वा अनौचित्यपूर्ण छुट्टाउन सक्दैन उ अवसान बेहोर्न बाध्य हुन्छ । उदाहरण बनिसकेको छ नारायणहिटीको श्रीपेच इतिहासको पानामा ।

‘नेपाली समाजको विस्मरण शक्ति बलियो छ’, कुनै पत्रकारले लेखेको सम्झना छ पंक्तिकारलाई । सत्य थियो उ ।
यदि विस्मरण बलियो हुँदैनथ्यो भने किन एकाएक भगवान ठान्थ्यो गिरिजालाई ०६३ पछि रु हो, उसले माफी दिएको थियो प्रतिगमनविरोधी आन्दोलनको लिडर बनाएर । तर, उसको विस्मरणको कमाल लिडर होइन भगवान ठानिदियो ।
प्रतिगमन पछि पूर्ण निस्क्रिय भएको शक्ति केन्द्रको स्थान जब एक व्यक्ति बनिरहेको थियो उसका सिमितताहरू छन् भन्ने पनि ख्याल गरेन नेपाली समाजले ।
गलत वर्तमान
‘श्रीपेच हामी जलाउँछौं, देश हामी चलाउँछौं’ कविताका पंक्तिजस्तो नारा लगाइएको थियो ०६२र०६३को गर्मीमा । कालोपत्रे सडकबाट चप्पल र जुत्तामा अलकत्रा टाँसिदासम्म उफ्रिएकै हो पंक्तिकार पनि । प्रहरीको लाठी, अश्रुग्याँस र गोलीको त्रास, भोगेकै हो । विडम्बना एक दशक नाघेपछि पनि उही नारा लगाउन बाध्य छ । प्रश्न आउनसक्छ श्रीपेच कहाँ छ रु जब प्रश्न फेरी गरिनेछ श्रीपेच कहाँ छैन रु जवाफ दिने कोही छ रु?
नारायणहिटीको श्रीपेच मुर्ख थियो । वरिपरि अनेक स्वार्थ समूहका एजेन्टबाट घेरीएको । जब शक्तिकेन्द्रले सही समयमा सही र गलत, ठीक र बेठीक, औचित्यपूर्ण वा अनौचित्यपूर्ण छुट्टाउन सक्दैन उ अवसान बेहोर्न बाध्य हुन्छ । उदाहरण बनिसकेको छ नारायणहिटीको श्रीपेच इतिहासको पानामा ।
त्यो त्यही श्रीपेच थियो जो सात सालमा दिल्ली गएर थमौती मागेको थियो । अनि जसले उत्साहित जनताको भीडले जिन्दावादको नारा लगाउँदा अताल्लिएर पर्दैन भनी हात हल्लाएको थियो । र जसको अत्यासलाई अभिवादन अर्थ्याइयो इतिहासको पानामा ।
दमनको बिचमा हुर्केको भएर हो सायद वा मनोग्रन्थी त्यस्तै थियो उसको, स्वस्ति र हस् हजुरीमै जिन्दगी टुंग्यायो । तैपनि शहिदको मूर्तिमाथी उसकै मूर्ति छ ।
आँखामा हेरेर मन पढिन्छ त्यसैले उनी कालो चश्मा लगाउँथे, एउटा तर्क छ । उनको आँखामा नै समस्या थियो, त्यही ढाक्न लगाउँथे अर्को तर्क छ । जसरी उसको चश्मामै अनेक मत छन्, त्यसरी नै उसको कर्ममा पनि अनेकन् पक्ष, विपक्ष पाइन्छन् । तर, उसको कर्मले देशलाई धेरै हदसम्म स्वाधिन बनाउने प्रयत्न गरेकै हो । उसले देशको लागि लड्न खोजेकै हो । तर, उसले नै हो दरबारमा व्यापारिक स्वार्थ समूह घुसाएको । त्यहीबाट शुरू भएको हो पञ्चायतको अवसान । विडम्बना त्यतिबेला पनि जासुसहरूले भरिएको थियो दरबार ।
त्यही बाटोमा हिंड्न खोजेर नारायणहिटीलाई दरबारबाट संग्रहालय गराउने अर्का मुर्ख अझै पनि चिनियाँ प्रतिनिधी भेट्छन् छेउमा भारतीय एजेन्ट राखेर ।
त्यसैले श्रीपेचको त्यो कहानी सकिइसकेको छ इतिहासको पानमा कथा बनेर । बेलायतमा मरिसकेको क्रामबेललाई चिहानबाट उधिनेर झुन्ड्याउने कट्टर राजावादीको जमात नेपालमा जन्मिएला भनेर चिताउनै मुश्किल छ ।
त्यो बिचमा आएको सांस्कृतिक राजाको प्रस्ताव हजुरबाको होइन नातीको थियो । र नातिकी आमा दक्षिणकी पात्र हुन् भनेर बुझेको खण्डमा श्रीपेचको अन्त्य कथा थाहा लाग्छ । किनपनि भने, त्यो मुर्ख बुद्धिलाई ‘फुल डेमोक्रेसी’को अर्थ संवैधानिक प्रजातन्त्र भनी अथ्याइएको थियो । जबकि मैदानमा गणतन्त्र उर्लिइसकेको थियो । अनि ब्याटल फिल्डमा नहारिकन सेतो झण्डा देखाउने विश्वको एकमात्र सेना हामीसँग थियो ।
फेरी पनि श्रीपेच ज्यूँदो छ । हिरा, मोती, जवाहरात नजोडेको, हुमायुँको प्वाँख नसिउरेको त्यो श्रीपच अब बहुवचन भएको छ ।
 

त्यसैले ती बुढा कवि सोह्रै आना सत्य थिए । जसले भनेका थिए -‘तपाईहरू साह्रै अभागी पुस्ता हो । तपाईका बाजेले पनि प्रजातन्त्रकै लागि लडे, बाले पनि र तपाईहरू पनि लड्दै हुनुहुन्छ ।’

‘शासन हामी चलाउँछौं’ को अर्थ हो ( देशका महत्वपूर्ण निर्णय हामी आफै गर्छौं । तर, एउटै प्रश्न काफी छ, जब संघीयता स्वीकारियो अन्तरिम संविधानको पहिलो संशोधनमा हामी अर्थात् जनताले कहिले कसरी निर्णय गरेका थियौं रु
‘आन्दोलन आफैमा वैध हुन्छ’, जेठ ४ को संसद घोषणा पारित हुँदै गर्दा यसो भन्ने नेता गलत थिएनन् । तर, सोही सालको जाडो याममा पूर्वी तराइका केही जिल्लामा एउटा एनजिओले शुरू गरेको आन्दोलन सम्बोधनको नाममा देशको सिंगो भविष्यलाई दूरगामी प्रभाव पार्नेगरी निर्णय लिंदा के हिमाल र पहाडको अधिकार खोसिएको थिएन रु अनि कसरी गर्यौं हामी आफैले शासन र?
त्यसैले ती बुढा कवि सोह्रै आना सत्य थिए । जसले भनेका थिए -‘तपाईहरू साह्रै अभागी पुस्ता हो । तपाईका बाजेले पनि प्रजातन्त्रकै लागि लडे, बाले पनि र तपाईहरू पनि लड्दै हुनुहुन्छ ।’
विडम्बना त कतिमात्र भने अबको प्रजातन्त्रको लडाई लोकतन्त्रको आवरण बोकेकासँगै लड्नुपर्ने भएको छ । लोकतन्त्रका नेताहरूको शीरबाट श्रीपेच थुतेर जलाउनुपर्ने, योभन्दा विडम्बना के हुन्छ अरू रु?

Leave a Reply

Your email address will not be published. Required fields are marked *