भर्खरै :

काठमाडौं:निर्वाचन वा सुन्दरी प्रतियोगिता ?

–निर्जला
काठमाडौं देशको राजधानी, शासक दलहरूको गढ, कहिले राजावादी जोगमेहर जित्ने, कहिले नानीमैयाँ जित्ने, कहिले पद्मरत्न तुलाधर, कहिले एमाले, कहिले नेपाली कांग्रेस र कहिले नयाँ–नयाँ अनुहार देखिने राजनैतिक रुपले अनिश्चित र अस्थिर रही रहने, कहिलेकाहीं परिवर्तनको हावा बहने कहिले यथास्थितिमा स्थिर रहने हुँदा मौसमजस्तै अनुमान गर्न गा¥हो ठाउँ हो । तर विज्ञान र प्रविधिको विकासले जसरी मौसमको अनुमान पहिले नै गर्न थालिएको छ, त्यस्तै राजधानीमा पञ्चायत, नेपाली कांग्रेस, एमाले, माओवादी आदि शासनमा बसेका दलहरूले जिल्ला–जिल्लाबाट बसार्इं–सराईं गरी नदी, खोला किनार र ऐलानी जग्गामा बस्ती बसालेर राजधानीलाई ‘सुन्दर’ ‘समृद्ध’ र ‘व्यवस्थित’ बनाउन सहयोग पु¥याउँदैछन् ।

राजधानी धुलमाण्डु, ढलमाण्डु, अपराधमाण्डु, फोहरमाण्डु र जाममाण्डुजस्ता विभूषणबाट सिंगारियो, शासक दल र शासकहरू फेरिन्छन् तर स्थितिमा कुनै परिवर्तन छैन, किन ?

राजधानी धुलमाण्डु, ढलमाण्डु, अपराधमाण्डु, फोहरमाण्डु र जाममाण्डुजस्ता विभूषणबाट सिंगारियो, शासक दल र शासकहरू फेरिन्छन् तर स्थितिमा कुनै परिवर्तन छैन, किन ? शासक दलहरू र नेताहरू राजधानीका होइनन्, तिनीहरूको निम्ति राजधानीलाई सुधार्ने काम आफ्नो होइन पुराना काठमाडौंबासीका हुन् । नेताहरू र मन्त्रीहरूले खाली आ–आफ्नो घरमा सहुलियत मात्रै माग्ने हो ।
स्थानीय स्तरको निर्वाचनमा शासक दलहरूले विकासका आश्वासन दिएनन् यसपालि ? सडक बनाई दिने, खानेपानी दिने, स्कूल–कलेज दिने वा भूकम्प पीडितहरूलाई घरको शीघ्र पुनःनिर्माणमा सहयोग गर्ने वचन दिएन, किन ? त्यस्ता आश्वासन अनिश्चित र महँगो हुन्छ, बरु निर्वाचनको एक रात अगाडि घर–घरमा गएर प्रतिमतदाता एक हजार र दुई हजार रुपैयाँ, पार्टीको चुनाव चिन्ह भएका गञ्जी, लुगा, टोपी आदि उपहारको छेलोखेलो देखियो, सुनियो ।
राजधानीमै यसरी निर्वाचन आचारसंहिताको उल्लंघन हुन्छ भने हिमाल, पहाड र तराईको स्थिति के होला ? आज २–४ हजार रुपैयाँमा मत मागिन्छ भने भोलि २–४ लाख पुग्ने बेला देश र समाजको नैतिकताको हाल के होला ?
राजधानीमा थप जिज्ञासा देखियो । २००४ सालदेखि २००७ सालसम्म देश र जनताको काम गरेका राजनैतिक दल र त्यसका नेताहरूले पाउने मतको अड्ढ सानो देखियो भने भर्खरै दर्ता भएका दलहरू र त्यसका उम्मेदवारहरू तथा भर्खरका युवा उम्मेदवारहरूले बढी मत पाउनुको कारण के होला भन्ने प्रश्नहरू पनि उठ्दैछन् ।

अब आउने निर्वाचनमा महिलाहरूको श्रृङ्गारका पसल (पार्लर) हरूबाट, खेलाडी महिला, स्कूल र कलेजका छात्राहरू उम्मेद्वार देखिनेछन् । अनेक देशी वा विदेशी दैनिक पत्रहरूका लेखक र सञ्चारकर्मीहरूले आकर्षक र श्रुतिमधुर तथा श्रृङ्गारयक्त प्रचारशैलीको प्रतिस्पर्धा हुनेछ ।

हिजो २०१५ सालको निर्वाचनमा राजदरवारको काठमाडौंका चोक–चोकमा काजीहरू, सेना, प्रहरी र कर्मचारीहरूको मत निर्णायक हुन्थ्यो । प्रजातन्त्रको पुनःस्थापना पछि विदेशी गैरसरकारी संस्थाहरूको डलरको सहयोग, उद्योग–व्यापारी संगठनको सहयोग, त्योभन्दा निर्माणव्यवसायीहरूको सहयोग, गुण्डा होइन डन, डन होइन माननीय भनिनेहरूको उपहार वा विदेशी कम्पनी र व्यापारीको सौगातले निर्वाचन जिताइन्छ ।
अब आउने निर्वाचनमा महिलाहरूको श्रृङ्गारका पसल (पार्लर) हरूबाट, खेलाडी महिला, स्कूल र कलेजका छात्राहरू उम्मेद्वार देखिनेछन् । अनेक देशी वा विदेशी दैनिक पत्रहरूका लेखक र सञ्चारकर्मीहरूले आकर्षक र श्रुतिमधुर तथा श्रृङ्गारयक्त प्रचारशैलीको प्रतिस्पर्धा हुनेछ । त्यसबेला पुराना मतदाताहरूले भन्नेछन् – यो त सुन्दरी प्रतियोगिता हो वा विदेशी प्रविधिको प्रचार हो वा नेपाल र नेपाली जनताको समस्याहरूको समाधानको छलफल र निष्कर्ष हो (?) भनी आश्चर्यमा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *