क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ता समाजलाई सही पथ प्रदर्शन गर्ने समाजका उपदेशक, मार्ग निर्देशक र व्याख्याता हुन् । समाजका प्रतिष्ठित, असल, कर्तव्यनिष्ठ, राजनीतिक र सामाजिक कार्यकर्ताहरू नै राष्ट्रिय परिवर्तनका संवाहक हुन् । राजनीति गर्ने र समाजको सेवा गर्ने कार्यकर्ताहरूको जनताको सांस्कृतिक स्तर उठाउन, असल, चरित्रवान नागरिक तयार गर्नमा ठूलो भूमिका हुन्छ । राजनीतिक र सामाजिक कार्यकर्ता सक्रिय भएमा, जनताको घर आँगनमा पुगेमा सर्वसाधारण जनता पनि राजनीतिबाट प्रशिक्षित हुन्छन् र समाजमा व्याप्त अन्धविश्वास, कुरीतिमा छिटोछिटो सुधार भई जीवन बिताउन सहज हुन्छ । समाजमा व्याप्त अन्धविश्वास र कुरीतिले समाज परिवर्तनमा बाधा पुगेको कुरामा शङ्का छैन । यसकारण राजनीतिक र सामाजिक कार्यकर्ताहरू क्रियाशील हुनुपर्छ । उनीहरू निस्क्रिय हुनु या समाजमा नभिज्नु भनेको समाज पछि पर्नु हो । समाज पछि परेसम्म अन्धविश्वास र कुरीतिले ठाउँ लिइरहन्छ र समाज अघि बढ्दैन ।
समाज परिवर्तनमा राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ताझैँ शिक्षकहरूको दायित्व पनि कम छैन । शिक्षकहरू नदेखिने अभियन्ता र क्रान्तिकारी हुन् । मुलुकको भविष्य उज्यालो पार्ने, नयाँ पुस्तालाई मार्ग निर्देश गर्ने, उद्यमी, परिश्रमी र अनुशासित बनाउने काममा शिक्षकहरूको ठूलो हात हुन्छ । विद्यालयको पाठ्यपुस्तक पढाइमा मात्र शिक्षकहरू सीमित हुँदैन । विद्यार्थी र सर्वसाधारण जनतालाई बहुज्ञान दिने, व्यक्तित्व विकासमा टेवा पु¥याउने, व्यवहारिक शिक्षा दिएर असल, चरित्रवान, देशभक्त र अनुशासित नागरिक बनाउने काममा पनि शिक्षकको योगदान हुन्छ । अन्धपरम्परा र अन्धविश्वास हटाउन तिनीहरू सक्रिय हुनैपर्छ । नागरिक भावना जगाउन, सांस्कृतिक स्तर उठाउन, असल, चरित्रवान नागरिक तयार गर्न शिक्षक, राजनीतिक कार्यकर्ता र सामाजिक कार्यकर्ताले बरोबर अन्तरक्रिया, छलफल तथा बहसका कार्यक्रमहरू गरिरहनुपर्छ । जति गतिविधि कम हुन्छ त्यति नै परिवर्तन पछि पर्छ । अतः जनतामाझ जान, जनतासँग भिज्न र जनताको चेतनास्तर उठाउन तिनीहरू क्रियाशील भइरहनुपर्छ । भनाइ नै छ, बगिरहेको पानी बासी हुँदैन, ढोकाको कब्जा कीराले खाँदैन ।
Leave a Reply