भर्खरै :

जम्मु काश्मीरमा भारतीय सैनिकमाथि आक्रमण : २ जवानको मृत्यु

एजेन्सी । जम्मु काश्मीरको पुलवामा भएको आतङ्कवादी आक्रमणमा २ भारतीय सैनिक (सीआरपीएफ) को मृत्यु भएको छ । पुलवाको पामपोर क्षेत्रमा भएको आक्रमणमा उनीहरू मारिएका हुन् । एक्कासि भएको आतङ्कवादी आक्रमणमा ५ जवान घाइते भएका थिए । घाइते ५ जनामध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । घाइते अन्य ३ जवानको उपचार भइरहेको जनाइएको छ ।
आक्रमण पंपोर बाइपासमा सोमबार १२ बजेर ५० मिनेट जाँदा भएको थियो । सीआरपीएफको ११० औँ बटालियन र जम्मु काश्मीर पुलिसको संयुक्त टोलीमाथि आतङ्ककारी आक्रमण भएको जनाइएको छ । अहिले सो क्षेत्रमा आक्रमणकारीको खोजी जारी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *