मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
ब्राजिल, २२ असोज । ब्राजिलमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५० लाख नाघेको छ । त्यसैगरी देशभर कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या करिब १ लाख ५० हजार पुगेको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३१ हजार ५५३ कोरोना सङ्क्रमित थपिएका हुन् । जसका कारण कुल कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको छ ।
विश्वमै अमेरिका र भारतपछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएको मुलुक ब्राजिल हो ।
राष्ट्रपति जैयर बोल्सोनारोले कोरोना भाइरसको जोखिमलाई अवमूल्यन गरेको आरोप लगाएको छ । राष्ट्रपति बोल्सोनारोले विज्ञहरूको सुझाव नमान्दा र गम्भीररूपमा कोरोना महामारीलाई नलिँदा सङ्क्रमण निम्तिएको आरोप लगाएको छ । तर, राष्ट्रपति बोल्सोनारोले भने उक्त आरोपहरू अस्वीकार गरेका छन् । उनले यसअघि कोरोना महामारी नियन्त्रणका लागि लकडाउनमा जाने विज्ञहरूको सुझावलाई खारेज गरेका थिए । उनले मुलुक लकडाउनमा गए देशको अर्थतन्त्र ध्वस्त हुने बताएका थिए ।
ल्याटिन अमेरिकामै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ब्राजिलमा बढी छ । जसमा साओ पउलो राज्यमा सबैभन्दा बढी ३६ हजार कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने राजधानी रियो द जेनेरियोमा १९ हजार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
ब्राजिलमा पछिल्लो समय कोरोना सङ्क्रमित र सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आइरहेको भए पनि हरेक साता ५ हजार सङ्क्रमितको मृत्यु भइरहेको बीबीसीकी दक्षिण अमेरिकी संवाददाता केटी वाटसनले बताएकी छन् । उनले यहाँ वास्तविक सङ्ख्या अझै खराब हुनसक्ने बताउँदै जीवन विस्तारै सामान्यीकरणको अवस्थातर्फ फर्किन थालेको बताएकी छन् ।
Leave a Reply