नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
गणतन्त्र दिवसको अवसरमा भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित कलेजहरुको संयुक्त आयोजनामा सोमबार बिहान प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले पूँजीवादी प्रजातन्त्र वा गणतन्त्र र राजतन्त्रबीच व्यापक कामदार जनताको लागि तात्विक अन्तर नहुने बताउनुभयो ।
जारकालीन रुस र राजतन्त्र अन्त्य भई पूँजीवादी गणतन्त्र आउँदा पनि व्यापक रुसी जनताको अवस्थामा कुनै भिन्नता नभएको प्रसंगको चर्चा गर्दै उहाँले मौलिक परिवर्तनको लागि रुसमा लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति भएको इतिहासको व्याख्या गर्नुभयो ।
नेपालको वर्तमान सन्दर्भसँग तुलना गर्दै अध्यक्ष रोहितले भन्नुभयो,‘राजतन्त्र अन्त्य भयो । गणतन्त्र आयो । तर पूँजीवादी गणतन्त्र भएकाले नेपाली जनताले परिवर्तन महसुस गर्न पाएका छैनन् ।’
कलेज व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, ख्वप कलेजका प्राचार्य रुपक जोशी र ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले पनि नेपालको गणतान्त्रिक आन्दोलन र आजको नेपालको अवस्थाबारे बोल्नुभएको थियो ।
कलेजहरुको आयोजनामा हरेक वर्ष गणतन्त्र दिवसको अवसरमा प्रवचन कार्यक्रम हुँदैआएको छ ।
Leave a Reply