भर्खरै :

प्रजग कोरियाली श्रमिक पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवमा सीको बधाई सन्देश

पेइचिङ, २४ असोज । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको श्रमिक पार्टी स्थापना भएको ७५ औँ वार्षिकोत्सवमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले कोरियाली श्रमिक पार्टीका अध्यक्ष किम जङ उनलाई बधाई सन्देश पठाउनुभएको छ ।
सन्देशमा सीले ७५ वर्षयता श्रमिक पार्टीले प्रजग कोरियाली जनताको राष्ट्रिय एकता र मुक्तिको निम्ति समाजवादी कार्यको महान उपलब्धि हासिल गरेको उल्लेख गर्नुभएको छ । सीले केही वर्षयता अध्यक्ष किम जङ उनको नेतृत्वमा श्रमिक पार्टी र जनताले समाजवादी बाटोमा अडिग रहेर पार्टीको निर्माण, आर्थिक विकास र वैदेशिक आदान–प्रदान तथा सहयोगलाई बढाएर अनेकौँ महत्वपूर्ण उपलब्धि पाएको बताउनुभयो ।
सीले चीन र प्रजग कोरिया मैत्रीपूर्ण छिमेकी मुलुक भएको भन्दै यी दुवै कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका समाजवादी मुलुक भएको उल्लेख गर्नुभयो । उहाँले दुई देश तथा दुई पार्टीका पुराना नेताबाट स्थापित परम्परागत मित्रता अझ दृढ भएको दोहो¥याउनुभयो । चीनले प्रजग कोरियासँग मिलेर दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने भन्दै सीले दुई देशका समाजवादी कार्यको स्थिर तथा दीर्घकालीन विकासको इच्छा लिएको पनि व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *