भर्खरै :

प्रम ओलीको ‘उपदेश’ पनि व्यर्थै !

कोरोना भाइरस विश्वव्यापी सङ्क्रमित हुँदै गइरहेको बखत सुरुका दिनमा नेपालमा सङ्क्रमितको सङ्ख्या खासै थिएन । त्यसबेला सरकारलाई लागेको थियो, नेपालमा कोरोना सङ्क्रमित फैलिने छैन । त्यतिबेला सरकार, नेता, मन्त्री र नेपालीहरू मन्त्रमुग्ध थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो पिरो खानेलाई, बेसारमा पानी मिलाएर पिउनेलाई र कठोर श्रम गर्ने नेपालीलाई कोरोनाले छुँदैन भनी उपदेशै बाँडेका थिए । प्रमको महावाणी विश्वासिलो जस्तो भए पनि जानकार व्यक्तिहरूले भने उनको भनाइप्रति व्यङ्ग्य गरेका थिए । उनी आफै डाक्टर र जडीबुटीका विशेषज्ञजस्तो बनेर बोलेको सुन्दा कति हाँसेका थिए ।
समय बित्दै गएपछि नेपालमा पनि सङ्क्रमितको सङ्ख्या लाखभन्दा बढी भयो । मर्नेहरूको सङ्ख्या ६ सय नाघ्यो । एक लाखभन्दा बढी नेपाली कोरोना भाइरसबाट सङ्क्रमित हुनु चानचुने होइन । सङ्क्रमितको सङ्ख्या तुलनात्मकरूपमा अहिले बढिरहेको छ । सङ्क्रमित र मर्नेहरूको सङ्ख्या कति पुग्ने हो, निश्चित छैन । त्यसबेला आफूले गर्वका साथ बोलेको भनाइ अहिले सम्झिँदा प्रम ओलीले के सोच्दा हुन् ? हाल देखिएको सङ्क्रमणको स्थितिसित आफ्नो भनाइ मेल खाएन भनेर ओलीले पछुताउ गर्ने हुन् या एउटा कमजोरी छोप्न अर्काे कमजोरी गरेर बहादुरी देखाउने हुन् ?
सङ्क्रमित रोगीको सङ्ख्या बढेर सरकारले रोगीको उपचार र राख्ने ठाउँको व्यवस्थापनसमेत गर्न सकेको छैन । ठाउँ अभाव भएर स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम त बेहोस भएमा या बेहोस हुने स्थिति देखिएमा, पिसाब कम भएमा या पिसाब गर्न गा¥हो भएमा, श्वास फेर्न गा¥हो भएमा मात्र अस्पतालमा भर्ना हुन आग्रह गर्न बाध्य भए । प्रम ओलीले यसअघि पनि संसारका सबै कुरा आफूलाई जानकार भएको कुरा कति पटक फुके कति पटक । उनी आफै वैज्ञानिक, आफै डाक्टर, आफै वकिल, आफै पत्रकार, आफै ज्योतिषशास्त्री, आफै भूगोलविद्, इतिहासकार, मौसमविद् जस्तै ठानेर बोल्न पछि परेनन् । त्यही दम्भमा फुलेर उनी कहिले पानी जहाजको युग, कहिले रेलको युग, कहिले वैज्ञानिक युग त कहिले विकासको युग सुरु भएको भन्न धक मान्दैनन् ।
कहीँ शिलान्यास र उद्घाटन कार्यक्रममा पुग्दा योजनामात्र ल्याउ पैसाको खाँचो छैन भनी उनी जनतालाई उत्साही बनाउँथे भने कहीं भने कहीं भने जति काम कहाँ गर्नसकिन्छ, आयस्रोत पनि हेर्नुप¥यो भनी पछि हट्छन् । कहिले सल्लाह दिने बुद्धिजीवीलाई झपार्छन् भने कहिले कुनै घटना हुँदा प्रहरी प्रशासनभन्दा पहिले पत्रकारले कसरी घटनाबारे थाहा पाउँछन् भनी आश्चर्य व्यक्त गर्छन् । कहिले पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष हो, पार्टी जिम्मा उनको हो भन्छन् भने कहिले म पनि पार्टी अध्यक्ष हुँ, उनी एक्लैले सबथोक गर्न कहाँ पाउँछन् भनी अभिमानी गर्छन् । कहिले पार्टीको परामर्श लिएर अघि बढ्छु भन्छन् भने कहिले प्रमको अधिकार म आफूखुसी प्रयोग गर्छु भनी पार्टीलाई पन्छाउँछन् । यसले स्पष्ट गर्छ, प्रमको बोलीको ठेगान छैन, उनको मन अस्थिर छैन । अनि सरकारले कसरी देशलाई दिशा निर्देश गर्नसक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *