भर्खरै :

चाखलाग्दो खेल: क्युब

लकडाउन सुरु हुने थाहा भएपछि यो लकडाउनमा के गर्ने भनेर सोचिरहेको थिएँ । मेरो एउटा मिल्ने साथी अनुस्तुपलाई रुबिक्स क्युब सा¥है मनपथ्र्यो । उसले मलाई पनि रुबिक्स क्युब हल गर्न सिक भन्यो । मलाई भने रुबिक्स क्युब हल गर्न सा¥है गा¥हो लाग्थ्यो र मैले कहिल्यै हल गर्न सक्दिन जस्तो लाग्थ्यो । तैपनि मैले यु टयुबमा रुबिक्स क्युब हल गर्ने तरिका हेरेँ । मलाई त्यो तरिका अरूभन्दा सजिलो लाग्यो । अब भने मलाई पनि रुबिक्स क्युब हल गरुँजस्तो लाग्यो । परीक्षाको अन्तिम दिनमा मैले मेरो साथीसँग गएर रुबिक्स क्युब किनेँ । मैले त्यही दिन रुबिक्स क्युब हल गर्न सिकेँ । रुबिक्स क्युबमा मेरो रुचि बढ्दै गयो र मैले रुबिक्स क्युबको बारेमा धेरै कुरा सिकेँ । आज मलाई थाहा भएका रुबिक्स क्युबबारे जानकारी साथीहरूमा साझा गर्दै छु ।
रुबिक्स क्युब हङ्गेरिएन आर्किटेक्ट प्राध्यापक अर्नो रुबिकले सन् १९७४ मा आविष्कार गरेको तीन आयाम (थ्रिडि) संयोजन पजल हो । सुरूमा यसलाई म्याजिक क्युब भनिन्थ्यो । रुबिक क्युबले सन् १९८० मा जर्मन गेम अफ डि इयर अवार्डमा सर्वश्रेष्ठ पजलको उपाधि जितेको थियो । यो विश्वमा सबैभन्दा बढी बिक्री हुने खेल सामग्री हो । अहिलेसम्ममा ४० करोडभन्दा बढी क्युब बिक्री भइसकेको छ । सुरुवाती क्युबमा ६ वटा मुख हुन्छ । हरेक मुखमा छुट्टाछुट्टै रङ हुन्छन् । सेतो, रातो, निलो, हरियो, पहेँलो र सुन्तला रङका हुन्छन् । हरेक मुखमा ९ वटा स्टिकर हुन्छन् । आजकालका क्युबमा स्टिकर हुँदैनन् जसले गर्दा क्युबमा रङहरू खुइलिँदैनन् । अहिलेका क्युबमा सेतोको विपरीत पहेँलो, निलोको विपरीत हरियो र रातोको विपरीत सुन्तला रङ हुन्छन् । आजकल चुम्बकीय क्युब पनि बनिरहेका छन् किनभने यस्ता क्युब घुमाउन सजिलो हुन्छ ।
सुरूमा ३झ३ क्युबमात्र हुन्थ्यो भने अहिले १७झ१७ सम्मको क्युब पाइन्छ । यही आधारमा यसको नाम पनि फरक फरक हुन्छन् । २झ२ लाई पकेट क्युब भनिन्छ भने ३ झ३ लाई रुबिक्स क्युब भनिन्छ । त्यसैगरी ४झ४ लाई रुबिक्स रिभेन्ज भनिन्छ । प्रोफेसर क्युब चाहिँ ५झ५ लाई भनिन्छ । अर्को प्रकारको क्युब भनेको पेरिरोज हो जसको ३ रङको ३ वक्र आयाम हुन्छ । पिरामिक्स भन्ने अर्को थरी क्युब छ जसको आकार पिरामिड शैलीको हुन्छ र यसमा ४ वटा मुख हुन्छन् ।
सन् २००३ देखि विश्व क्युब सङ्घले संसारमा धेरै रुबिक्स क्युब प्रतियोगिता आयोजना गरिरहेको छ । यसले विश्व रेकर्डको पनि मान्यता दिने काम गर्छ तर पेनरोज क्युब भने यो प्रतियोगितामा समावेश गराइएको छैन । सकेसम्म छोटो समयमा रुबिक्स क्युब हल गर्ने प्रयासलाई स्पिड क्युबिङ भनिन्छ । सन् १९८१ मार्च १३ का दिन जर्मनीको म्युनिखमा गिनिज रेकर्डले पहिलोचोटि स्पिड क्युबिङ प्रतियोगिता आयोजना गरिएको थियो । यो प्रतियोगितामा रोनाल्ड ब्रिचम्यान र जुरी फ्रोसलले ३८ सेकेन्डको छोटो समयमा रुविक्स क्युब हल गरी पहिलो गिनिज रेकर्ड राखेका थिए । सन् २००३ देखि भने बिजेता घोषणा गर्ने तरिका अलि फरक गरिएको छ । प्रतियोगीलाई ५ पटकसम्म रुबिक्स क्युब मिलाउन दिइन्छ र तीमध्ये तीन वटा छोटो समयको औसतलाई नै उक्त प्रतियोगीको रेकर्ड मानिन्छ । यद्यपि एक प्रयासलाई पनि रेकर्डमा राखिन्छ । सन् २००४ मा विश्व क्युबिङ सङ्घले रेकर्ड राख्न सजिलो बनाउनका लागि एउटा विशेष टाइमर बनायो । जसलाई क्तबअफबत तष्mभच भनिन्छ । आजसम्म एकल प्रयासको विश्व रेकर्ड ३ दशमलव ४७ सेकेन्ड हो । यो रेकर्ड चीनका युसेङ डुले बनाएका हुन् । औसत रेकर्ड भने ५ दशमलव ५३ सेकेन्ड हो । यो रेकर्ड अस्टे«लियाका फेलिक्स जेम डेगले बनाएका हुन् । अरु प्रख्यात क्युबरमध्ये म्याक्स पार्क, सिन प्याट्रिक, प्याट्रिक प्यान आदि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *