विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन र क्षेत्रीय शान्ति र स्थिरताको रक्षा गर्नुपर्नेमा चीनको जोड
- जेष्ठ १२, २०८३
अमेरिकाका उच्च सरकारी वैज्ञानिक तथा सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले आफूले फरक सन्दर्भमा बोलेको कुरालाई गलत सन्देश जाने गरी सम्पादन गरी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा प्रयोग भएको बताएका छन् ।
ट्रम्पको चुनावी अभियानले बनाएको विज्ञापनमा डा. फाउचीले ‘अरू कसैले यति राम्रो गरेको कल्पना गर्न सक्दिन’ भन्दै गरेको सुनिन्छ र सो कुरा कोरोना भाइरसविरुद्धको अभियानमा ट्रम्पका लागि लागु हुने गरी प्रयोग भएको छ ।
डा. फाउचीले आफू र स्वास्थ्य अधिकारका लागि बोलेको कुरा ट्रम्पको चुनावी अभियानले राष्ट्रपति ट्रम्पलाई लागु हुने गरी गलतरूपमा प्रयोग गरेको हो ।
कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासलाई लिएर ट्रम्प र डा. फाउचीबिच लामो समयदेखि विवाद रहँदै आएको छ । डा. फाउची ट्रम्प प्रशासनको प्रयासलाई लिएर आलोचनात्मक छन् ।
समाचार संस्था एएफपीलाई पठाएको वक्तव्यमा डा. फाउचीले भनेका छन्, “पाँच दशक लामो मेरो सरकारी सेवामा मैले कहिल्यै पनि सार्वजनिकरूपमा कुनै पनि राजनीतिक उम्मेदवारको पक्षमा वकालत गरेको छैन ।”
उनले अघि भनेका छन्, “मेरो स्वीकृतिबिना ट्रम्पको चुनावी अभियानले फरक प्रसङ्गमा महिनौँअघि सङ्घीय स्वास्थ्य अधिकारको प्रयासका सम्बन्धमा गरेको विस्तृत टिप्पणीलाई सम्पादन गरेर गलत सन्देश जाने गरी विज्ञापनमा प्रयोग गरेको छ ।”
३० सेकेन्डको चुनावी विज्ञापनमा ट्रम्प कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुने क्रममा रहेको र अमेरिका पनि सोही क्रममा रहेको बताएका छन् । त्यसपछि डा. फाउचीको टिप्पणी बजाइएको छ ।
फक्स न्यूजलाई गएको मार्चमा दिएको अन्तर्वार्तामा डा. फाउचीले भनेका थिए, “मैले लगभग सम्पूर्ण समय यसमै समर्पित गरेको छु । मैले हरेक दिन भर्चुअलरूपमा ह्वाइट हाउस टास्क फोर्सको सम्पर्कमा रहन्छु । त्यसैले मलाई लाग्दैन कि कुनै पनि अवस्थामा कसैले पनि योभन्दा बढी गर्ने कल्पना गर्न सक्दिनँ ।”
सोही अन्तर्वार्ताको अंशलाई सम्पादन गरेर ट्रम्पको चुनावी अभियानले प्रयोग गरेको हो ।
Leave a Reply