अडिग क्युवा !
- जेष्ठ १३, २०८३
सरकारकै हेलचेक्र्याइँले गर्दा नेपालमा कोरोना भाइरस सङ्क्रमित र मृत्युको सङ्ख्या बढेको हो । सरकारले समयमै ध्यान नपु¥याउँदा या विचार नपु¥याउँदा दिनानुदिन सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि विदेशमा बसेका नेपालीहरू नेपाल फर्कन थालेपछि प्रवेश गर्ने नाका या विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिएको भए, क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको भए यसरी कोरोना सङ्क्रमितहरू बढ्ने थिएनन्, देशभरि फैलिने थिएनन् । अहिले त धेरै या थोरै नेपालका सबै जिल्लामा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । देशभरि यो रोग फैलिनु भनेको रोगले व्यापकता पाउनु हो । जिल्लाका विभिन्न नगर र गाउँका वडाहरूमा अस्पताल, जनस्वास्थ्य केन्द्र हुँदैन । त्यस्ता स्थानहरूमा कोरोना भाइरसको सङ्क्रमण फैलेपछि तिनीहरूको कसरी उपचार हुन्छ, तिनीहरू कसरी अस्पतालमा पुग्छन् ?
कोरोना सङ्क्रमितहरूको स्वास्थ्य परीक्षण गर्न, अस्पतालमा राख्न सरकारलाई अहिले नै समस्या देखिएको छ । स्थान अभाव र सेवा पु¥याउन नसकेकै कारण स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बेहोस भएपछि, श्वास प्रश्वासमा समस्या भएपछि मात्रै अस्पतालमा भर्ना गर्न उर्दी जारी गरिरहेका छन् । कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि अन्य रोगका बिरामीहरूलाई अस्पतालमा भर्ना नै नगरी फर्काइरहेको समाचार अहिले पनि दोहोरिरहेको छ । ‘राजधानीकै अस्पतालले गर्भवतीको जाँच गर्न छाडेपछि प्रसूतिगृहमा भीड’ शीर्षकको असोज २६ गते नयाँ पत्रिकामा प्रकाशित समाचारले उक्त कुरा थाहा हुन्छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्नुको दोष जनतालाई दिएर सरकार पन्छिन पाउँदैन । सरकारले समयमै उचित कदम चालेको भए यस्तो स्थिति आउँदैनथ्यो । आफ्नो कमजोरी र दोष जनताको काँधमा छोड्नु सरकार आफ्नो जिम्मेवारीबाट पन्छिनु हो । जुनबेला सङ्क्रमित बिरामीहरू देखिएका छैनन् त्यसबेला लकडाउन गर्ने र सङ्क्रमितहरू बढेको बेला खुला गर्ने सरकारको कस्तो नीति ¤ सङ्क्रमित जनसमुदायमा फैलिसकेको हुँदा जनता पनि सचेत र चनाखो हुनुपर्छ । बजारमा किनमेल गर्न जाँदा, गाडीमा बस्दा, कहीँ कतै जाँदा, साथीभाइ तथा नातेदारहरूको भेटघाटमा भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र बरोबर साबुन पानीले हात धोइरहनुपर्छ । सर्वसाधारण जनताले आफ्नो जिम्मेवारी निर्वाह गरेनन् भने कोरोना भाइरस भयावह स्थितिमा पुग्न बेर लाग्दैन । त्यसबेला कसैले चाहेर पनि रोगलाई नियन्त्रण गर्नसक्दैनन् । सरकारी स्रोत र साधन तथा ठाउँको अभावले पनि रोग नियन्त्रण गर्न कठिनाइ हुन्छ । यस्तो बेला लकडाउन भरपर्दो समाधानको एक उपाय हो ।
Leave a Reply