आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
लापाज(टेलिसुर) । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा पुनः वामपन्थी राष्ट्रपति निर्वाचित भएका छन् । अक्टोबर १६ का दिन भएको राष्ट्रपतीय निर्वाचनमा समाजवादउन्मुख आन्दोलन पार्टी (मास) का राष्ट्रपति उम्मेदवार लुइस आर्से र उपराष्ट्रपति उम्मेदवार डेभिड कोचाबाम्बा विजयी भएका छन् । इलेक्ट्रोनिक्स भोटिङ मेसिनका आधारमा गरिएको शीघ्र मतगणनाको परिणामअनुसार मास पार्टीले खसेको कुल मतको ५३ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको, प्रमुख प्रतिद्वन्द्वी उम्मेदवार कार्लोस मेसाले ३०.८ प्रतिशतमात्र मत प्राप्त गरेको र १६ प्रतिशत मतमात्र गणना गर्न बाँकी रहेको आधारमा मास पार्टीका आर्सेलाई अनौपचारिकरूपमा विजयी घोषणा गरिएको छ ।
मत परिणाम आएसँगै प्रशासनिक राजधानी ला पाज, ऐतिहासिक राजधानी सुक्रे, एल अल्टो र कोचाबाम्बालगायत देशभरका सहरमा बारुदपटाका पड्काई जनताले खुसियाली मनाउन थालेका छन् । गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा तत्कालीन लोकप्रिय राष्ट्रपति एवं मास पार्टीका नेता इभो मोरालेस स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएको थियो । तर, नोभेम्बरमा दक्षिणपन्थी पार्टीहरूलाई साथ दिएर सेना र प्रहरीको नेतृत्वले विद्रोह गरेपछि मोरालेसले देशमा गृहयुद्ध हुन नदिन राजीनामा दिनुभएको थियो । त्यसको तीनमहिनाभित्रै अर्को राष्ट्रपतीय निर्वाचन हुनुपर्ने भए पनि जियानिन एनेजको नेतृत्वमा रहेको सङ्क्रमणकालीन सरकारले विभिन्न बहाना बनाउँदै एक वर्षपछि मात्र निर्वाचन गराएको हो ।
निर्वाचन परिणाम आएपछि पूर्वराष्ट्रपति मोरालेसले ट्वीट गर्दै –मासले स्पष्ट विजय पाएको छ । हामी पुनः करोडौँमा पुगेका छौँ । नेता मोरालेस हाल छिमेकी देश अर्जेन्टिनामा निर्वासनमा रहनुभएको छ ।
विजयी उम्मेदवार आर्सेले बोलिभियाली जनताले प्रजातन्त्र पुनःस्थापना गर्न र देशलाई फिर्ता लिन सफल भएको बताउँदै आफूहरूले सबैको लागि शासन गर्ने र घृणारहित तवरले परिवर्तन ल्याउने बताउनुभएको छ । आइतबार राति बोलिभियाली सरकारले शीघ्र मतगणनाको परिणाम जनतासमक्ष घोषणा गर्न अनुमति दिएको थियो । मत परिणाम घोषणा भएसँगै मास पार्टीको प्रधानकार्यालय ला पाजमा भेला भएका हजारौँ कार्यकर्ताले हामी मास हौंँ बोलको नारा र गीत गाउँदै खुसी मनाएका थिए ।
सैनिक विद्रोहबाट आएको शासनका नेतृ जियानिन एनेजले पनि मास पार्टीको जीतलाई स्वीकार गर्दै आर्से र चोकाह्वान्कालाई बधाई दिएका छन् । “हामीसित अझै आधिकारिक मतगणनाको परिणाम छैन तर तथ्याङ्कले मास पार्टीले स्पष्ट बहुमत पाएको देखिएको छ । म विजयी उम्मेदवारहरूलाई बधाई दिन्छु र उहाँहरूलाई प्रजातन्त्र दिमागमा हालेर बोलिभियामा शासन गर्न अनुरोध गर्दछु ।” एनेजले ट्वीट गरेकी छिन् ।
Leave a Reply