भर्खरै :

दसैँमा बैंक नखुल्ने

काठमाडौँ, ४ कार्तिक । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै बैंकहरूले दसँै बिदामा आफ्ना शाखाहरू नखोल्ने भएका छन् । गत वर्ष दसँैका बिदामा समेत सीमित बैड्ढका काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैड्ढ नखोल्ने निर्णय गरेका हुन् ।
बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले सीमित शाखा खोलेर बैङ्किङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले नखोल्ने निर्णय गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सरकारले तोकिएअनुसार कार्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द भएको निर्णय सुनाउनुहुन्छ । ‘दसैँमा कम आवतजावत हुन्छ, सीमित बैंकमात्र खुला गर्दा बढी भीडभाड हुनसक्छ”, उहाँले भन्नुभयो, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो ।”
हाल बैंकहरूले एटीएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकोले यस पटक डिजिटल बैङ्किङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन् । दसैँका समयमा वाणिज्य बैड्ढ बन्द गर्ने कुरा नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्रभित्र नपर्ने राष्ट्र बैड्ढ, नियमन विभागका प्रमुख देवकुमारमा ढकाल बताउनुहुन्छ ।
सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ । अहिलेको विषम परिस्थितिमा अनिवार्यरूपमा खुला गर्नुपर्छ भन्ने अवस्था नभएको उहाँको जिकिर छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *