भर्खरै :

प्रजग कोरियाले चीनको गुण कहिल्यै भुल्नेछैन

प्योङयाङ । संरा अमेरिका र प्रजग कोरियाबीच भएको कोरिया युद्धमा कोरियाली जनताको पक्षमा लडेका चिनियाँ स्वयम्सेवक सहिदहरू प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनले एक समारोहबीच बिहीबार सम्मान गर्नुभएको त्यहाँका समाचारमाध्यमले जनाएका छन् ।
प्रजग कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले बिहीबार जनाएअनुसार आफ्ना उच्च पदाधिकारीहरूसँग सर्वोच्च नेता किम चिनियाँ स्वयम्सेवक लडाकूहरूको स्मारकमा पुगेर पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । चिनियाँ स्वयम्सेवकहरूको सम्मानमा दक्षिण प्योङगान प्रान्तमा स्मारक स्थापना गरिएको छ ।
सो समारोहमा नेता किमले कोरिया युद्ध समाप्त भएको ७० वर्ष बितिसक्दा पनि संरा अमेरिकी हमलाको प्रतिरोध गर्न चिनियाँ स्वयम्सेवकहरूले पु¥याएको साहसिक योगदानको अझै प्रजग कोरियाले स्मरण गरिरहेको बताउनुभयो । उहाँले अत्यन्त कठिन परिस्थितिमा प्रजग कोरियालाई चिनियाँ स्वयम्सेवकहरूले सहायता गरेको बताउनुभयो ।
किमले चिनियाँ स्वयम्सेवी सेनाहरूले साम्राज्यवादी शक्तिको प्रतिरोधमा गरेको बलिदान र निःस्वार्थी भावनाको महान भावनालाई आफ्नो देशले कदापि पनि कहिल्यै नभुल्ने बताउनुभयो ।
“समय जतिसुकै व्यतीत होस् । जतिसुकै पुस्ता फेरियोस् । कोरिया युद्धमा दुई देशका सेना र जनता मिलेर हासिल गरेको महान विजयको महत्व कति पनि कम हुने छैन”, उनले भने ।
केसीएनएले जनाएअनुसार किमले बुधबार प्योङयाङको मैत्री टावरको पनि भ्रमण गरेका थिए । कोरिया युद्धमा बलिदान भएका चिनियाँ सेनाको सम्मानमा सन् १९५९ को अक्टोबर २५ मा सो मैत्री टावर स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *