भर्खरै :

युरोपका ८० प्रतिशत ‘प्राकृतिक बासस्थान’ अतिक्रमित – अध्ययन

 
ब्रसेल्स । युरोपेली सङ्घअन्तर्गतका मुलुकहरूमा रहेका ८० प्रतिशतभन्दा बढी प्राकृतिक बासस्थानहरू खराब अवस्थामा रहेकोले उनीहरूको सुरक्षाका लागि भइरहेका काममा थप पहल गरिनुपर्ने युरोपेली वातावरण संरक्षण निकाय (ईईए) ले हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनमा बताएको छ ।
सन् २०१३ – २०१८ सम्मको अवधिको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ईईएले भनेको छ सन् २००७ – २०१२ सम्ममा ७७ प्रतिशत प्राकृतिक बासस्थान प्रतिकूल अवस्थामा रहेका थिए ।
‘हामीले युरोपमा ठूलो मात्रामा पुनःस्थापना गर्नु आवश्यक छ,’ उक्त रिपोर्टका लेखक ईईए विज्ञ कार्लोस रोमाओले पत्रकारसँग भन्नुभयो ।
“यो जैविक विविधताको लागि मात्र नभई जलवायु परिवर्तन विषयका लागि पनि आवश्यक छ,” उहाँले भन्नुभयो । साधारण खेत र ओसिलो जमिनमा बसोबास गर्ने खासगरी स्काइरलार्कजस्ता दुर्लभ पंक्षीजन्य प्रजातिहरू प्रतिकूल बासस्थानका कारण यस यूरोप महाद्वीपमा घटिरहेको प्रतिवेदनमा उल्लेख छ ।
यूरोपमा वासस्थान वा त्यहाँ बस्ने प्रजातिहरूले सघन कृषि, सहरी विकास, पर्यटन र मनोरञ्जन केन्द्र र संरक्षित वन गतिविधि र प्रदूषणजस्ता कैयौँ दबाबहरूको सामना गरिरहेका अध्ययनले देखाएको छ ।
यसका साथै मौसम परिवर्तन, बढ्दो खडेरी र घट्दो वर्षासँगै थप चुनौतीहरू खडा भएका छन् ।
६ वर्षको अध्ययनमा ईएएले बेलायतलगायत ईयू सदस्य राष्ट्रहरूमा वातावरणलाई हानी पु¥याउने ६७ हजार प्रकारका मानवीय गतिविधिहरूलाई विवरणमा समावेश गरेको छ, जुन अघिल्लो पाँच वर्ष (सन् २००७–२०१२) को तुलनामा पाँच प्रतिशतले कमी हो । ईयूमा चरा प्रजातिहरूको आधाभन्दा कम अर्थात् ४७ प्रतिशतले ‘राम्रो’ संरक्षण पाएका छन् ।
प्राकृतिक बासस्थान विनास बाली तथा फलफूलमा परागसेचनका महत्वपूर्ण हुने हुनाले जैविक विविधताका लागि महत्वपूर्ण मानिन्छ । उनीहरूको संरक्षण स्थिति अन्त्न्दा धेरै प्रतिकूल भएको रिपोर्टले देखाएको छ ।
सबै अवस्थामा गम्भीर भने छैन
पंक्षीजन्त्न्दा पशु प्रजातिहरूको सङ्ख्यात्मक संरक्षण स्थिति ‘राम्रो’ देखिएको छ । अघिल्लो पाँच वर्षको तुलनामा हालै सार्वजनिक रिपोर्टमा चार प्रतिशतले सुधार अर्थात् २७ प्रतिशत रहेको छ ।
संरक्षण प्रयासहरू भइरहेका छन् । ईयूको नाटुरा २००० सञ्जालले समेटेको प्राकृतिक बासस्थान संरक्षण अन्य कार्यक्रमको तुलनामा राम्रो देखिएको ईएएले जनाएको छ । परिणामतः स्वीडेनमा चपल भ्यागुता, फ्रान्सको तटीय लगगन र ईयूभरि दा¥ही गिद्धजस्ता धेरै प्रजाति र तीनका आवास सुधारिएका छन् ।
डेनमार्क वातावरणीय समूह नूह, ‘फ्रेन्ड्स अफ द अर्थ’ छाता सङ्गठनका सदस्यले भने कि यो पर्याप्त भने छैन ।
‘कम्तीमा घण्टा प्रतिशत भूमि र ईयूमा घण्टा प्रतिशत समुद्री क्षेत्र कानुनको हिसाबले सुरक्षित हुनुपर्दछ र वातावरणीय कोरिडोरहरूलाई वास्तविक ट्रान्स–युरोपियन प्रकृति नेटवर्कको हिस्सा बनाउनुपर्दछ,” यो अक्टोबरको सुरुमा गरिएको एक अध्ययनमा भनिएको छ ।
इयूको नाटुरा २०००मा समेटिएको ईयूको १८ प्रतिशत भूमिमा सन् २०१२ को तुलनामा सन् २०१९ मा अपरिवर्तित देखिएको छ भने १० प्रतिशत तटीय क्षेत्रमा चार प्रतिशतको सुधार देखिएको छ ।
डेनिसको वातावरण समूह, नोएह, जुन ‘फ्रेन्ड्स अफ द अर्थ’ को छाता सङ्गठनको सदस्यले भने संरक्षण सुधार पर्याप्त नरहेको बताएको छ ।
समूहले अक्टोबरको सुरुमा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले भनेको छ, “कम्तीमा ३० प्रतिशत भूमि तथा ३० प्रतिशत तटीय क्षेत्रलाई कानुनी, वातावरणीयरूपमा नै संरक्षित गर्न जरुरी छ । यसलाई ट्रान्स–यूरोपियन नेचर नेटवर्क बनाएर संरक्षण गर्नु जरुरी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *