भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
(सन् १९६२ को चीन–भारत युद्धबारे चिनियाँ कैदमा परेका ब्रिगेडियर जेपी डाल्भीको प्रसिद्ध पुस्तक ‘हिमाली महाभूल’ (Himalayan Blunder) को सङ्क्षिप्त अध्ययन)
आक्रमणको पृष्ठभूमि
उपयुक्त समयअगावै ब्रिगेड ७ लाई नाम्का चूमा लग्नु सैन्य महाभूल थियो । कोर कमान्डरले युद्धकालीन बन्दोबस्ती मिलाउने वाचा गरेर उनीहरूलाई अगाडि बढाएका थिए । अक्टोबर २० सम्म पनि त्यो वाचा पूरा गरिएन ।
सैन्य सामग्रीबिना सेनाको के काम ? ब्रिगेड ७ आधारभूत हिउँदे बर्दी, ३ दिनको रसद र व्यक्तिगत सरसामान बोकेर हिँडिरहेको थियो । उसँग जगेडा सेना, तोप, बन्दुक, रकेट लन्चर वा धरापका उपकरण थिएनन् । यसको अर्थ बटालियनको लडाकु क्षमता कम थियो । यीमध्ये धेरै साधन लुम्पुमा पनि थिएनन् । लुम्पुको आपूर्ति मैदान साङधरको भन्दा गतिलो थियो । साङधरमा कुनै भण्डारको व्यवस्था थिएन । जति हवाई आपूर्ति झारिन्थ्यो, त्यसमध्ये धेरै खेर जान्थ्यो । तिनलाई बटुल्ने जनशक्तिको अभाव थियो । सामान्य सैन्य सुझबुझले भरियाको उपलब्धताको आधारमा सेना अगाडि बढ्नुपर्ने देखाउँथ्यो । विद्यमान स्थितिमा लडाकुहरूका आधारभूत आवश्यकताको आपूर्ति नगन्य कार्य थिएन ।
त्यसबेला फौजलाई अगाडि बढाउनुको तात्पर्य स्पष्ट थिएन । कौलले किन बुझपचाइरहेका थिए ? किन उनी एक सैन्य आहानमा जस्तै ‘पहिले अगाडि बढौँ अनि लक्ष्य तय गरौँला’ भनिरहेका थिए ? किन उनले पदीय मर्यादा नाघेर सीधै ब्रिगेड मेजरलाई आदेश दिइरहेका थिए ? कौलले पूर्वनिर्धारित हमलाको दिन र चिनियाँहरूलाई टक्कर दिने पूर्वनिर्धारित विचार बोकेर आएका थिए । हतारिँदै असावधान र अव्यवहारिक तवरले फौज अगाडि बढाउनुको यही मात्र सम्भव कारण हुनसक्छ । त्यसबेला कौलले आफू निकै दृढ रहेको छनक दिइरहेका थिए । उनले जनताको जमजम शान्त पार्ने र सरकारलाई जनताको कोपबाट जोगाउन थागलाको विजयलाई नेतृत्व दिने ठानेका थिए । समस्याको कारण भने पूरै रणनीति राजनीतिक जगमा उभ्याइनु थियो । उनको कार्यशैलीले उनी चिनियाँहरूले प्रतिकार नगर्नेमा ढुक्क भएको देखाउँथ्यो ।
चिनियाँहरूले थागलामा एक डिभिजन सेना तैनाथ गरिरहेका थिए । उनीहरूको नियत लुकेको थिएन । भारत सरकार आफ्नो लाज नछोपी नफर्किने गरी हेलिएको उनीहरूले विचार गरिसकेका थिए । अक्टोबर ३ मा उनीहरूले म्याकमाहोन रेखालाई कहिल्यै स्वीकार नगरेको बताए । यस आधिकारिक धारणाको महत्व के कुरामा थियो भने उनीहरू अब नेफामा जस्तो पनि अपरेसन सञ्चालन गर्नसक्थे । अक्टोबर २० मा उनीहरूले त्यसै गरेका थिए । थागला घुसपैठलाई स्थानीय घटना ठान्नुहुँदैनथ्यो । भारतको सम्पूर्ण सैन्य शक्ति नाम्का चूमा केन्द्रित थियो ।
सायद उनी पेशागत असुरक्षाले ग्रस्त थिए । आफ्ना शत्रुहरूको मुख बन्द गर्न केही गरी देखाउने खाँचो पनि थियो । उनी अचाक्ली आशावादी थिए । सैन्य असम्भाव्यतालाई ‘जटिलता’ भन्नु, ‘भगवानको नाम लिएर’ र ‘गलफत्ती’ जस्ता शब्द प्रयोगले उनको मानसिकताको झल्को दिन्छ । कौलले खालि ‘माटोबिना इँटा बन्दैन’ भन्ने हेक्का राखेको भए पुग्थ्यो ।
जनरल कौलले आफैप्रति अन्याय गरे । उनले कहिल्यै पनि थागलाको विषयमा पूर्ण जानकारी लिने प्रयास गरेनन् । त्यसकारण सुरुदेखि नै उनी विफल हुने पक्का भयो । खासमा गति र साहस थप्नका लागि उनले मातहतका कमान्डरहरूलाई रणनीति बनाउन उत्साहित गर्नुपथ्र्यो । हिमालयजस्तो ठाउँमा साहसी नेतृत्व र जटिल वास्तविकताबीच सम्झौता हुनुपथ्र्यो । थागलामा चिनियाँहरू उचाइमा तैनाथ थिए । सम्झौताबिनाको गति र साहस लापरबाहीमा फेरिन्छ । कष्ट र अभावबीच अगाडि बढ भन्न सजिलो थियो तर बलिया चिनियाँहरूलाई खेद्नु अर्कै कुरा थियो । पहिले नै तम्तयार अवस्थामा बसेका चिनियाँहरूलाई धपाउने उद्देश्यले ब्रिगेड ७ लाई अगाडि बढाउनमा केवल जनरल कौल जिम्मेदार थिए । कौलको जिम्मेवारीलाई धमिल्याउन सकिन्न । जुवा जितेको भए त्यसको गौरव पनि उनकै हुन्थ्यो । उनलाई भारतीय फौजले नभई चिनियाँहरूले हराएका थिए । उनको आशालाई अक्टोबर १० को बलियो प्रतिकारले धुजाधुजा पारेको थियो । अरूको योजनाको आड लिएर उनी बच्न सक्दैनन् वा उनले राजनीतिज्ञहरूको असम्भव कार्यभारलाई दोष दिन सक्दैनन् । ‘राजाहरूलाई देवताले पाठ सिकाए’ जस्तै उनले पनि सिके । दुःखको कुरा, यस क्रममा भारतले पीडा भोग्नुप¥यो ।
यसबीच चिनियाँहरूले थागलामा एक डिभिजन सेना तैनाथ गरिरहेका थिए । उनीहरूको नियत लुकेको थिएन । भारत सरकार आफ्नो लाज नछोपी नफर्किने गरी हेलिएको उनीहरूले विचार गरिसकेका थिए । अक्टोबर ३ मा उनीहरूले म्याकमाहोन रेखालाई कहिल्यै स्वीकार नगरेको बताए । यस आधिकारिक धारणाको महत्व के कुरामा थियो भने उनीहरू अब नेफामा जस्तो पनि अपरेसन सञ्चालन गर्नसक्थे । अक्टोबर २० मा उनीहरूले त्यसै गरेका थिए । थागला घुसपैठलाई स्थानीय घटना ठान्नुहुँदैनथ्यो । भारतको सम्पूर्ण सैन्य शक्ति नाम्का चूमा केन्द्रित थियो । अक्टोबर ५ मा द टाइम्स, लन्डनका संवाददाताले भारत सरकारको अन्योलबारे सही लेखेका थिए । सारमा उनले लेखे, “सर्वप्रथम सरकारले सकेसम्म थोरै शक्ति परिचालन गरी चिनियाँ घुसपैठीहरूलाई दबाउने आशा गरेको थियो । चिनियाँहरूलाई सजिलै हटाउन नसकिने देखिएपछि सेनालाई आवश्यक सम्पूर्ण बल प्रयोग गरी धपाउने आदेश दिइयो । भारतीय सेना उनीहरूलाई सुम्पिएको कार्यभारबारे सत्तासीनहरूभन्दा बढी सचेत छन् ।”
साङधरको सकस
अक्टोबर ६ मा डाल्भीको टोली कार्पोला १ भञ्ज्याङतिर लाग्यो । यो बाटो हाथुङलाको बाटोको दाँजोमा अत्यन्त अप्ठ्यारो थियो । नाक थोकिने उकालो थियो । तापक्रम शून्य डिग्रीभन्दा कम थियो । कहिल्यै यस्तो चिसोमा नबसेका सैनिकहरू १६ हजार फिट उचाइको भञ्ज्याङमा झन्डै ८० पाउन्ड भारी बोकेर उक्लिरहेका थिए । मानवीय कमजोरी वा सीमाहरू उक्लिन गा¥हो हुने नै भयो ।
६ तारिखमा बिहान ८ बजे डाल्भीको टोली दिल्लीको खबर सुन्न अडियो । समाचार प्रस्तोताले सरकारले सेनालाई उचाइ भत्ता दिने निर्णय गरेको थियो । ससाना समस्या देखाएर वित्त मन्त्रालयले यो भत्ता रोकिरहेको थियो । १९६२ अप्रिलमा तवाङ भ्रमण गर्ने सैन्य अधिकारीले पनि वित्त मन्त्रालयबाट धेरै आश नगर्न भनेका थिए । डाल्भीलगायतका अफिसरहरूले आफू तवाङ छँदै उचाइ भत्ता पाउने कल्पना गरेका थिएनन् । तर, जनरल कौल नियुक्त भएको दुई दिनमा उचाइ भत्ता दिने निर्णय भएको थियो । अन्तिम समयमा आएर लोभ देखाइएको चर्चा चल्यो । त्यसको फाइदा लिन धेरैजना जिउँदो रहेनन् । सङ्कटको बेला विशेष सुविधा पाउनु निराशाजनक हुन्छ । १९६५ को भारत–पाकिस्तान युद्ध पनि यस्तै सङ्कटको बेला पेन्सन बढाउने फैसला सुनाइएको थियो । आधुनिक भारतीय सेना मर्सिनरी थिएन, त्यसले आफ्नो कर्तव्य पालन गर्न विशेष सुविधाको अपेक्षा गर्दैनथ्यो ।
कार्पोला १ भञ्ज्याङ एकदम भिरालो थियो । त्यसको चट्टान कमजोर थियो । पाइलापाइलामा चट्टान टुक्रिने त्रास थियो । खुट्टा मर्किने वा औँला ठोक्किने भइरहन्थ्यो । ३ घण्टाको ढाडै भाँच्चिने मिहिनेतपछि सैनिकहरू भञ्ज्याङमाथि उक्लिए । बन्दुक र वायरलेस उपकरण बोक्नेहरूका लागि माथि उक्लिन निकै पीडादायी थियो । भञ्ज्याङको सिरान १५ फिटको साँघुरो थियो । साँझ ४ बजे साङधर पुगेर डाल्भीको टोलीले ब्रिगेडलाई नाम्का चूमा पठाइएको जानकारी पायो । डाल्भी र उनका अफिसरहरूले अनिष्टको सङ्केत पाए । सैनिकहरू कार्पोला १ (१६,००० फिट) र साङधर (१४,५०० फिट) जस्ता उचाइमा बस्न अभ्यस्त थिएनन् । बीचमा कतै ओत लाग्ने बास थिएन । खाना पकाउन दाउरा थिएन । उनीहरूलाई सघाउन कुनै टोली पठाउन सकिन्नथ्यो । डाल्भीले आफूसँग सल्लाह नगरी कौलले ब्रिगेडलाई ढोलामा पठाउलान् भनी सपनामा पनि चिताएका थिएनन् । जनरल उमराव सिंहले त्यसो गरेका थिएनन् । जनरल कौलले सैन्य परिस्थिति देखेपछि चिनियाँहरूलाई धपाउने योजना त्याग्नेछन् भन्ने डाल्भीको अनुमान थियो ।
छिट्टै सैनिकहरूमा फोक्सोको समस्या, हातखुट्टाका औँला सुन्निने र हिउँले खाने समस्या चर्कियो । धेरै सैनिकहरू साङधरमा मरे । प्रशस्त रसद र चिसोबाट जोगिने साधन थिएनन् । धेरै दिनसम्म चिसोबाट बच्न सकिन्नथ्यो । कौलले यसमा दुःखेसो पोखेका थिए तर उनकै आदेशले सेनालाई त्यो अवस्थामा पु¥याएको उनले महसुस गरेनन् । डाल्भीको टोलीले खर्कको गोठमा अर्को चिसो रात बितायो । त्यहाँ सास फेर्नसमेत अप्ठ्यारो थियो । डाल्भीलाई ज्वरो आयो र उनका नसाहरू खुम्चिएका थिए । जीवनमा यति असहाय उनले कहिल्यै अनुभूति गरेका थिएनन् । आउँदो विनाश रोक्न आफूले केही गर्न नसक्ने उनले देखे ।
निर्णय फेरिन्छ कि ?
साङधरमा रात बिताएपछि डाल्भीको टोली ढोला चौकीतिर लाग्यो । जनरल कौल र प्रसाद सेरखिमबाट हिँडेरै ढोला चौकी पुगेका थिए । लुम्पु पुगेको आधा घण्टामा जनरल कौलले ब्रिगेड ७ का इन्जिनियरलाई सेरखिमनजिक अर्को बिहान साढे ५ बजेसम्म हेलिप्याड बनाउन आदेश दिए । आफ्ना उपकरणहरू लिएर इन्जिनियर गोपालको टोली साँझ ७ बजे लुम्पुबाट हिँड्यो । रातभरमा हेलिप्याड तयार भयो । अक्टोबर ६ मा सेरखिममा पञ्जाब ९ का कर्नेल मिश्राले कौललाई भेटे । थागलाको विषयमा हल्काफुल्का कुराकानी भयो । कौलले थागलाको उचाइबारे सोधे । मिश्राले १२,००० फिट भने । कौलले भने, “नहुने कुरा, ५,००० हटाइदेऊ ७,००० हुन्छ ।” मिश्राले खासखुस गरे, “१२,००० हटाइदिए त समुद्रमै पुगिन्छ ।” कौलले थागलाको भिरालोपनाबारे सोधे । मिश्राले ७० डिग्री बताए । कौलले भने, “नहुने कुरा, तिमीहरूले हरेक चीज बढाइचढाइ गरिरहेका छौ रे किनभने तिमीहरू काम फत्ते गर्न चाहन्नौ । थागला पठार हो ।” ढोला पुगेपछि जनरल कौलले पञ्जाबी टुकडीलाई पुल १ र पुल २ मा भेटे । उनीहरूको उत्साह र उनीहरूको बन्दोबस्तीबाट उनी प्रभावित भए । पञ्जाबीहरूको त्यो स्थिति तयार गर्न २१ दिन लागेको थियो । उनीहरूलाई ब्रिगेडको सम्पूर्ण स्रोतसाधन दिइएको थियो ।
७, ८ र ९ अक्टोबरमा कौल योजनाहरू बुनिरहेका थिए र दुई बटालियन सेना कहिले लुम्पुदेखि ढोला पुग्ने हुन् भनी कुरिरहेका थिए । ७ तारिख दिउँसो डाल्भीले कौललाई भेटे । डाल्भी आफ्ना विश्वस्त अफिसर सञ्जीव रावसँगै थिए । कौलले ढोला चौकीका कमान्डर र गुप्तचरका अफिसरलाई भेटे । भूमिका नबाँधी आफूलाई सरकारले चिनियाँहरूलाई खेद्ने जिम्मेवारी सुम्पेको कौलले बताए । उनले तीन दिन थागला क्षेत्र, चिनियाँ शक्ति आदिबारे अध्ययन गरिरहेका थिए । डाल्भीले दुवै कौल र प्रसादसामु आफ्ना दुई बटालियनको दुरवस्था, विभिन्न अभाव, भन्डारको स्थिति आदिबारे ब्रिफ गरे । त्यो साँझ कौलले पूर्वी कमान्डलाई निम्न जानकारी पठाए ः
१. जाडो छल्ने बर्दी, हतियार आदिका हवाई आपूर्ति बटुल्न नसकिने स्थानमा खसिरहेछन् ।
२. राजपुत २ र १÷९ गोर्खा दुवैका लागि दुई दिनको रसदमात्र छ र प्रत्येक सिपाहीका लागि ५० गोलीमात्र छन् । तोप र अन्य हतियार लुम्पुदेखि आउँदै छन् ।
३. जाडो छल्ने बर्दीको अभावमा दुवै बटालियनका सैनिकहरू १५,००० फिटको उचाइमा गर्मीमा लगाउने बर्दी लगाएर एउटा सिरकको भरमा रात बिताइरहेका छन् ।
(जुत्ताको पनि अभाव छ ।)
४. स्थानीय भरियाको अभाव छ । ठाउँमा नखस्ने आपूर्तिले निर्माण कार्य ढिलो हुन गएको छ ।
५. सीमा सडक सङ्गठनका मजदुरहरू यहाँ आउन समय लाग्नेछ किनभने तिनीहरू २०० माइलको दुरीमा फैलेका छन् ।
६. हवाई आपूर्तिका लागि तत्काल थप विमानहरू थपिनुपर्छ ।
७. मैले (कौल) चिनियाँहरूलाई हाम्रो भूभागबाट खेद्न (सबै कठिनाइहरू भए तापनि) सम्भव सबै पाइला चाल्ने आदेश दिएको छु ।
८. चिनियाँहरू बलियो स्थितिमा हुनाले हामीले कब्जा गरिनैहाल्यौँ भने पनि हामीलाई त्यहाँबाट हटाउन सक्ने सम्भावना छ ।
यो महत्वपूर्ण तार थियो । यसले सरकारलाई अप्ठ्यारा तथ्यहरू बताएर नरम बनाउने र सरकारले चिनियाँहरूलाई खेद्ने निर्णय उल्ट्याउने डाल्भीले विश्वास लिएका थिए । कौलले उनका सबै कुरा माथि पठाइदिएको बताए ।
निस्कने बेला डाल्भीले आफूमाथिका अफिसर जनरल प्रसादसँग दुई बटालियन सेना साङधरबाट आउन लागेको हुनाले तिनलाई के आदेश दिने भनी सोधे । लुगा, बिस्तरा र आवासबिना उनीहरू साङधरका धेरै समय बाँचिरहन सक्दैनथे । प्रसादले आफूलाई केही थाहा नभएको बताए किनभने सम्पूर्ण अपरेसनको जिम्मा अब जनरल कौलको नियन्त्रणमा थियो । डिभिजन प्रमुखसँग आफ्नो कुनै योजना थिएन् । उनी बिचौलियामात्र थिए ।
कौलका मिथ्या प्रयासहरू
७, ८ र ९ अक्टोबरका घटनालाई धमिल्याउन जनरल कौलले तीन कुरा बङ्ग्याएका थिए । यसमा उनले दुई महत्वपूर्ण तथ्य लुकाएका छन् । यसो गर्दा उनले सेन, उमराव, प्रसाद र डाल्भीमाथि दोष लगाए ।
पहिलो, कौलले ढोला क्षेत्रलाई धेरै कोणबाट उपयुक्त नदेखेको लेख्छन् र यस क्षेत्रलाई अपरेसनको लागि ब्रिगेडियर डाल्भीले छनोट गर्नुहुँदैनथ्यो भन्छन् । यसका लागि उनले निम्न तर्क दिएका छन् ः
१. ढोला पुग्ने बाटाहरू अप्ठ्यारा र सन्तोषजनक थिएनन् । त्यसले सञ्चारमा समस्या उत्पन्न हुन्थ्यो ।
२. आफ्ना पोस्ट र शत्रुका पोस्टहरू स्पष्ट नदेखिने हुनाले गोलाबारी गर्ने स्थान थोरै थिए ।
३. कमजोर सञ्चारका कारण सेनाको चुस्त गति सम्भव थिएन ।
४. सामुन्ने उर्लिरहेको भेल थियो जुन ठूलो अवरोध थियो ।
अगाडि सरकारले जनरल सेनलाई चिनियाँहरूलाई ढोलाबाट धपाउन भनेको भए तापनि उनले माथिल्ला अफिसरलाई सामरिक, भौगोलिक र अन्य जटिलताबारे बताउनुपथ्र्यो र चिनियाँहरूलाई अलि सुगम स्थानबाट धम्क्याउनुपथ्र्यो भनी कौलले लेखेका छन् । कौल थप्छन्, “शत्रु हाम्रो नाकैमाथि थागला डाँडामा उल्लेख्य सङ्ख्या र साधनसहित थियो र हामीलाई छर्लङ्गै देख्नसक्थ्यो । अर्कोतिर, हाम्रा फौजीहरूसँग हतियार र उपकरणजस्ता साधनको अभाव थियो । म नियुक्त हुनुभन्दा पहिले नै अरूले छनोट गरको हाम्रो स्थान कस्तो थियो भने यो एउटा खतरनाक खोँचमा राखिएको जालजस्तो देखिन्थ्यो । हरेक कुरामा चिनियाँहरू हामीभन्दा माथि थिए ।”
दोस्रो, सेप्टेम्बर २८ मा ब्रिगेडियर डाल्भीले सैन्य मूल्याङ्कन पेश गरेको र त्यसमा उनले डिभिजन ४ लाई ढोलामा साङलेबाट आक्रमण गर्न सकिने उल्लेख कौलले गरेको लेखेका छन् । उनी लेख्छन्, “मैले ब्रिगेडियर डाल्भीको योजना ८ तारिखमा सही गरेँ । त्यो योजना म जानुभन्दा पहिले नै उनले बनाएका थिए । योजनाअनुसार नाम्का चू खोलाको उत्तरको सेङजोङमा झन्डै एक कम्पनी सेना पठाउने र कब्जा गर्नु थियो ।” यसका निम्न कारण छन् ः
१. हाम्रा सेना म पुग्नुभन्दा अगाडि नै साङले कब्जा गर्नेबेला खोलापारि पुगिसकेका थिए ।
२. हामीले सेङजोङ कब्जा नगरेको भए चिनियाँहरूले कब्जा गरिहाल्थे हाम्रो फड्केनजिकै खतरा बन्न पुग्थे र यसको सङ्केत देखिएको पनि थियो ।
३. ब्रिगेड ७ का कमान्डरले म पुग्नुभन्दा ६ दिनअगाडि २८ सेप्टेम्बरको मूल्याङ्कनमा आफ्ना मान्छेले खोला तरेर सेङजोङ कब्जा गर्ने उल्लेख गरेका थिए । (मैले त्यो गर्न लगाएको हल्ला झूटो हो ।) मैले त्यसलाई रोक्न चाहेकै भए पनि समय घर्किसकेको थियो किनभने म त्यहाँ ८ तारिख नै पुगेको थिएँ । एक कम्पनी सेना ब्रिगेड कमान्डरको आदेशले अगाडि गइसकेको थियो ।
तेस्रो, चिनियाँहरूसँग दाँज्दा पुल ४ को कथित अवस्थिति दोषपूर्ण थियो भन्ने कौलको निष्कर्ष थियो । डाल्भीलाई यो कुरा बताउनबाट कौलले आफूलाई रोकेका थिए ।
Leave a Reply