भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
नेपालमै रासायनिक मल कारखाना खोल्नुपर्ने माग नेमकिपाको हो । नेमकिपाले तीन चार दसकभन्दा पहिले नै स्वदेशमै रासायनिक मल कारखाना खोल्न सडक र सदनमा आवाज उठाउँदै आएको हो, सङ्घर्ष गर्दै आएको हो । स्वदेशमै मल कारखाना खोल्ने माग गर्दा गर्दै धेरै सरकार फेरिए, धेरै नेताहरू प्रधानमन्त्री भए तर अहिलेसम्म सत्तासीन राजनीतिक दलका नेता र मन्त्रीहरूको घैँटोमा घाम लागेन । मल कारखाना खोल्ने कुरा छोडौँ सिजनमा मल ल्याउने काम पनि भएन । कहिले समयमै मल ल्याइँदैनथ्यो त कहिले ल्याइएको मल म्याद सकिएको हुन्थ्यो । कहिले गुणस्तरहीन मल ल्याइन्थ्यो त कहिले तौल नपुगेको ल्याइन्थ्यो । परिणामतः अन्न बाली राम्रो सप्रिएन या थोरै उत्पादन भयो । यसले परिश्रमी किसानलाई मात्र होइन देशलाई घाटा भयो । यो क्रम अहिले पनि दोहोरिरहेको छ । यो वर्ष पनि युरियाको मलको हाहाकार भयो । सबै किसानले धान खेतीमा मल राख्न पाएनन् । मल नै हाल्न नसकेपछि उत्पादन घट्नु स्वाभाविक थियो ।
रासायनिक मल आयात गर्नु अघि पठाइएको मल गुणस्तरीय छ कि छैन परीक्षण गर्नुपर्छ । परीक्षण गरिसकेपछि मात्रै मल आयात गर्नुपर्छ भन्ने धारणा नेपाल क्रान्तिकारी किसान सङ्घको हो । आफ्नै देशमा रासायनिक मल कारखाना नभएको कारण मल समयमा आउँदैन, आउने ठेगान हुँदैन । यसले उत्पादन घट्छ र देशको आम्दानी नै घट्छ । यी र यस्ता समस्या समाधान गर्न नै स्वदेशमै मल कारखाना आवश्यक भएको हो । स्वदेशमै मल कारखाना खोले पनि यहाँ बजार नभएको कुरा कसैले खोके । तर, यो यथार्थ होइन । कृषिप्रधान देशमा मलको बजार छैन भन्नु सूर्यलाई हत्केलाले छेक्ने दुस्प्रयास हो । नेपालले अरबौँ रूपैयाँ बराबरको मल आयात गरिरहेको छ भने नेपालमा बजार छैन भन्नु हावादारी कुरा हो । कच्चा पदार्थ नभएको देशमा कारखाना खोल्न नहुने तर्क पनि कसैले राखे । सरकारले चाहेमा कोइलाको सट्टा विद्युत्बाटै मल कारखाना सञ्चालन गर्नसक्छ । देशमा जल भण्डार प्रशस्त भएको हुँदा विद्युत् शक्ति प्रशस्त निकाल्न सकिन्छ । अरू आवश्यक पदार्थ कुनै पनि देशबाट जुटाउन सकिन्छ ।
बङ्गलादेशबाट युरिया मल ल्याइने प्रक्रिया सुरु भएको बताइएको छ । असारमै पाउनुपर्ने मल कार्तिकको दोस्रो हप्तामा पनि उपलब्ध भएको छैन । पैँचोमा ल्याउन लागेको मल सम्झौता भएको १५ दिनपछि आउने जनाइएको छ । उक्त मल ल्याउन राजनीतिक सहमति भए पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छैन । हस्ताक्षर भएको १५ दिनपछि मल नेपाल भित्रिने बताइएको छ । हस्ताक्षरको १५ दिनपछि मल आउँछ या आउँदैन निश्चित छैन । कृषि सामग्री कम्पनी लिमिटेड र सरकारले समयमै मल ल्याउनेतर्फ ध्यान पु¥याउनुपर्छ ।
Leave a Reply