शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
कोलोम्बो, १७ कार्तिक । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओको श्रीलङ्का भ्रमणको समयमा त्यहाँका राजनीतिक दल र साम्राज्यवादविरोधी जनताले विरोध प्रदर्शन गर्नुका साथै कोलोम्बोस्थित संरा अमेरिकी दूतावासमा ज्ञापनपत्र बुझाएका छन् । पम्पेओ गत कार्र्तिक १२ गते श्रीलङ्काको भ्रमणमा कोलोम्बो पुगेका थिए ।
श्रीलङ्काको कम्युनिस्ट घटक जनमुक्ति मोर्चा–श्रीलङ्का (जेभीपी) ले पम्पेओको भ्रमणको विरोध गर्दै अमेरिकी दूतावाससमक्ष विरोधपत्र बुझाएको छ । जेभीपीको राजनीतिक व्युरोबाट जारी विरोधपत्रमा भनिएको छ, “श्रीलङ्काको स्वाधीनता र सार्वभौमिकतामा संरा अमेरिकी हस्तक्षेपको प्रयासप्रति हामी कडा विरोध र भत्र्सना गर्दछौँ ।” संरा अमेरिकी विदेश सचिव माइक पम्पेओको श्रीलङ्का भ्रमण सन् २०२० अक्टोबर २२ मा दक्षिण तथा मध्य एसियाली मामिलाका मुख्य सहायक उपसचिव डिन थम्पसन र पूर्वी एसियाली र प्रशान्त मामिला सहायक सचिव डेभिड स्टीलवेलको वक्तव्यमा उल्लेखित ‘शक्तिशाली, स्वाधीन र प्रजातान्त्रिक श्रीलङ्काप्रतिको प्रतिबद्धता’ को भावनाअनुसार नभएको हाम्रो विश्वास छ । बरू, संरा अमेरिकाले श्रीलङ्कालाई आफ्नो प्रभावमा पार्न र त्यसो गरेर श्रीलङ्कालाई अनावश्यक र खर्चिलो अन्तर्राष्ट्रिय र क्षेत्रीय शक्तिहरूको खेलमा घिच्याउन खोजिरहेको छ । संरा अमेरिकाले आफ्नो स्वार्थसिद्ध गर्न हरेक प्रजातान्त्रिक र अन्तर्राष्ट्रिय मूल्य–मान्यता एवम् सिद्धान्त उल्लङ्घन गर्न खोजिरहेकोमा हामी सचेत छौँ । संरा अमेरिकाले चुनावमा हस्तक्षेप गर्ने, प्रजातान्त्रिक तरिकाबाट निर्वाचित नेताहरूलाई अपदस्थ गर्ने, तानाशाही र आतङ्कवादी सङ्गठनहरूलाई सैनिक तथा आर्थिक सहायता दिनेलगायत स्वाधीन देशहरूमाथि हस्तक्षेपका अनेकन उदाहरणहरूले संसारको इतिहासलाई फोहोर बनाएको छ ।
अहिले संरा अमेरिकाको प्रभाव र शक्ति क्रमशः क्षीण बन्दै छ । त्यसकारण उसले जे जसरी सम्भव छ, दक्षिण एसियामा आफ्नो स्वार्थसिद्ध गर्न खोजिरहेको छ । यदि त्यसो नभए संरा अमेरिकामा निकै महत्व बोकेको चुनाव हुन एक साताअघि विदेश सचिवले हतारमा श्रीलङ्कामा भ्रमण गर्नुपर्ने कुनै कारण हामी देख्दैनौँ । हामीलाई थाहा छ, संरा अमेरिकाले श्रीलङ्काली सरकारलाई विभिन्न गम्भीर सैनिक तथा व्यापारिक सम्झौता बिनाउत्तरदायित्व र प्रक्रियाभन्दा बाहिर गएर पारित गराउन दबाब दिइरहेको छ । विडम्बना ¤ श्रीलङ्काको वर्तमान सरकार यी विषयमा आफ्नो स्वाधीन र असंलग्न अडान कायम राख्न असमर्थ भएको छ ।
संरा अमेरिकी सरकारले श्रीलङ्कालाई ‘आर्थिक स्वाधीनता रक्षाको लागि आवश्यक तर अप्ठ्यारो निर्णय’ गर्न आग्रह गर्नु पाखण्डपूर्णमात्र होइन (खासमा संरा अमेरिकी सरकारले श्रीलङ्काको राजनीतिक र आर्थिक स्वाधीनतालाई न्यूनाङ्कन गर्न सबै प्रयास गरिरहेको छ !), बरू उसले एउटा स्वाधीन र सार्वभौम राष्ट्र–राज्यलाई धम्की दिनुका साथै अपमान गरेको छ ।
मुख्य सहायक सचिवको त्यही वक्तव्यमा ‘श्रीलङ्कालाई हामीले दिएको विकल्पबारे विचार गर्न आग्रह’ गरेको उल्लेख छ । अघोषित ती गोप्य विकल्प भनेका सहस्राब्दी चुनौती परियोजना (एमसीसी) मा हस्ताक्षर, सोफा (SOFA)लाई प्रभावशाली बनाउनु, श्रीलङ्कालाई क्वाड (QUAD) को साझेदारीमा तान्नु आदि भएको हामीलाई जानकारीमा छ ।
हामी प्रस्टरूपमा भन्न चाहन्छौँ, श्रीलङ्काली जनता आफ्नो भाग्य अन्तर्राष्ट्रिय सहकार्य, साझेदारी र कूटनीतिका सबै प्रमुख सिद्धान्त लत्याउने राज्यसँग जोड्न चाहँदैनौँ । हाम्रो देशको क्षेत्रीय र अन्तर्राष्ट्रिय स्वाधीनतासँग सम्झौता हुने संरा अमेरिकाका कुनै पनि महत्वाकाङ्क्षाको प्रतिरोध गर्न हामीले हाम्रो शक्तिले भ्याएका सबै कदम चाल्ने स्पष्ट पार्न चाहन्छौँ ।
हामी संरा अमेरिकाका सबै जनतासमक्ष संरा अमेरिकालगायत कुनै पनि विश्व शक्तिको साम्राज्यवादी महत्वाकाङ्क्षाको प्रतिरोधमा हामीलाई साथ दिन आह्वान गर्न चाहन्छौँ । मानिस र पृथ्वीको भलाइलाई प्राथमिकतामा राखी अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको प्रणालीतर्फ अघि बढ्न आह्वान गर्न चाहन्छौँ । संरा अमेरिका र अरू पुँजीवादी देशहरूले प्रवद्र्धन गरेको आर्थिक ढाँचाको असफलता आज स्पष्ट भइसकेको छ । हामीले आज धेरै मोर्चामा यस्ता सङ्कटको सामना गरिरहेका छौँ । समानता, सामाजिक न्याय र लोकतन्त्रलाई महत्व दिने सबै शक्तिहरू आज जनता र पृथ्वीमाथि जतिसक्दो दोहन गर्ने शासक वर्गविरूद्ध एकजुट भएर लड्ने समय भएको छ ।
Leave a Reply