भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
काठमाडौँ, १७ कार्तिक । एमाले र माओवादीको संयुक्त निर्वाचन मोर्चा, संयुक्त सरकार र पार्टी एकता नेपाली जनताको इच्छानुसार नभएको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ । एमालेका हस्ती दाबी गर्नेहरू नै माओवादीसँग संयुक्त चुनावी मोर्चामात्र गर्नुपर्नेमा, पार्टी एकता गरेर गलत भएको बताउँदै छन् । नेकपाका महासचिव विष्णु पौडेलले फेसबुक स्टाट्समा पार्टी एकता गम्भीर सङ्कटको मोडमा पुगेको उल्लेख गरेबाट उक्त कुरा पुष्टि हुन्छ ।
केही पत्रकारहरू जुट्ने र फुट्ने कम्युनिस्टको चरित्र भएको हुँदा नेकपाको विवाद त्यसैको सिलसिला बताउँछन् । कम्युनिस्ट दाबी गर्नेहरू सिद्धान्तको आधारमा जुट्ने र फुट्ने गर्दछन् । तर, एमाले र माओवादीको एकता सिद्धान्तको आधारमा होइन, चुनावमा बहुमत प्राप्त गर्ने र नेताहरू पालैपालो प्रम हुनेसँग सम्बन्धित छ अर्थात् एमाले र माओवादीको एकता सिद्धान्तहीन र अस्वाभाविक हो ।
नेकपाभित्रको विवादको अग्रभागमा केपी ओली र पुष्पकमल दाहालको प्रमको कुर्सी सङ्घर्ष देखिन्छ । तर, माधवकुमार नेपाल दोस्रोपटक प्रम हुने, झलनाथ खनाल राष्ट्रपति हुने, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ पनि भ्याएसम्म प्रधानमन्त्री हुने, भीम रावल, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल आदि नेताहरू पुनः मन्त्री वा उपप्रधानमन्त्री हुने दाउमा छन् । यसकारण ओली र दाहालले आइतबार आ–आप्mना गुटका सदस्यहरूलाई नेकपा विभाजन हुने भयो भनी बताए पनि पत्याउन गा¥है छ ।
प्रम ओलीले दाहाललाई एकको बदला दश कदम अघि बढाउने चेतावनी दिएपछि दाहाल र माधव एक कदमपछि हटेको समाचार पनि सत्य नहोला । प्रम ओलीले आप्mना महासचिव विष्णु पौडेललाई पार्टी फुट्ने भयो, तयार रहनु बताएको र दाहालले प्रम ओलीले नेकपा एमालेलाई ब्युँताएर आफू संरक्षक हुने र प्रदीप नेपाललाई पार्टी अध्यक्ष बनाउन लागिपरेको समाचार पनि सत्य नहोला किनभने ओली र दाहाल गुट आ–आफूले बढी भाग खान यस्ता आरोप प्रत्यारोपको नाटक मञ्चन गरिरहेका छन् ।
कोभिड सङ्क्रमण व्यवस्थापन नभएको, महँगी र भ्रष्टाचार बढेको, भारतीय गुप्तचर प्रमुखलाई बोलाई प्रम ओलीले ३ घण्टा भेटघाट गरेको आदि विषयमा जनताको विरोध छ । यसैलाई अन्यत्र मोड्न ओली र दाहालले यो नाटक मञ्चन गरेको अनुमान छ ।
सङ्क्रमितको सम्पर्कमा पुगेकाहरूको स्वाब सङ्कलन गर्न छाडेको समाचार छ । यसले सङ्क्रमण समुदायमा पैmलिने र स्थिति भयावह हुनेछ । सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार गर्ने व्यवस्थाको लागि सर्वोच्च अदालतमा प्रम र स्वास्थ्यमन्त्रीविरूद्ध रिट दर्ता भयो । अदालतले सङ्क्रमितको पक्षमा पैmसला गरेको छ ।
ओली र दाहालले कोभिड सङ्क्रमणलाई बेवास्ता गर्नु गलत हो । बेलायतमा सङ्क्रमणको दोस्रो लहरसँगै दोस्रोपटक देशव्यापी लकडाउन घोषणा भयो । युरोपभरि नै सङ्क्रमण बढ्दो छ र लकडाउनको तयारी पनि भइरहेको छ ।
नेपालमा ओली र दाहालले अर्थतन्त्र चलायमान बनाउने नाममा अर्बपति र खर्बपतिहरूको दबाबमा निषेधाज्ञा खुकुलो गरे, यसैकारण सङ्क्रमण बढ्दो छ ।
Leave a Reply