तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
चितवन, १७ कार्तिक । नेपाल मजदुर किसान पार्टी चितवन जिल्ला समितिको आयोजनामा कालिका नगरपालिकास्थित शक्तिखोरमा पार्टीको सातौँ महाधिवेशनबाट पारित दस्तावेजको अध्ययन गोष्ठी तथा छलफल कार्यक्रम भयो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष हरिप्रसाद दुवालले पार्टी केन्द्रको नीति तथा कार्यक्रमलाई कार्यकर्ताले इमानदारीपूर्वक पालना गर्नुपर्ने बताउनुभयो । जनता सचेत भएपछि जालसाजी र बेइमानीहरू समाजबाट हट्ने उहाँले भन्नुभयो ।
दोस्रो विश्व युद्धपछि शक्तिशाली बनेको अमेरिकाले शक्ति र बन्दुककै भरमा संसारलाई राज गर्न खोजेको, चीन, प्रजग कोरिया, क्युवाजस्ता समाजवादी देशहरू अमेरिकाको निम्ति तगारो बनेको चर्चा गर्दै उहाँले विश्वमा आर्थिक शक्तिको रूपमा उदाउँदो चीनलाई रोक्न अमेरिकी साम्राज्यवादले अनेक हर्कत अपनाएको प्रस्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति चितवनका अध्यक्ष राजकुमार श्रेष्ठले पुँजीवादी राजनीतिक पार्टीहरूले दिएको सानोतिनो लोभलालचमा फस्न नहुने बताउनुभयो । पुँजीवादी पार्टीका सांसद, मन्त्रीहरू नै सार्वजनिक सम्पत्ति हडप्ने, गुण्डा र तस्करलाई संरक्षण गर्ने हुनाले यिनीहरूले देश र जनताको हित नगर्ने उहाँले प्रस्ट पार्नुभयो । कार्यक्रममा नेक्रायुवा सङ्घका ज्ञानेन्द्र चेपाङ, पदम मगर, विद्यार्थी अर्जुन चेपाङलगायतले बोल्नुभएको थियो ।
Leave a Reply