भर्खरै :

संरा अमेरिकी निर्वाचन : परिस्थिति र निर्धारकहरू

संसारकै सर्वाधिक प्रतिक्षित चुनाव मङ्गलबार हुँदै छ । चुनावको नतिजा के आउने हो, त्यो निश्चयका साथ पूर्वानुमान गर्न सकिने अवस्था छैन । दुवै दलले एकअर्काविरुद्ध सूचना युद्ध गरिरहेका छन् । त्यसकारण पर्यवेक्षकहरूलाई चुनावी प्रतिस्पर्धाको खास वस्तुगत अवस्थाबारे प्रस्ट चित्र खुट्याउन गाह्रो भइरहेको छ । तथापि, अमेरिकी जनता मतदान गर्न जान लागेको त्यहाँको घरेलु राजनीतिक अवस्था र उनीहरूको छनौट निधो गर्ने केही महत्वपूर्ण विषयले चुनावको अन्तिम परिणाम के होला भनी केही पूर्वानुमान गर्न सकिन्छ ।
डेमोक्रेटिक दलले राष्ट्रपति ट्रम्पविरुद्ध गरेको अपूर्व दबाब अभियानले पूर्वउपराष्ट्रपति जो बाइडेनको विजयप्रति उनीहरूले सार्वजनिकरूपमा बोले जति ढुक्क नभएको देखिन्छ । नत्र भने उनीहरूको चुनावी रणनीति केही फरक हुने थियो । त्यसमाथि ट्रम्पको पक्षमा हालै आयोजित सभाहरूमा हजारौँ हजार उत्साही समर्थकहरू सहभागी थिए । बाइडेनका प्रचार सभामा भने कोभिड–१९ महामारीको कारण निकै सीमित मानिसलाई मात्र सहभागी बनाइएको थियो ।
यो अवस्थाले विवादास्पद नेतृत्व शैली र आफ्नो पहिलो कार्यकालमा जारी गरेका अलोकप्रिय नीतिबीच पनि ट्रम्पको आफ्नो पक्षमा ठूलो समर्थन कायम राख्न सफल भएको देखाएको छ ।
अमेरिकाले यतिबेला वस्तुगतरूपमा व्याख्या गर्दा क्रान्तिकारी परिस्थितिको सामना गरिरहेको कुरालाई पनि अस्वीकार गर्न सकिन्न । बितेका झन्डै आधा वर्षमा अन्तिफा र ब्ल्याक लात्स म्याटर (बीएलएम) का विरोध प्रदर्शनहरू देशभर फैलियो । त्यसले अमेरिकाको इतिहासमा कोही पनि राष्ट्रपतिभन्दा ट्रम्पको विरोधको जरा निकै गहिराइसम्म पुगेको देखाएको छ ।
ट्रम्प फासीवादी र जातिवादी भएको जनताको बलियो विश्वासको कारण मात्र जनआक्रोश सल्किएको होइन । बरु, ट्रम्पले प्रतिनिधित्व गर्ने अरू सबै कारण उनीहरूको घृणाको पात्र बनेका छन् ।
दुवै दलका समर्थकहरूलाई बितेका चार वर्षमा अतिवादी बनाइदिएको छ । देशैभरिका सहरहरूमा दुई पक्षबीच हिंसात्मक घटना बढिरहेको छ । खराब बन्दै गएको घरेलु सुरक्षा अवस्था र दुई ध्रुवीय सोचाइले अमेरिकी जनताले कसको पक्षमा मतदान गर्नेछन् भन्ने कुरामा धेरै प्रभाव पार्नेछ ।

चुनावी नतिजा आउन विलम्ब हुने हो भने अस्थिरता अझ खराब बन्नेछ । त्यस अवस्थामा सुरक्षाकर्मीले मात्र अवस्था सम्हाल्न सम्भव नहोला । त्यसको निम्ति ट्रम्पले अति प्रभावित क्षेत्रमा सङ्कटकाल लगाउनुपर्ने हुनसक्छ । चुनावको अन्तिम परिणामको वैधानिकतामा कुनै पनि खालको सन्देहले लामो समयदेखि उकुसमुकुसको अवस्थामा रहेको संरा अमेरिकी सामाजिक–आर्थिक र राजनीतिक अवस्था विस्फोटको अवस्थामा पुग्न सक्छ । तर, यो अपेक्षाभन्दा फरक तल्लो तहदेखि राष्ट्रपतिको तहसम्म नै संयम दिमाग हावी भई सघन नागरिक द्वन्द्व नहुने अवस्था पनि आउन सक्छ ।

गर्भपतन, सूचना वृत्तमा ठूला प्रविधिको भूमिका र दोस्रो संशोधनजस्ता संवदेनशील विषयमा उम्मेदवारहरूको धारणासँग जोडिएका भविष्यप्रतिको गहिरो अनिश्चयले पनि मतदानमा असर गर्नेछ । कोभिड–१९ महामारी नियन्त्रणमा ट्रम्पको भूमिका र भूमण्डलीकरण प्रक्रियामा उनको आलोचनात्मक सोचको विषयमा यो निर्वाचन एउटा जनमतसङ्ग्रह पनि हुनेछ ।
धेरै समाचारहरूले यो पटक अघिल्ला वर्षको तुलनामा अमेरिकी राज्यहरू थप अलमलमा रहेकोमा सहमत छन् । महामारीको कारण इमेलमार्फत मतदान गर्नेहरूको सङ्ख्या उच्च छ । त्यसकारण मङ्गलबार राति मतदान प्रक्रियाको औपचारिक समापन पनि मतपरिणाम बाहिर आउन केही दिन वा सातासम्म लाग्न सक्छ । यसपालिको निर्वाचनको अन्तिम निर्णय नै सर्वोच्च अदालतबाट हुनसक्ने धेरैको अनुमान छ । सेप्टेम्बरमा न्यायाधीश गिन्सवर्गको निधनपछि हालै एमी कोने बारेटको नियुक्ति गरिनुको कारण यस्ता अनुमानहरू भएको हो । त्यस्तो अवस्थामा निर्णय ट्रम्पको पक्षमा जाने सम्भावना बढी छ ।
यी सबै परिदृश्यमा दुई जनामध्ये कोही एक जना उम्मेदवारलाई अर्कोले सजिलै पछार्न सकिनेछैन । निर्वाचनको परिणामको वैधताबारे केही प्रश्न नउठ्ने अवस्था एउटा आदर्श अवस्था हुनेछ । सर्वोच्च अदालतले चुनावको अन्तिम निधो गर्ने अवस्थाको परिणाम निकै घातक हुनसक्नेछ । दुवै पक्षका कार्यकर्ता निकै राँकिएका छन् । अमेरिकी भविष्यको लागि यो निर्वाचन निकै महत्वपूर्ण भएकोले दुवै पक्षमा तापक्रम बढेको हुनसक्छ । कदाचित आफ्नो पक्षको उम्मेदवारले पराजय भोग्नुपरेको अवस्थामा संरा अमेरिकामा अस्थिरता फैलिन सक्ने सम्भावना पनि उत्तिकै छ ।
यी सबै कुरा विचार गर्दा र कुनै एक जना उम्मेदवारले सजिलै जित्ने सम्भावनालाई क्षीण देख्दा अमेरिकाले अर्का राष्ट्रपति पाउन कम्तीमा केही दिन कुर्नुपर्ने देखिन्छ । चुनावी नतिजा आउन विलम्ब हुने हो भने अस्थिरता अझ खराब बन्नेछ । त्यस अवस्थामा सुरक्षाकर्मीले मात्र अवस्था सम्हाल्न सम्भव नहोला । त्यसको निम्ति ट्रम्पले अति प्रभावित क्षेत्रमा सङ्कटकाल लगाउनुपर्ने हुनसक्छ । चुनावको अन्तिम परिणामको वैधानिकतामा कुनै पनि खालको सन्देहले लामो समयदेखि उकुसमुकुसको अवस्थामा रहेको संरा अमेरिकी सामाजिक–आर्थिक र राजनीतिक अवस्था विस्फोटको अवस्थामा पुग्न सक्छ । तर, यो अपेक्षाभन्दा फरक तल्लो तहदेखि राष्ट्रपतिको तहसम्म नै संयम दिमाग हावी भई सघन नागरिक द्वन्द्व नहुने अवस्था पनि आउन सक्छ ।
स्रोत: सीजीटीएन
नेपाली अनुवाद:  राजजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *