अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
मस्को, २ नोभेम्बर । संरा अमेरिकी विसलब्लोअर एडवार्ड स्नोडेनले रुसी नागरिकताको लागि आवेदन दिएको सार्वजनिक गरेका छन् । रुसी नागरिकता दिए पनि उनले आफ्नो राष्ट्रियता अमेरिकी नै हुने बताएका छन् ।
संरा अमेरिकाका पूर्वगुप्तचरी ठेकेदार स्नोडेनले सन् २०१३ मा संरा अमेरिकी सरकारले आफ्ना नागरिकमाथि गुप्तचरी गरिरहेको बताएका थिए । त्यसयता उनी रुसमा निर्वासित जीवन बिताइरहेका छन् ।
“मेरा आमाबुबाबाट टाढा बसेको वर्षौँपश्चात् मेरी श्रीमती र म हाम्रो छोरालाई पनि हामीबाट टाढा राख्न चाहँदैनौँ”, स्नोडेनलेरुसमा स्थायीरूपमा बस्ने अनुमति प्राप्त भएपछि ट्वीट गरेका थिए । त्यसको केही दिनअघि स्नोडेनका जीवनसाथी लिन्डसे मिल्सले आफू गर्भवती भएको बताएकी थिइन् ।
३७ वर्षका स्नोडेनले “महामारी र सीमाबन्दीको समयमा हामीले संरा अमेरिका–रुसी दोहोरो नागरिकताको लागि आवेदन दिएका छौँ” भने ।
रुसले हालसालैमात्र आफ्नो मूल राष्ट्रियता नत्याग्ने व्यक्तिलाई रुसी नागरिकता दिने घोषणा गरेको थियो ।
स्नोडेनले आफ्ना सङ्क्षिप्त वक्तव्यमा आफू र श्रीमती मिल्स “अमेरिकी नै रहने र छोरालाई आफूले प्रेम गरेको अमेरिकी मूल्यबाट प्रशिक्षित गर्ने गर्नुका साथै आफ्नो मनको कुरा स्वतन्त्ररूपमा भन्ने स्वतन्त्रता सिकाउने” बताए ।
“अनि म संरा अमेरिका फर्किने दिनको प्रतिक्षा गरिरहेको छु । त्यहाँ पुगेर हामी परिवारसँग भेट्नेछौँ”, उनले भने । हाम्रो एउटा बलियो इच्छा भनेको हाम्रो छोरा जहाँ गए पनि उसले त्यहाँ आफ्नो घरको अनुभूति गरोस् ।
रुसले स्नोडेनलाई रुसमा स्थायीरूपमा बस्ने अधिकार प्रदान गरिसकेको छ । गत महिना उनका वकिलले सो कुरा सार्वजनिक गरेका थिए । रुसी नागरिकता प्राप्त गर्न यो कदम आवश्यक थियो ।
संरा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले लाखौँ लाख अमेरिकी नागरिकको टेलिफोन संवादका रेकर्ड सङ्कलन गरेको सूचना चुहाएपछि उनीविरुद्ध देशद्रोहीको मुद्दा लगाएको थियो ।
यो वर्षको सुरुमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्नोडेनलाई माफी दिने विषयमा विचार गरिरहेको बताएका थिए । तर, त्यो विषयमा स्नोडेनले कुनै प्रतिक्रिया दिएका छैनन् ।
Leave a Reply