सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
जुलाई महिनाको उत्तर्राद्र्धमा गरिएको मत सर्वेक्षणले प्रष्टतः संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनका डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनसामु पराजित हुने देखाएका छन् । मुख्यतः यसको कारण ट्रम्प सरकारले कोभिड–१९ महामारीको सही ढङ्गले व्यवस्थापन गर्न नसक्नु हो । त्यसयता ट्रम्पको अवस्थामा खासै केही सुधार हुनसकेको छैन । बरु उनका बचेखुचेका केही छवि पनि धमिलिँदै गएको छ । अब ट्रम्प नोभेम्बर ३ को मतदानमा मात्र पराजय भोग्ने देखिँदैन बरु सन् २०१६ को निर्वाचनमा जस्तै इलेक्ट्रोल कलेजलाई आफूतिर तान्न असफल हुने देखिएको छ ।
तालिका नं १ ले सन् २०१६ को निर्वाचनयता डेमोक्रेटिक पार्टीको सम्बद्धता ६ प्रतिशतले बढेको छ । जबकि रिपब्लिकन पार्टीप्रतिको सङ्गठन ३ प्रतिशतले मात्र बढेको देखिएको छ । आफूलाई स्वतन्त्र भन्ने मानिसको सङ्ख्या ८ प्रतिशतले घटेको छ । आफूलाई स्वतन्त्र भन्नेहरूबीच पनि वामपन्थी वा दक्षिणपन्थीतिर झुकाव राख्नेहरूको सङ्ख्यामा थोरै परिवर्तन भएको छ ।
त्यसका साथै तालिका नं २ ले मार्च महिनायता ट्रम्प सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापनप्रति जनताको धारणा नकारात्मक बन्दै गयो । विशेषतः सघन प्रतिस्पर्धा हुने राज्यका रिपब्लिकन र रिपब्लिकन पार्टीका समर्थक र स्वतन्त्र समूहका मानिसहरू जुलाई महिना यता ट्रम्प सरकारको कोभिड–१९ व्यवस्थापनप्रति रुष्ट भए । समग्रमा ट्रम्पप्रतिको समर्थनको रेखा ओरालो लाग्यो । तर, निकै ओरालो भने लागेको थिएन ।
पार्टी सङ्गठन र विचारधारालगायत मतदाताको निर्णयसँग प्रत्यक्ष जोडिने विभिन्न निर्धारक पक्षको विश्लेषणले यस्तो परिवर्तनको मूल कारण कोभिड–१९ नै भएको देखाएको छ । महामारी स्वयम् र त्यसले निम्त्याएको आर्थिक तथा रोजगारी सङ्कट नै यसको मूल कारण हो ।
अर्को पक्का कारण भनेको प्रणालीगत जातिवाद र प्रहरी निर्ममताविरुद्ध चालू विरोध प्रदर्शनहरू हुन् । त्यस्ता प्रदर्शनहरूमा प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेका छन् । यो अवस्थाले पनि अमेरिकी मतदाताहरूको ध्यान तानेको छ । तर, त्यस्ता प्रदर्शनहरूलाई लिएर गरिने व्याख्या भने पार्टीको लाइनबाट निर्देशित छन् । केही मतदाताहरू यस्ता प्रदर्शनहरू हिंसात्मक भएको र तिनलाई ठेगान लगाउन कडा ‘ऐन कानुन’ खाँचो भएको बताउँछन् । पार्टी लाइनबाट निर्देशित यस्ता विचारले मतदाताको विचारमा खास प्रभाव पार्ने देखिँदैन ।

युगोभ सर्वेक्षणको तथ्याङ्कमा आधारित तालिका नं ३ ले डेमोक्रेटिक दलका १५ प्रतिशतले मात्र प्रणालीगत जातिवाद र प्रहरी निर्ममताविरुद्धका प्रदर्शनलाई हिंसा मान्ने गरेका छन् । प्रदर्शनलाई हिंसा मान्ने १९ प्रतिशतमध्ये डेमोक्रेटिक दलका २.८५ प्रतिशतले भने ट्रम्पको पक्षमा मतदान गर्नसक्छन् ।
अत्यधिक बहुमत डेमोक्रेटिक दलका मानिसहरूले ट्रम्पलाई मत हाल्ने छैनन्, चाहे उनीहरू अति उदारवादी, मध्यम वा कुनै पनि मध्यमार्गी होऊन् ।
बरु तालिका नं ४ ले जुलाई महिनासम्म ट्रम्पको पक्षमा मतदान गर्ने मनस्थिति बनाएका मतदाताहरूले समेत त्यसपछि ट्रम्पको पक्षमा मतदान गर्ने सोच त्यागेर जो बाइडेनको पक्षमा मतदान गर्ने निधो गरे ।
सन् २०१६ मा ट्रम्पका उत्तिबेलाका प्रतिस्पर्धी डेमोक्रेटिक दलका हिलारी क्लिन्टनप्रति डेमोक्रेटिक दलका तीनै थरीका मतदाताहरूको समर्थन न्यून थियो । विशेषतः मध्यम र अनुदार डेमोक्रेटहरू (८१ प्रतिशत) ले उनलाई समर्थन गरेका थिएनन् । तर, आज उनीहरूले बाइडेनलाई समर्थन गरिरहेका छन् । यो तथ्याङ्क अक्टोबर महिनाको मध्यतिरको हो । त्यत्तिबेलासम्ममा मानिसहरूले मत व्यक्त गर्न थालिसकेका थिए । त्यसकारण विरोध प्रदर्शन वा अरू कुनै पनि कारणले ट्रम्पप्रति डेमोक्रेटहरूको समर्थन बढ्ने अपेक्षा गर्नुको खास आधार छैन ।
डेमोक्रेटिकहरूबीच मात्र होइन, सबै मतदाताबीच जोप्रतिको पक्षधरता राम्रो छ । सन् २०१६ मा हिलारी क्लिन्टनले २.१ प्रतिशतले ट्रम्पलाई जितेकी थिइन् । तर, उनले प्रमुख प्रतिस्पर्धा हुने राज्यहरूमा हार्नुप¥यो । जसकारण इलेक्टोरल कलेजमा उनले हार बेहोर्नुप¥यो ।
तालिका नं ५ मा सन् २०१६ मा क्लिन्टनको पक्षमा मतदान गर्ने अत्यधिक बहुमत मतदाता यो वर्ष जो बाइडेनको पक्षमा मतदान गर्ने मनसायमा छन् ।
तर, बाइडेनको पल्ला भारी त्यत्तिमा मात्र सीमित छैन । सन् २०१६ मा ट्रम्पको पक्षमा मतदान गर्ने उनका समर्थकहरूले यो वर्ष पनि पुनः उनकै पक्षमा मतदान गर्ने विचार गरे पनि डेमोक्रेटिक दलको तुलनामा उनले धेरै मत गुमाएका छन् । क्लिन्टनको पक्षमा मत दिने मतदाताहरू आफैँमा ठूलो समूह थियो । मतदाताले ट्रम्पले गुमाएको मत र हिलारीले पाएको मत पाउँदा जो बाइडेन ८ प्रतिशतले अघि छन् । यो वर्ष सन् २०१६ को तुलनामा बाइडेनको पक्षमा मत व्यक्त गर्न आफूलाई स्वतन्त्र वा तटस्थ भन्ने मतदाताहरू पनि तयार छन् ।

बाइडेनको अर्को पल्ला भारी हुने आधार भनेको निकै प्रतिस्पर्धा हुने राज्यहरू हुन् । मतान्तर केही सानो भए पनि डेमोक्रेटहरूले सन् २०१६ भन्दा अहिले ट्रम्पको तुलनामा आफ्नो पक्षको मत बढाएको छ । त्यसमाथि तटस्थ भनिएको मत पनि यो वर्ष ट्रम्पभन्दा बाइडेनकै पक्षमा जानेछ ।

तालिका नं ७ मा देखाइएजस्तो मतदान गर्ने जनसाङ्ख्यिक श्रेणीकरणले पनि बाइडेनको पक्ष भारी हुने देखिएको छ । मतदाताको श्रेणीजस्तै युवा–ज्येष्ठ नागरिक, महिला र पुरुष, गोरा र अरू, धेरै पढेका र कम पढेका आदि सबैबीच सन् २०१६ मा क्लिन्टनको तुलनामा बाइडेनलाई राम्रो समर्थन प्राप्त भइरहेको छ ।
मतदाताले मत हाल्ने ढङ्ग नै पुगेन भने कसको पक्षमा मत हाल्ने भन्ने सोचाइको कुनै माने हुँदैन । महामारीको बीचमा हुन लागेको यो निर्वाचनमा मतदानका पुराना पद्धतिमात्र प्रयोग भएका छैनन् । बरु, तालिका नं ८ ले डेमोक्रेटिक र स्वतन्त्रमात्र होइनन्, रिपब्लिकनहरूसमेत पूर्व मतदान (अर्ली भोटिङ) र मेलमार्फत मतदान गर्ने विधिको पक्षमा देखिएका छन् ।

यसले पनि मतदानको नतिजालाई लिएर केही प्रभाव पार्न सकिने देखाएको छ । अथवा कम्तीमा मतपरिणामलाई कसरी ग्रहण गरिनेछ भन्ने कुरा चर्चामा छ । मेलबाट मतदान प्रणाली अथवा लामो मत गणना प्रक्रियाले परिणाममा धाँधली हुनसक्ने विषय चर्चामा छ । बाइडेनको पक्षमा बढी मेलमार्फत मत आउने भएकोले उनको लागि थप जोखिम छ । मेलमार्फत मतदानमा धाँधली हुनसक्ने पूर्वानुमान सत्य निस्के मतपरिणाम सर्वेक्षणहरूले देखाएको तथ्याङ्कभन्दा भिन्न हुनेछ । निर्वाचनको परिणामले संरा अमेरिकामा अस्थिरता पनि फैलिन सक्छ ।
तर, यदि मत सर्वेक्षणले तार्किकरूपमा सही सङ्केत गरे बाइडेन उल्लेख्य अन्तरले मतपरिणाममा जित्नेछन् । इलेक्टोरल कलेजले त्यो परिणामलाई उल्टाउन सक्ने देखिँदैन । ट्रम्पको कट्टर मताधारले मात्र उनलाई चुनाव जिताउन सक्दैन । उनलाई मध्यम र स्वतन्त्र मतदाताहरूको समर्थनको कमी छ । डेमोक्रेटिक दलभित्रको विभाजनले बाइडेनलाई असर गर्न सक्छ । जस्तैः मानौँ उनलाई प्रगतिशील मतदाताहरूले मतदान नगर्न सक्छन् । तर, मत सर्वेक्षणका परिणामहरूले त्यस्तो सङ्केत भने गर्दैन । ट्रम्पलाई हराउने पक्षमा धेरै मत देखापरेका छन् ।
निःसन्देह मत सर्वेक्षण परिणाम विगतमा पनि गलत भएका छन् । सन् २०१६ मा पनि मत सर्वेक्षण नतिजा असत्य सावित भएको थियो । दुवै पक्षका मतदाताहरूको मुख्य समूहहरूको मनसायले ठ्याक्कै यो परिणामलाई प्रतिबिम्बित नगर्न सक्छ । वास्तवमा युगोभले मतदाताहरूलाई आफ्नो छिमेकीले पनि आफूले जस्तै मतदान गर्ने पक्षको मनसाय बनाए आश्चर्य लाग्छ वा लाग्दैन भनी सोध्दा झन्डै १० प्रतिशत सहरी र ग्रामीण मतदाताहरूले ‘लाग्छ’ भनी जवाफ दिएका थिए । त्यसले दुवै उम्मेदवारको पक्षमा ‘लुकेका मतदाता’ हुनसक्ने सङ्केत गरेको छ ।
सारमा बाइडेन राष्ट्रपति कार्यालयतिर लम्किरहेका देखिन्छन् । तर, दौड भने अझै टुङ्गिसकेको छैन ।
स्रोत: प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद: सुशिला
Leave a Reply