सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
सिन्जियाङ, ३ नोभेम्बर । चीनको मुसलमान बाहुल्य सिन्जियाङ क्षेत्रको सिन्जियाङ इस्लामिक सङ्गठनले मङ्गलबार एक वक्तव्य जारी गरी सिन्जियाङमा ‘जबरजस्ती मस्जिद ध्वस्त बनाएको’, ‘धार्मिक नेताहरूलाई दुःख दिएको’ र ‘धार्मिक स्वतन्त्रतामा बन्देज थोपरेको’ जस्ता पश्चिमा देशहरूको आरोप ‘हास्यास्पद’ र ‘आधारहीन’ भएको र यस्ता झूट तथा बद्ख्वाइँले सिन्जियाङका जनताको भावनालाई ठेस पु¥याएको र सिन्जियाङको वास्तविक चित्र धमिल्याउन खाजेको बताएको छ ।
मङ्गलबार जारी वक्तव्यमा चिनियाँ कानुनको संरक्षणमा उइगुर आदिवासी अल्पसङ्ख्यक जनताको धार्मिक स्वतन्त्रतालाई सो क्षेत्रमा पूर्ण सुनिश्चित गरिएको उल्लेख छ । त्यस्तै चाडपर्वदेखि विवाह र मलामीसम्मका सबै स्थानीय जनताका सांस्कृतिक र धार्मिक परम्परालाई सम्मान गरिएको वक्तव्यमा भनिएको छ ।
सबै धार्मिक विश्वासका मानिसलाई प्रार्थना गर्न सुरक्षित र पूर्ण सुविधासम्पन्न थलो बनाउन स्थानीय सरकारले केही जीर्ण धार्मिक स्थललाई जीर्णोद्धार गर्न मद्दत गर्ने अथवा स्थानीय मुसलमानहरूको आग्रहमा स्थानान्तरण गरिएको ठाउँमा नयाँ मस्जिद बनाइदिएको सङ्गठनले जनाएको छ ।
वक्तव्यमा सिन्जियाङमा प्रभावकारी ढङ्गले धार्मिक अतिवादमा नियन्त्रण गरिएको र धार्मिक गतिविधि व्यवस्थितरूपमा गरिएको बताइएको छ ।
“पछिल्ला वर्षमा सिन्जियाङका धार्मिक विद्वान् र विद्यार्थीले आपसी सम्मान, समानता र मित्रताको आधारमा अन्य अन्तर्राष्ट्रिय धार्मिक सङ्गठनहरूसँग प्राज्ञिक छलफलमा सहभागी बनिरहेका छन्”, वक्तव्यमा भनिएको छ ।
“सिन्जियाङका जनता अतिवादविरुद्ध रक्षकको भूमिका निभाउने कामलाई जारी राख्नेछ र सबै झूटलाई मूर्त र सत्कर्ममार्फत उजागर गरिरहनेछ”, सङ्गठनको वक्तव्यमा भनिएको छ ।
हालैका वर्षहरूमा चीनले सिन्जियाङमा आतङ्कवाद र गरिबीविरुद्ध लड्न जोड दिइरहेको छ । चीनको देशव्यापी गरिबी निवारण कार्यक्रमअन्तर्गत दसौँ करोड चिनियाँ जनतालाई गरिबीबाट उठाइसकेको छ । तीमध्ये सिन्जियाङका जनता पनि पर्दछन् । सो क्षेत्रका अधिकांश जनता गरिबीको रेखामुनि थिए । विपन्न पहाडी क्षेत्रमा बस्दै आएका मानिसलाई मनग्य स्रोतसाधन भएका सहरमा पुनर्वास गराई सरकारले रोजगारी वा अन्य साना व्यापार गर्न मद्दत गरेको छ । नयाँ ठाउँ वा कारखानामा स्वेच्छिकरूपमा गएका आदिवासी अल्पसङ्ख्यकहरूलाई केही पश्चिमा देशहरूले ‘जबरजस्ती श्रम’ को रूपमा दुष्प्रचार गरिरहेका छन् । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले यसलाई उइगुर जाति र अन्य आदिवासी तथा धार्मिक अल्पसङ्ख्यक समूहमाथि चीनको दमन अभियानको हिस्सा भनी बोलेका छन् ।
चिनियाँ प्रवक्ता चाओ लिचियानले पम्पेओको खण्डन गर्दै भने, “पम्पेओजस्ता राजनीतिक नेताले केही समय सबै मानिसलाई र सधैँ केही मानिसलाई मूर्ख बनाउन सक्छन् । तर, उनीहरूले सबै जनतालाई सधैँ मूर्ख बनाउन सक्दैनन् । उनीहरूले जस्तोसुकै झूट र बदमासी बोले पनि सिन्जियाङको समृद्धि र स्थायित्वलाई कसैले विथोल्न सक्दैन । चीनको विकास र प्रगति रोकिनेछैन ।”
Leave a Reply