तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
टोखा, १८ कार्तिक । नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा सोमबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रम अनलाइनमार्फत सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भारतीय गुप्तचर विभागका प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीले भेट गर्नु कूटनीतिक मर्यादाविपरीत रहेको बताउनुभयो । नेकपा सरकारमा रहेर देश र जनताको सेवा गर्न होइन, नातावाद, क्रिपावाद र कुर्सीको राजनीतिमा लागेको उहाँले बताउनुभयो ।
टोखा नगर समितिले पत्रिका वितरणमा नयाँ ग्राहक बनाउँदै पत्रिका पु¥याउने काम भइरहेकोमा केन्द्रीय सदस्य राजवीर डङ्गोलले खुसी व्यक्त गर्नुभयो । पार्टीका अर्का केन्द्रीय वैकल्पिक सदस्य नारायणबहादुर दुवालले चीनको बीआरआई परियोजनाले विश्वका धेरै देशले फाइदा लिनसक्ने स्पष्ट पार्नुभयो ।
आयोजक समितिका अध्यक्ष रवीन्द्र डङ्गोलको सभापतित्वमा भएको कार्यक्रममा इन्जिनियर समाज काठमाडौँ जिल्ला समितिका अध्यक्ष सविन महर्जन, मदन श्रेष्ठ, शैलेस डङ्गोल, विशोक डङ्गोल र रमेश डङ्गोलले ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकमा केन्द्रित भएर आ–आफ्नो प्रस्तुति व्यक्त गर्नुभएको थियो ।
Leave a Reply