भर्खरै :

संरा अमेरिकामा लोकतन्त्र छ वा अल्पतन्त्र ?

प्रोजेक्ट १६१९ ले संरा अमेरिका प्रणालीगत जातिवादको जगमा स्थापना भएको तर्क प्रस्तुत गरेको छ । अमेरिकी समाजमा अझै पनि प्रणालीगत जातिवाद ज्युँदो रहेको प्रमाण त ट्रम्प सरकारले बोकेको विचारधारा हो । त्यसैमा आधारित रहेर म यहाँ संरा अमेरिका अधिकांश उदारवादी अमेरिकी सम्भ्रान्तहरूले दाबी गरे जस्तो कुनै अब्बल लोकतन्त्र होइन भन्ने आफ्नो ठम्याइ लेख्न खोज्दै छु । अमेरिकी लोकतन्त्र नक्कली लोकतन्त्र र सक्कली अल्पतन्त्र हो ।
नक्कली लोकतन्त्र र सक्कली अल्पतन्त्र
अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले लोकतन्त्रलाई ‘जनताले जनताद्वारा र जनताको लागि गरिने शासन व्यवस्था’ भनी व्याख्या गरेका छन् । धेरै मानिस अमेरिकामा त्यही आदर्शको आधारमा दुई वटा राजनीतिक दलले शासन गर्ने राजनीतिक व्यवस्था भएको सोच्छन् । तर, वास्तविकता के हो भने अमेरिकामा त्यहाँका शासक वर्गभित्रका दुई विशेष स्वार्थ समूहले चलाउने गोप्य शासन प्रणाली छ । अमेरिकामा जनताले न त शासन गर्छन् न शासन व्यवस्थाप्रति आफ्नोपन नै अनुभव गर्छन् । जनताको भूमिका सधैँ सहायकमै सीमित हुने गर्छ । जनताको हित गर्नुको सट्टा अमेरिकी व्यवस्थाले प्रत्यक्ष–परोक्ष शासक वर्गकै सेवा गर्छ । अनि अशुभ जति सबै जनताको काँधमा थोपरिदिएको हुन्छ ।
एउटा चर्चित भ्रम छ– अमेरिकामा मध्यमवर्गीय अमेरिकीले शासन गर्छन् । त्यो मध्यम वर्गीय अमेरिकी भनेका बौद्धिक श्रम गर्ने मजदुर हुन् जसले करको अधिकांश भाग तिरेको हुन्छ, करको अधिकांश जिम्मेवारीबहन तिनैले गर्छन् । उनीहरूले नै अमेरिकी समाजको चेतनाको प्रतिनिधित्व गर्छन्, अनि सार्वजनिकरूपमा स्वीकारिएका अमेरिकी समाजका आदर्श र मूल्यमान्यतामा विश्वास गर्दै अघि बढाउन खोज्छन् ।
तथापि, भित्री रूपमा यो वर्ग काँचको छानोभित्रै कैद हुने गर्छ । युद्ध वा शान्तिजस्ता प्रमुख निर्णयको सन्दर्भमा त्यो काँचको छानोले उनीहरूको अधिकार र प्रभावलाई सीमित बनाएको हुन्छ । अमेरिकी व्यवस्थाले त उनीहरूलाई चुनावमा उठेका उम्मेदवारलाई मत दिने अधिकारसम्म मात्र दिन्छ । त्यसको सट्टा उनीहरूले राजनीतिक र आर्थिक रूपमा अमेरिकाको राजनीतिक व्यवस्थालाई बोकिदिएर राज्यलाई धेरै गुण लगाएको हुन्छ ।
दुई वटा राजनीतिक दल भनेका बाहिरबाट देखिने शासकहरू हुन् । तर, भित्री वास्तविकता र व्यवहारमा शासक भनेका दुई विशेष स्वार्थ समूह हुन् । जसले पर्दापछाडि वा प्रजातन्त्रको मुखुण्डोभित्रबाट लगातार स्वार्थको सन्तुलन कायम गरिरहेका हुन्छन् । यी समूहको ‘वाल स्ट्रिट’ र अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) सँग भित्री साँठगाँठ भएका सैनिक–औद्योगिक समूहले प्रतिनिधित्व गर्ने आर्थिक र व्यापारिक स्वार्थ समूह हुन् ।
आर्थिक र व्यापारिक समूहका सदस्यहरूले अमेरिकाभित्र र बाहिरबाट चन्दा उठाउने कम्पनीहरूको नाम सार्वजनिक गरेका छन् । यो समूह देशभित्र र संसारभर जनताले उपभोग गर्ने वस्तुको विक्रीले उकासिन्छन् । तसर्थ, शान्तिपूर्ण विश्वव्यापीकरणले यो समूहलाई अझ बढी नाफा दिलाउँछ । युद्धलाई भन्दा शान्तिको पक्ष लिने भएकाले अमेरिकी मध्यम वर्गले यो समूहलाई समर्थन गर्छन् ।
युद्ध भनेको सैनिक–औद्योगिकरणको व्यापारिक ढाँचा हो
तथापि, व्यापारिक र आर्थिक समूहले शान्तिको नाफामुखी समय लामो समय भोग्न पाउँदैनन् किनभने सैनिक उद्योगहरूले उनीहरूलाई त्यस्तो गर्न दिंदैन । सैनिक उद्योगहरूले राष्ट्रपतिको चुनाव हुँदा आफ्नो स्वार्थको सेवा गर्ने उम्मेदवारलाई सहायता गर्छन् । अथवा, सञ्चारमाध्यम वा बौद्धिक व्यक्तिहरूमार्फत् प्रत्यक्ष वा अप्रत्यक्ष अमेरिकी जनतामा वास्तविक वा कुनै काल्पनिक शत्रुको भय सिर्जना गरिदिन्छ । त्यसो गर्न सके संरा अमेरिका त्यो ‘शत्रु’ विरुद्ध द्वन्द्व उछालेर युद्धको थालनी गर्न सक्छन् ।
वाशिङ्टन डीसीको एउटा अध्ययन केन्द्र (थिङ्क ट्याङ्क) ‘अन्तर्राष्ट्रिय नीति केन्द्र’
(द सेन्टर फर इन्टरनेसनल पोलिसी–सीआईपी) ले अक्टोबर १४ मा एउटा प्रतिवेदन सार्वजनिक ग¥यो । सो प्रतिवेदनअनुसार सन् २०१४ देखि २०१९ को बीचमा संरा अमेरिकी रक्षा ठेकेदारहरूले संरा अमेरिकाका सबभन्दा माथिल्ला ५० वटा अध्ययन संस्थाहरूलाई १ अर्ब अमेरिकी डलरभन्दा बढी चन्दा दिएका थिए । सीआईपीअन्तर्गत सो अध्ययन परियोजनाको नेतृत्व गर्ने कास्सान्द्रा स्टिमसनका अनुसार ती अध्ययन केन्द्रहरूले आफ्ना प्रतिवेदन र प्रेस वक्तव्यमार्फत संरा अमेरिकी रक्षा विभागका भनाइलाई नै जोड वा समर्थन गर्ने गर्छन् ।
यस्ता डर फैलाउनाले सैनिक उद्योगहरूले आर्थिक नाफा कमाउने गर्छन् । संसारभर जति धेरै हातहतियारको बिक्री हुन्छ, उनीहरूको ‘कुबेर’ त्यत्ति नै धनी हुन्छ । भित्री रूपमा यी दुई स्वार्थ समूहबीच पालैपालो शासन गर्ने नियम भए पनि दुवै समूहबीच धेरै पल्ट आफ्नो भागमा शासनको लगाम पार्न प्रतिस्पर्धा पनि हुने गर्छ ।
सन् २०१६ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले आफ्नो चुनावी प्रचार कार्यक्रम ‘विश्वव्यापीकरणविरुद्ध’ भनी थाल्नुको कारण यसबाट प्रष्ट हुन्छ । उनको ‘विश्वव्यापीकरणको विरोध’ समयक्रममा ‘चीनविरोधी’ भावनामा परिणत भयो । अनि चीनलाई घेर्ने विश्वव्यापी रणनीतिको हिस्सा बन्यो । जापान, भारत र अस्टे«लियासहित हिन्द–प्रशान्त क्षेत्रका ‘क्वाएड’ देशहरूलाई संरा अमेरिकाले अरबौँ अरबको हातहतियार बेच्ने गरेको छ ।
ट्रम्प र उनको मन्त्रीमण्डलका सदस्यहरूले कोरोना भाइरसविरुद्ध प्रतिरोध गर्नुको सट्टा महामारीलाई लिएर चीनको बदनामी गर्दै हिँड्नुको कारण पनि यसैबाट थाहा पाउन सकिन्छ । अमेरिकी जनताले यतिबेला लडिरहेको वास्तविक शत्रु भनेको कोभिड–१९ रोग नै हो ।
अमेरिकी सैनिक उद्योगका नेताहरूको नेता डोनाल्ड ट्रम्प नै हुन् । उनी र उनका मन्त्रीमण्डल सदस्यहरू यतिबेला एसियाली अमेरिकी र चीनविरुद्ध बहुला बनेर घृणा फैलाइरहेका छन् । आफ्नो स्वार्थ समूहको लागि अधिकतम नाफा कमाउनु नै यसको मूल ध्येय हो । सैनिक उद्योगबाट पालिएका सञ्चारमाध्यम र अध्ययन केन्द्रहरूले शारीरिक श्रम गर्ने मजदुरबीच गोरा सर्वोच्चतावादी र अमेरिका विशेष भएको भावना गहिरो गरी जरा गाँड्ने गर्छन् । यस्तो भावनाले गर्दा प्रजातन्त्र र स्वतन्त्रताको निम्ति ती मजदुरहरूलाई आफ्नो रगत दिन तयार बनाएको हुन्छ । हातहतियारका व्यापारीहरूको लागि युद्ध भनेको व्यापार हो ।
प्रतिस्पर्धी अल्पतन्त्रको यस्तो प्रणाली लोकतन्त्र हुन सक्दैन । यो त आर्थिक, राजनीतिक र सामाजिक विभेद, शोषण र दमनको प्रणाली हो जसलाई साम्राज्यवाद भनिन्छ ।
यो सिद्धान्तले दोस्रो विश्वयुद्धमा सहभागी बनेयता संरा अमेरिकी इतिहासमा किन युद्ध र शान्ति पालैपालो आएको छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ ।
मध्यम वर्ग र शारीरिक श्रमिक दुवैलाई तोकिएका राष्ट्रपति उम्मेदवारमध्ये कसैको पक्षमा मत दिन मौका प्रदान गरेको हुन्छ । तर, राष्ट्रपतिले कुनै अर्को देशमाथि युद्ध घोषणा गर्नुअघि विरलै जनतासँग कुनै अभिमत लिने गर्छ । महत्वपूर्ण कुरो त यस्ता युद्धमा हुने खर्च र यस्ता युद्धमा मारिने वा घाइते हुने मानिस भने उही शारीरिक श्रम गर्ने वर्गबाट हुने गर्छ । के लोकतन्त्रको अनुहार यस्तै हुने हो र ? पक्कै होइन ।
संरा अमेरिकामा सक्कली लोकतन्त्र स्थापना गर्ने उपयुक्त समय आएको छ । अमेरिकी जनता र संसारभरका जनताको लागि शान्ति स्थापना गर्ने समय पनि आएको छ । संसारका जनताको यो साझा भावना हो ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *