तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कीर्तिपुर, १९ कार्तिक । मङ्गलबार प्रकाशित ‘श्रमिक’ साप्ताहिक अङ्क ४२ का विभिन्न लेख–रचनाबारे अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल मजदुर किसान पार्टी, कीर्तिपुर नगर समितिले मङ्गलबार साँझ आयोजना गरेको अनलाइन अन्तरक्रियामा पार्टीका केन्द्रीय सदस्य एवम् ‘श्रमिक’ साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले संरा अमेरिकामा डेमोक्रेट होस् वा रिपब्लिकन, जुनसुकै पार्टीले विजय हासिल गरे पनि नेपालप्रतिको अमेरिकी नीतिमा खास फरक नपर्ने भन्दै ती दुइटै पार्टी पुँजीवादी रहेको धारणा राख्नुभयो ।
उहाँले सन् १९४७ मा अमेरिका–नेपाल दौत्य सम्बन्ध कायम भएपछि नेपालका लागि अमेरिकी पहिलो राजदूत चेस्टर बोल्सले तिब्बतमार्फत नेपालमा अतिक्रमण भएमा अथवा नेपालमा कम्युनिस्टले सत्ता हातमा लिएमा कम्युनिस्टको प्रभाव भारतीय सीमासम्म पनि फैलिनेछ र त्यो चार सय माइल दुरीमा रहेको दिल्लीसम्म पुग्नसक्ने धारणा राखेको स्मरण गराउँदै संरा अमेरिका नेपालको विकासको निम्ति नभई यहाँको कम्युनिस्ट आन्दोलन दबाउनको निम्ति लागिरहेको बताउनुभयो ।
उहाँले भारतीय विस्तारवाद र संरा अमेरिकी साम्राज्यवादले एमसीसीको नाममा नेपाललाई चीनविरूद्ध प्रयोग गर्न खोजेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भारतको गुप्तचर विभाग ‘र’ का प्रमुखले कूटनीतिक मर्यादाविपरीत हालै नेपालका प्रधानमन्त्रीसँग भेटघाट गर्नु र नेपालले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेको विषयमा ‘अरूको उल्काइ’ भएको भन्नु भारतीय सेना प्रमुखको गैरजिम्मेवारी टिप्पणी भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले जनताको साहित्यको विकासको निम्ति किसान तथा मजदुरबीचबाट साहित्यको रचना हुनुपर्ने बताउनुभयो ।
नेमकिपा कीर्तिपुर नगर समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाल, रमेश डंगोल, सुरेन्द्र महर्जन, नरेश महर्जन, सपना महर्जन, विश्वक डंगोल, रामचन्द्र महर्जन, सुनिल महर्जन, श्रीकुमार महर्जन, सुनयना महर्जनलगायतले बोल्नुभएको थियो ।
Leave a Reply