भर्खरै :

लालबहादुर बुढा रहनुभएन

नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिका पूर्वउपाध्यक्ष लालबहादुर बुढाको निधन भएको छ । लामो समयदेखि पेटको रोगका कारण बिरामी पर्नुभएका बुढाको गएको मंगलबार बिहान ८ बजे निधन भएको हो । हाल नेमकिपा बाँके जिल्ला समितिका सदस्य रहनुभएका बुढा पार्टीको पुराना र समर्पित कार्यकर्ता हुनुहुन्छ ।
मंगलबारनै बाँकै चिसापानीमा उहाँको अन्तिम संस्कार गरियो । बुढाको पार्थिव शरीरमा नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । २००८ सालमा दैलेखको लालीकाँडामा जन्मिनुभएका बुढाका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । २०४७ सालबाट निरन्तर पार्टी गतिविधिमा सामेल हुनुभएका बुढा सरल स्वभावका असल कार्यकर्ता हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *