के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
सर्वहारावर्गका गुरू स्तालिनले लेख्नुभएको पुस्तक ‘अरातकतावाद वा समाजवाद ?’, ‘Anarchism or Socialism’ ले सन् १९०५÷१९०६ कालीन रूसको वैचारिक सङ्घर्षबारे प्रस्ट पार्छ । रूसको इतिहासमा एक समय अराजकतावादले ठाउँ ओगट्यो । बाकुनीन, गोल्डम्याल, क्रोपोट्किनलगायत थुप्रै अराजकतावादीहरूले माक्र्सवादलाई निस्तेज बनाउने कोसिस गरेका थिए । अवसरवादविरूद्ध तात्कालीन रूसमा चलेको सङ्घर्षको तेज पनि कम भने थिएन । नेता लेनिन र स्तालिनको वैचारिक सङ्घर्षको एक अध्याय यो पुस्तकले अवगत गराउँछ । का. स्तालिनको यस कृतिले तात्कालीन समयमा बोल्सेविक पार्टीको सैद्धान्तिक शिक्षा र अडानका निम्ति महत्वपूर्ण भूमिका खेल्यो । वैज्ञानिक समाजवाद, द्वन्द्वात्मक भौतिकवाद, माक्र्सवादी पार्टीविरूद्ध भी चाकजिसभिले (cherkezishvili) लगायतका अराजकतावादीहरूको हमला र विश्व दृष्टिकोणविरूद्ध सन् १९०६ जूनदेखि १९०७ अप्रिलसम्म जर्जियाली बोल्सेभिक पत्रिकाहरूमा प्रकाशित का. स्तालिनका वैचारिक लेखहरूको सङ्कलन नै पुस्तकाकारको रूपमा प्रकाशित भएको हो । स्तालिनले आप्mना लेखहरूमा माक्र्सवादी सिद्धान्तमाथिका प्रश्नहरूलाई सर्वहारावर्गको क्रान्तिकारी सङ्घर्षको धरातलमा व्याख्या गर्नुभयो । यस पुस्तकले मजदुरहरूको राजनीतिक सङ्गठन निर्माणमा महत्वपूर्ण योगदान पु¥यायो । लेनिनवादी धारविरूद्ध ककेसियाली बोल्सेविकहरूको हमलामाथि चोटिलो प्रहार ग¥यो ।
‘समाजवाद’ शब्दको प्रयोग र साँचो समाजवाद अर्थात वैज्ञानिक समाजवाद के हो ? अराजकतावाद र संशोधनवाद के हो ? माक्र्सवादमाथि पुँजीवादी, संशोधनवादी र अराजकतावादीहरूले किन र कसरी हिलो छ्याप्ने दुस्साहस गरे ? यावत् प्रश्नहरूको जवाफ पुस्तकले दिन्छ । सर्वहारावर्गको मुक्ति या शोषणविहीन समाज निर्माण वर्गसङ्घर्षबाट मात्रै सम्भव हुन्छ भन्ने शिक्षा मिल्दछ ।
सामाजिक जीवन वर्गसङ्घर्षबाट अलग हुँदैन । समाजका जुनसुकै वर्ग कुनै न कुनै दर्शन र विचारबाट प्रेरित या निर्देशित हुन्छ । पुँजीपति वर्ग उदारवादी विचार आत्मसात् गर्छ भने सर्वहारावर्ग समाजवादका पक्षपाति हुन्छ । उदारवाद र समाजवादलाई पनि विभिन्न रूपहरूमा विभाजित गरी व्याख्या गरिएको हुन्छ । पुस्तकमा समाजवादका तीन धारहरूको विषयमा चर्चा छ – संशोधनवाद, अराजकतावाद र माक्र्सवाद । संशोधनवादीहरू पनि समाजवादकै कुरा गर्छन्, अराजकतावादीहरू समाजवादकै हल्ला पिट्छन् । माक्र्सवाद सर्वहारा जनताको स्वर्ग, समाजवाद पुग्ने उत्तम मार्ग या दर्शन सिद्ध भइसकेको छ ।
संशोधनवादलाई वर्नस्टिन र उनका अनुयायीहरूले हुर्काए । संशोधनवादले समाजवादलाई नभेटिने आजु बताउँछ, समाजवादी क्रान्तिको खण्डन गर्छ, शान्तिपूर्ण बाटो या माध्यमबाट समाजवाद स्थापना गर्न सकिने दाबी गर्छ । त्यतिमात्र होइन त्यसले वर्गसङ्घर्षको ठाउँमा वर्गसमन्वयको वकालत गर्छ । संशोधनवादले समाजवादी क्रान्ति पछाडि धकेल्नुका साथै कामदार जनतामाथिको शोषणलाई बढावा दिन्छ । संशोधनवाद माक्र्सवादलाई भाँचकुच गरी जन्माइयो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासले बताउँछ– संशोधनवादी विचार क्रान्तिविरोधी, जनविरोधी विचार हो । संशोधनवाद र अराजकतावाद फरक विचार हुन् । तर दुवैले सर्वहारावर्ग र साँचो समाजवादी विचार अङ्गालेको अभिनय गर्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको अध्ययन विश्लेषणका निम्ति यस पुस्तकले सघाउँछ । वर्तमान परिप्रेक्ष्यमा नेकपालाई पुस्तकको वैचारिक कसीमा घोटेर विश्लेषण गर्दा नेकपा कुनै समय अराजकतावादी विचार अङ्गालेर हाल संशोधनवादी पथमा लम्किरहेको देखिन्छ । नेकपाले मुखमा समाजवादको कुरा तर व्यवहारमा अझै सामन्तवाद र पुँजीवाद हुर्काइरहेको प्रस्ट छ । नेपालको राजनीतिक, सामाजिक अवस्था अध्ययनका निम्ति पुस्तकले वैचारिक खुराक प्रदान गर्दछ ।
राजनीतिक पार्टी सङ्ख्यामा सानो–ठूलो हुनुले अराजकतावादी या माक्र्सवादी हुने होइन बरू सङ्गठनले बोकेको विचार र सिद्धान्तले हुने हो । गलत विचारको जगमा बनेको सङ्गठन परिवर्तनको संवाहक हुनसक्दैन । केही मानिसलाई माक्र्सवाद र अराजकतावाद उही सिद्धान्तमा आधारित हुन्, शैलीमा मात्रै फरक हुन् भन्ने भ्रम छ । त्यो भ्रम चिर्न पुस्तकले सघाउँछ । वास्तवमा अराजकतावाद माक्र्सवादको शत्रु हो । दुवैले समाजवादको झन्डा फहराएपनि यी दुई विचार सैद्धान्तिक रूपमा पूर्णतः भिन्न छन् । अराजकतावादको आधारशिला ‘व्यक्ति’ (individual) हो । अराजकतावादको सिद्धान्तअनुसार व्यक्तिको मुक्तिविना सम्पूर्ण जनताको मुक्ति सम्भव छैन । ‘एक व्यक्तिका लागि सबथोक’ तिनको नारा नै हो । यसको ठीक उल्टो माक्र्सवादको आधारशिला ‘व्यापक जनता’ हो । माक्र्सवादी सिद्धान्तअनुसार सम्पूर्ण जनताको मुक्तिविना व्यक्तिको मुक्ति असम्भव हुन्छ । ‘व्यापक जनताका निम्ति सबथोक’ माक्र्सवादीहरूको नारा हो । पुस्तकमा यसबारे महत्वकासाथ चर्चा गरिएको छ ।
यसरी अराजकतावादले व्यक्तिवादको कुरा गर्छ भने माक्र्सवादले सम्पूर्ण जनतालाई केन्द्रमा राख्छ । पुस्तकमा माक्र्सवादबारे अराजकतावादीहरूको अनर्गल र गलत व्याख्याको चिरफार स्तालिनले गर्नुभएको छ । विशेषगरी द्वन्द्वात्मक विधि र भौतिकवादी विचारमा अराजकतावादीहरूको बुझाइ र त्यसमा स्तालिनको आलोचना छ । यसमा अराजकतावादीहरूको दर्शनको खण्डन छ । सानो समुदायको समाजवादको वकालत गर्ने अराजकतावादीहरू साँचो समाजवादी र सच्चा क्रान्तिकारी होइनन् भन्ने पुष्टि पुस्तकले गर्छ ।
कार्ल माक्र्स भन्नुहुन्छ – “विश्वमा सबथोक गतिशील हुन्छ । जीवन परिवर्तनशील छ, उत्पादनशील शक्ति वृद्धि हुन्छ, पुराना सम्बन्धहरू खत्तम हुँदै जान्छन् ।” पुस्तकमा लेखिएको छ – “माक्र्सवाद समाजवादको सिद्धान्तमात्र होइन, विश्वलाई हेर्ने दृष्टिकोण, दार्शनिक प्रणाली पनि हो । त्यही दार्शनिक प्रणाली नै द्वन्द्वात्मक भौतिकवाद हो ।” माक्र्सवादमा द्वन्द्वात्मकता ‘विधि’ हो भने भौतिकवाद ‘सिद्धान्त’ हो । मानवको सामाजिक जीवनलाई यही कसीमा विश्लेषण गरिएको छ । द्वन्द्वात्मक विधिले जीवनको विकास प्रस्ट्याउँछ । विज्ञानको इतिहासले द्वन्द्वात्मक विधि नै वैज्ञानिक विधि पुष्टि गरिसकेको छ । ज्योतिष शास्त्रदेखि समाजशास्त्रसम्म सबै परिवर्तनशील छ, केही स्थिर छैन । हेगेलले द्वन्द्वात्मक विधि प्रतिपादन गरे । माक्र्सले त्यसलाई विकसित गर्नुभयो । अराजकतावादीहरूले भने हेगेलको द्वन्द्वात्मक विधिलाई अवैज्ञानिक प्रमाणित गर्न ‘पुनस्र्थापना’ को संज्ञा दिए । अराजकतावादीहरू माक्र्सको द्वन्द्ववादलाई ‘मेटाफिजिक्स्’ अर्थात् अध्यात्मविज्ञान बताउँछन् । प्रुँधोलाई ‘पिता’ मान्छन् । माक्र्सले पु्रँधोसँग लामो समय वैचारिक सङ्घर्ष गर्नुभयो । माक्र्सका अनुसार सम्पूर्ण चिज परिवर्तनशील छ । द्वन्द्वात्मक विधिअनुसार विश्व परिवर्तन हुन्छ, न्याय पनि परिवर्तन हुन्छ । माक्र्सले हेगेलको द्वन्द्वात्मक विधिलाई वैज्ञानिक र क्रान्तिकारी भनी प्रशंसा गर्नुभयो भने उनको दार्शनिक प्रणाली ‘मेटाफिजिकल’ हो भनी खरो आलोचना गर्नुभयो । अराजकतावादीहरू प्रश्न गर्छन् –“एउटै समयमा राम्रो–नराम्रो, सत्य–असत्य कसरी छुटिन्छ, यो त शब्दाडम्बर मात्र हुनसक्छ ।” यसको जवाफ प्रजातान्त्रिक गणतन्त्रको उदाहरणबाट दिइएको छ । प्रजातान्त्रिक गणतन्त्र एकातिर सही हो किनभने यसले सामन्तवादी व्यवस्थाको अन्त्य ग¥यो । अर्कोतिर यो किन बेठीक हो भने यसले पुँजीपति वर्गको सेवा गर्छ । यसरी अराजकतावादीहरू माक्र्स र एङ्गेल्सको द्वन्द्वात्मक विधि बुझ्न असफल रहेको पुष्टि पुस्तकले गर्छ ।
पुस्तकमा सर्वहारा वर्गीय समाजवादको विस्तृत चर्चा छ । माक्र्सको सैद्धान्तिक दस्तावेज, द्वन्द्वात्मक विधि र भौतिकवादी विचारबारे जानकारी हुनेले द्वन्द्वात्मक भौतिकवाद र सर्वहारा वर्गीय समाजवादबीचको सम्बन्ध बुझ्छन् । निरन्तर शोषण, अन्याय र दासताविरूद्ध सुखमय भविष्यका लागि लडिरहने सर्वहारावर्ग नै हो । वर्गसङ्घर्षमा सर्वहारावर्ग नै मात्र अन्तिम उद्देश्यसम्म निरन्तर लडिरहने छ । त्यसकारण सर्वहारावर्गको सेवा क्रान्तिकारी पार्टीको धर्म हो । सर्वहारावर्गीय समाजवाद आधुनिक विशाल औद्योगिक विकासको आधारशिलामा खडा हुन्छ । स्तालिन लेख्नुहुन्छ – “हाम्रो मुख्य कर्तव्य भन्नु पुँजीवादी सम्पत्तिलाई समाजवादी सम्पत्तिमा रूपान्तरण गर्नु हो ।” वर्नस्टिनले भनेका थिए – “समाजवादलाई बिर्सिदेऊ आर्थिक विकासका सम्पूर्ण आवश्यकता पूरा गर ।” वर्नस्टिनको यो विचारले सर्वहारा जनतालाई हानी गर्दछ । समाजवादका निम्ति सङ्घर्ष गर्नु नै सर्वहारावर्गको सेवा हो भन्नुहुन्छ, स्तालिन ।
पुस्तकमा भौतिकवादी सिद्धान्तबारे माक्र्सको भनाइ छ – “त्यो मानिसको चेतना होइन जसले वस्तुको अस्तित्व निर्धारण गर्छ बरू त्यसको विपरीत वस्तुको सामाजिक अस्तित्वले तिनको चेतना निर्धारण हुन्छ ।” पदार्थ पहिले या चेतना ? यो प्रश्नमा माक्र्सको यो जवाफ सटिक छ । मानव समाजको विकास आदिम साम्यवाद, दास युग, सामन्तवादी युग र पुँजीवादी व्यवस्था हँुदै भयो । ती व्यवस्थाहरूको परिवर्तनले मानिसको चेतना विकास भयो या मानिसको चेतनाबाट ती व्यवस्था बदलिए ? यसको जवाफ पुस्तकमा छ । मानिसको चेतना आर्थिक अवस्था परिवर्तसँगै परिवर्तन हुन्छ । त्यस्तो आदर्श अवस्था स्वीकार्य हुन्छ जुन आर्थिक अवस्थामा आधारित हुन्छ ।
हेगेलको द्वन्द्वात्मक विधि र फायरवाखको भौतिकवादलाई विकसित गरी माक्र्सले द्वन्द्वात्मक भौतिकवाद विकास गर्नुभएको हो । अराजकतावादीरूले हेगेल र फायरबाखका कमजोरीलाई अगाडि सारी माक्र्सको द्वन्द्वात्मक भौतिकवादमाथि हिलो छ्याप्ने काम गरिरहे । आज पनि गर्छन् । वास्तवमा हेगेल र फायरबाखका कमजोरीलाई माक्र्स र एङ्गेल्सले नै पत्ता लगाउनुभएको हो । तर क्रोपाट्कीनलगायतका अराजकतावादीहरूले माक्र्सको विचारमाथि प्रहार गरिरहे । तिनले दिने प्रायः उदाहरण फायरबाखको हो । फायरबाखको विचारअनुसार मानिस ती हुन् जो खान्छन् । यही विचारलाई विकसित गरी माक्र्सले मानिसको प्रमुख र प्राथमिक कुरा आर्थिक अवस्था र उत्पादन सम्बन्ध हो भनी व्याख्या गर्नुभयो । मानिसको चेतना र विचार तिनको आर्थिक अवस्थाले निर्धारण गर्छ भनी माक्र्सले बताउनुभएको सत्य हो तर फायरबाखको ‘खाने’ र माक्र्सको ‘आर्थिक अवस्था’ एउटै होइन । यो एउटा दृष्टान्त मात्रै हो । यस पुस्तकमा माक्र्सको द्वन्द्वात्मक विधि र भौतिकवादी प्रणालीमा अराजकतावादीहरूका थुप्रै थुप्रै गलत बुझाइ चिरफार गरी प्रस्ट्याइएको छ ।
पुस्तकमा सर्वहारा वर्गीय समाजवादको विस्तृत चर्चा छ । माक्र्सको सैद्धान्तिक दस्तावेज, द्वन्द्वात्मक विधि र भौतिकवादी विचारबारे जानकारी हुनेले द्वन्द्वात्मक भौतिकवाद र सर्वहारा वर्गीय समाजवादबीचको सम्बन्ध बुझ्छन् । निरन्तर शोषण, अन्याय र दासताविरूद्ध सुखमय भविष्यका लागि लडिरहने सर्वहारावर्ग नै हो । वर्गसङ्घर्षमा सर्वहारावर्ग नै मात्र अन्तिम उद्देश्यसम्म निरन्तर लडिरहने छ । त्यसकारण सर्वहारावर्गको सेवा क्रान्तिकारी पार्टीको धर्म हो । सर्वहारावर्गीय समाजवाद आधुनिक विशाल औद्योगिक विकासको आधारशिलामा खडा हुन्छ । स्तालिन लेख्नुहुन्छ – “हाम्रो मुख्य कर्तव्य भन्नु पुँजीवादी सम्पत्तिलाई समाजवादी सम्पत्तिमा रूपान्तरण गर्नु हो ।” वर्नस्टिनले भनेका थिए – “समाजवादलाई बिर्सिदेऊ आर्थिक विकासका सम्पूर्ण आवश्यकता पूरा गर ।” वर्नस्टिनको यो विचारले सर्वहारा जनतालाई हानी गर्दछ । समाजवादका निम्ति सङ्घर्ष गर्नु नै सर्वहारावर्गको सेवा हो भन्नुहुन्छ, स्तालिन ।
स्तालिनका अनुसार विश्व दुईवटा शिविरमा विभक्त छ । एउटा मुठीभर धनी या पुँजीपति वर्ग, अर्को बहुसङ्ख्यक सर्वहारा जनता । सर्वहारावर्ग दिनरात काम गर्छ । यद्यपि, गरिबीबाट माथि उठ्न सक्दैन । पुँजीपतिवर्ग काम गर्दैन तर झन्झन् धनी हुन्छ । यो हुनुको कारण सर्वहारावर्ग बुद्धिमान नभएर र पुँजीपति वर्ग दिग्गज भएर होइन । यसको कारण शोषण हो । पुँजीपति वर्ग सर्वहारावर्गको श्रमशक्तिको फल हडप्छ, शोषण गर्छ ।
कामदारवर्गले किन श्रमको मूल्य पाउँदैन ? किनभने पुँजीवादी व्यवस्था वस्तु उत्पादनमा आधारित छ । हरेक चिजलाई पुँजीपतिहरू वस्तुको रूपमा हेर्छन् । किनबेचको सिद्धान्तमा आधारित भएर हेर्छन् । उपभोग्य वस्तु, खाद्य उत्पादन मात्र किन्दैनन् श्रमिकको श्रमशक्ति पनि किन्छन् । तिनको रगत र चेतना पनि छोड्दैनन् । पुँजीपतिहरू श्रमिकका श्रमशक्तिका मालिक बन्छन् । आप्mनो श्रमशक्ति आप्mनो नरहेपछि त्यसको फल कसरी आप्mनो हुन्छ ? श्रममूल्य सबैसबै मालिकको खल्तीमा जान्छ । श्रमिकले प्राप्त गर्ने ज्याला न्यूनत्तम आवश्यकता पूरा गर्न पनि अपुग हुन्छ ।
पुँजीवादी व्यवस्था निजी सम्पत्ति र उत्पादनका साधनहरूको निजी स्वामित्वमा आधारित हुन्छ । मुठीभर पुँजीपतिको हातमा ठूल्ठूला उद्योग, खानी, कारखाना, जङ्गल, रेल, मेसिन हुन्छ । ती उत्पादन केन्द्रहरूबाट नाफा बटुल्न त्यहाँ श्रमिक र मजदुर अर्थात् सर्वहारावर्गलाई काममा राखिन्छ । तिनको श्रमको मूल्य नदिई, ज्याला कटौती गरी पुँजीपति वर्गले नाफा कमाउँछ । पुँजीवादी उत्पादन प्रणाली पनि व्यक्तिकेन्द्रित हुन्छ । पुँजीपतिहरूको उद्देश्य जनताको आवश्यकता पूर्ति गर्ने नभएर नाफा र आम्दानी बढाउने हुन्छ । बढीभन्दा बढी वस्तु उत्पादन गरी नाफा बढाउने उपाय अपनाउँछन् तर प्रचूर उपलब्धताले वस्तुको माग घट्छ र मूल्य बढ्छ । सामान्य मन्दी त्यहाँबाट सुरू हुन्छ । मन्दी, बेरोजगारी, उत्पादन बन्द गर्नुपर्र्ने अवस्था, उत्पादन प्रचूरतालगायतका क्षेत्रमा पुँजीवादी उत्पादन प्रणाली व्यवस्थित हुनसक्दैन । त्यसको सम्पूर्ण मूल्य मजदुरले नै चुकाउनुपर्ने अवस्था सिर्जना गरिन्छ । पुस्तकमा पुँजीवादी व्यवस्थाको सामाजिक, आर्थिक अवस्थाको सजिव चित्र छ ।
स्तालिन भन्नुहुन्छ – “भविष्यको समाज समाजवादी समाज हुनेछ । समाजमा वर्ग हुनेछैन । शोषण हुनेछैन । मजदुरहरू हुनेछन् तर सामूहिक श्रम गर्नेछन् । श्रमको किनबेच हुनेछैन । सम्पूर्ण निजी स्वामित्वका ठूल्ठूला उत्पादनका साधनहरू सामाजिकीकरण गरिनेछन् । सामूहिक रहनसहन र सामूहिक श्रमको संस्कृति विकास हुनेछ । समाज र जनतालाई आवश्यक सामग्री वस्तुको उत्पादन हुनेछ । त्यो उत्पादन नाफा या आम्दानीका निम्ति हुनेछैन । भविष्यको उत्पादन सम्बन्ध समाजवादी हुनेछ । उत्पादन प्रणाली समाजवादी व्यवस्थाअनुरूप व्यवस्थित हुनेछ । त्यहाँ कुनै मन्दी, बेरोजगारी, उत्पादन ¥हास र प्रचूरताको समस्या हुनेछैन । राजनीतिक शक्तिको आवश्यकता समाप्त हुँदै जानेछ ।” एङ्गेल्सले राज्य र राज्यसत्ताविहीन समाजको व्याख्या गर्नुभएको छ । माक्र्सका अनुसार समाजवादको उपल्लो चरणमा बौद्धिक र शारीरिक श्रमबीचको भेद हट्नेछ । साथै दैनिक जिविकोेपार्जनका निम्ति आवश्यक आधारभूत वस्तु उपभोगका निम्ति श्रम गर्ने मान्यताबाट जीवनको प्रमुख दायित्वका रूपमा श्रम परिभाषित हुनेछ । उत्पादन प्रणाली सामाजिक या सामूहिक हुनेछ ।
नेपाली समाजको सन्दर्भमा हेर्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलनका संशोधनवादी तथा अराजकतावादीहरूले नै नेपालको कम्युनिस्ट आन्दोलनलाई बद्नाम गरिरहेको बुझ्न यो पुस्तकले थप सघाउँछ । नेपाली संशोधनवादी तथा अराजकतावादीहरूविरूद्ध जनताको सङ्घर्ष जारी छ । यस पुस्तकको सान्दर्भिकता नेपाली समाजमा अझ बढी अनुभव हुन्छ । यो सैद्धान्तिक र राजनीतिक दस्तावेजको अध्ययनबाट धेरै भ्रमहरू मेटिने छ ।
मानव समाजको विकासक्रम अनुसार मानिसको उत्पादन सम्बन्ध फरक–फरक रहेको इतिहास छ । मातृसत्तात्मक समाजमा महिलाहरू उत्पादनका मालिक थिए । आदिम कृषि उत्पादनमा महिलाहरूको भूमिका उल्लेख्य हुन्थ्यो । पुरूषहरू जङ्गलमा खाद्यान्न बटुल्न हिँड्थे । पितृसत्तात्मक समाजसम्म आइपुग्दा उत्पादन सम्बन्ध र उत्पादनको स्वामित्व पुरूषहरूको हातमा आयो । सामन्तवादी समाजमा जमिनदार, पुँजीवादी समाजमा पुँजीपति वर्गको हातमा उत्पादन सम्बन्ध रहन्छ । समाजवादी व्यवस्थामा मजदुर वर्ग नै उत्पादन सम्बन्धसँग जोडिन्छन्, सामाजिक एवम् सामूहिक स्वामित्व र समाजवादी उत्पादन सम्बन्ध कायम रहन्छ । यसरी सर्वहारावर्गीय समाजवाद सर्वहाराप्रति भावुकता, अमूर्त न्याय र प्रेममा आधारित नभई वैज्ञानिक धरातलमा आधारित हुने हुँदा यसलाई वैज्ञानिक समाजवाद पनि भनियो ।
वैज्ञानिक समाजवाद पुँजीपति वर्गसँग शान्तिपूर्ण समन्वयमा प्राप्त हुन्न । त्यसका निम्ति सङ्घर्ष अपरिहार्य छ । पुँजीवादी व्यवस्था विरूद्धको लडाइँ आवश्यक छ । वर्गसङ्घर्ष जरूरी हुन्छ । पुँजीवाद सानोतिनो हड्ताल र आन्दोलनले ढल्दैन, समाजवादी क्रान्ति आवश्यक हुन्छ । क्रान्तिपूर्व जनताको सेवाका निम्ति हड्ताल, आन्दोलन प्रतिक्रियावादी संस्थाभित्र गरिने सङ्घर्ष जारी राख्नुपर्दछ । सर्वहारावर्गीय क्रान्तिको नेतृत्व सच्चा कम्युनिस्ट पार्टीले गर्छ । त्यो पार्टी वर्गीय हुनुपर्दछ, संशोधनवादी र अराजकतावादी समूह उदाङ्ग्याउने क्रान्तिकारी पार्टी हुनुपर्दछ, अन्तर्राष्ट्रवादी हुनुपर्दछ । कामदारवर्गीय जनतालाई सङ्गठित र एकजुट गर्दै राजनीतिक चेतना जगाउने माक्र्सवादी पार्टी हुनुपर्दछ ।
माक्र्सवादले देखाएको सर्वहारावर्गीय समाजवाद संशोधनवादी र अराजकतावादी मान्यताभन्दा पूर्णरूपमा भिन्न छ । रूसको भूमिमा सन् १९१७ मा लेनिन र स्तालिनको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव भएको थियो । बोल्सेविक पार्टीभित्रका आफूलाई समाजवादी भन्ने संशोधनवादी र अराजकतावादीहरूको पनि हार थियो त्यो ।
नेपाली समाजको सन्दर्भमा हेर्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलनका संशोधनवादी तथा अराजकतावादीहरूले नै नेपालको कम्युनिस्ट आन्दोलनलाई बद्नाम गरिरहेको बुभ्mन यो पुस्तकले थप सघाउँछ । नेपाली संशोधनवादी तथा अराजकतावादीहरूविरूद्ध जनताको सङ्घर्ष जारी छ । यस पुस्तकको सान्दर्भिकता नेपाली समाजमा अझ बढी अनुभव हुन्छ । यो सैद्धान्तिक र राजनीतिक दस्तावेजको अध्ययनबाट धेरै भ्रमहरू मेटिने छ ।
Leave a Reply