हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
पेइचिङ, ८ नोभेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले सिचुआन–तिब्बत रेलमार्गमा उच्च गुणस्तरीयतामा ध्यान दिन आग्रह गर्नुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ सैनिक आयोगका अध्यक्ष रहनुभएका सीले आइतबार सिचुआन–तिब्बत रेलमार्गको येनान–निङ्ची खण्डको सुरूवात गर्नुअघि निर्देशन दिंदै त्यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले चीनमा नयाँ युगको थालनी गर्ने पार्टीको योजना सफल बनाउन यो रेलमार्गको विशेष महत्व भएको भन्दै राष्ट्रिय एकता रक्षा, आदिवासी जनताबीच एकता र सीमा क्षेत्रमा स्थायित्वको लागि सिचुआन–तिब्बतल रेलमार्गको विशेष भूमिका हुने बताउनुभयो ।
“यो परियोजनाले चीनको पश्चिम क्षेत्र विशेषतः सिचुआन प्रान्त र तिब्बत स्वशासित क्षेत्रको आर्थिक तथा सामाजिक विकासको लागि उल्लेखनीय योगदान गर्नेछ”, उहाँले भन्नुभयो ।
परियोजनाअन्तर्गतका क्षेत्रमा जटिल भौगोलिक, मौसमी अवस्था र कमजोर पर्यावरणीय वातावरणबारे चर्चा गर्दै राष्ट्रपति सीले यो कठिन तथा गौरवपूर्ण ऐतिहासिक कार्य पूरा गर्न स्रोत साधनको केन्द्रीकरण गरी चिनियाँ समाजवादी व्यवस्थालाई गति दिन आह्वान गर्नुभयो ।
“यो परियोजना वैज्ञानिक, सुरक्षित र वातावरणमैत्री तरिकाबाट अघि बढाउनुपर्छ”, सीले भन्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्युरोको स्थायी समितिका सदस्य प्रधानमन्त्री ली खस्याङले परियोजनाको सुरक्षा, विश्वसनीयता र गुणस्तरमा जोड दिंदै निर्माण प्रबद्र्धन, महामारी नियन्त्रण र जनताको हितलाई समन्वय गर्न आह्वान गर्नुभयो ।
प्रतिघण्टा १२० देखि २०० किलोमिटर गति कुद्ने गरी डिजाइन गरिएको १ हजार ११ किलोमिटर लामो सिचुआनको येनानदेखि तिब्बतको निङ्चीसम्मेका बाटो सिचुआन–तिब्बत रेलमार्गको तेस्रो खण्ड हो । चीन सरकारको रेलमार्ग समूह कम्पनी लिमिटेडले सो रेलमार्ग निर्माणको जिम्मा पाएको छ ।
सिचुआन–तिब्बत रेलमार्ग परियोजनाअन्तर्गत छेन्दु–येनानसम्मको खण्ड सन् २०१८ डिसेम्बरमा सम्पन्न गरिएको थियो भने ल्हासा–निङ्चीसम्मको खण्ड सन् २०१५ को जूनमा सम्पन्न भएको थियो ।
Leave a Reply