नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
सरकार देशलाई आत्मनिर्भर बनाउने कुरा गर्छन् तर आत्मनिर्भर बनाउने आधार तयार गर्दैन । सरकारले ध्यान दिएको खण्डमा, ध्यान दिएर काम गरेमा देशमा उत्पादित धेरै कुरामा आत्मनिर्भर बनाउन सकिन्छ । अहिले तिहार नजिकिँदै छ । तिहारको बेला फलफुलमात्र होइन फूलको पनि धेरै व्यापार हुन्छ । तिहार फलफुलको पर्वमात्र होइन पुष्पको पर्व पनि हो । तिहारको अघिल्लो दुईचार दिनदेखि नै सहर बजारमा फलफुल र फूलको मेलै हुन्छ, उत्सवजस्तो हुन्छ । प्रत्येक घरमा फूलको खाँचो हुन्छ । फूलबिना पूजा गरिँदैन, फूलबिना तिहारजस्तो हुँदैन । यसैले पनि तिहारको बेला फूलको ठूलो व्यापार हुन्छ ।
तिहारमा अनेक फूलहरूमध्ये सयपत्री र मखमलीको बढी बिक्री हुन्छ । सयपत्री र मखमली नभई हुँदैन । थोरै धेरै तिहारको गोवद्र्धन (म्ह) पूजा र भाइटीका (किजा पूजा) मा यी फूल जरुरी हुन्छ । त्यसकारण तिहार प्रारम्भ भएपछि अझ गोवद्र्धन पूजा र भाइटीकाको दिन या अघिल्लो दिन सहरबजारका निश्चित स्थानमा पुष्प मेलाजस्तै हुन्छ । यसरी तिहारमा फूल नभई नहुने हुँदा फूलमा आत्मनिर्भर बनाउन पुष्प खेतीको विस्तार आवश्यक हुन्छ । पुष्प खेती गर्ने किसान या पुष्प व्यवसायीहरूलाई सरकारले उत्साहित बनाउनुपर्छ, आवश्यक स्रोत र साधन जुटाउनुपर्छ, बेलाबेला प्रशिक्षण दिने, सहुलियत दरमा ऋण दिने काममा सहयोग गर्नुपर्छ ।
विदेशी फूल भिœयाएर नेपाली फूल खेर फाल्ने या कुहाउने गर्नुहुँदैन । गत वर्ष फूल बिक्री नभएर धेरै पुष्प व्यवसायीहरूको मखमली र सयपत्री फूल खेर गएको थियो । सयपत्री फूल टिपेपछि दुई तीन दिनमात्र काम लाग्छ । यो वर्ष सयपत्री फूल फुलिसकेपछि पनि, फुलेर सुक्न थालेपछि मात्र तिहार परेको हुँदा धेरै सयपत्री फूल तिहारमा उपयोग नहुने देखिएको छ । तिहार आउनुअघि नै सयपत्री फुलेको हुँदा त्यो समस्या देखिएको हो । यसबाट पुष्प व्यवसायीहरू मर्कामा पर्ने देखिन्छ । तर, पुष्प व्यवसायीहरूका अनुसार यो वर्ष पनि फूलको अभाव नहुने बताउँछन् ।
देशको लागि आवश्यक फूल नेपालमै उत्पादन गर्न सकिन्छ । पुष्प खेती विस्तार गरिएमा, आवश्यक स्रोत र साधन जुटाइएमा नेपालमै फूललाई आत्मनिर्भर गर्नसकिन्छ । तिहारमा चाहिने फूल विदेशबाट ल्याइनु जरुरी हुँदैन । आफ्नै देशमा उत्पादित फूल उपयोग गरिएमा पुष्प व्यवसायीहरू खुसी हुन्छन्, स्वदेशी पैसा फूलको लागि विदेशिँदैन । यसले रोजगारीको अवसर मिल्छ, फूलमा नेपाल आत्मनिर्भर हुन्छ ।
Leave a Reply