क्युवाको पुनः कब्जा
- जेष्ठ २९, २०८३
नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीकै कारण नेकपाभित्र आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ रहेको छ । नेकपाको नेतृत्वमा रहेको सरकार देश र जनताप्रति जिम्मेवार नभएको अर्काे पक्ष त छँदै छ । प्रम र पार्टी अध्यक्ष ओलीले चर्किरहेको विवाद मिलाउन आफ्ना नेताहरूसँग भेटघाट गर्नु र छलफल अघि बढाउनु अन्यथा होइन । त्यस्तो भेटघाट तथा छलफलमा पार्टीको सिद्धान्त र विचारको कुरो उठाउनुपथ्र्याे, छलफल गर्नुपथ्र्याे । पार्टी र सरकारको कमीकमजोरीबारे सिँहावलोकन गरेर भएका त्रुटिहरू सच्याउने र पार्टीले गरेका प्रतिबद्धता या घोषणापत्रलाई लागू गर्नेतर्फ विषय केन्द्रित हुनुपथ्र्याे ।
सञ्चारमाध्यममा आएको कुरा यथार्थ हो भने केपी ओलीले फेरि विवादास्पद कुरा खोकेर पार्टीमा आन्तरिक विवाद चर्काउने चारो फ्याकेका छन् । प्रम ओलीले दलको आन्तरिक विवाद शिथिल पार्ने नाउँमा पार्टीका अर्का नेता माधवकुमार नेपाललाई पार्टीको महाधिवेशनमा पार्टी अध्यक्ष बनाउने या अर्काे निर्वाचनपछि प्रम बनाउने लोभ बाँडेर आफ्नो वैचारिक उचाइलाई घटाउने काम गरे । दलको अध्यक्ष या प्रमजस्तो पदलाई प्रम ओलीले त्यति सजिलै आफ्नै खल्तीको वस्तु या पैसाजस्तै ठानेर आफूतर्फ आकर्षित गर्ने काम गर्नु के लायक छ ? प्रम ओलीको त्यो लालचमा भुल्ने नभुल्ने वरिष्ठ नेता नेपालको विचारको कुरा हो । तर, त्यो लालचमा फसेर नेता नेपालले आफ्नो अडान छाडे या केपी ओलीले गरेका गल्ती कमजोरी छोपेर पछि पछि लागे नेता नेपालको राजनीतिक उचाइ पनि घट्नेमा शङ्का छैन ।
कार्तिक २४ गतेको नागरिक दैनिकमा ‘नेपाललाई फकाउँदै ओली’ शीर्षकको समाचारमा लेखियो, “आउँदो महाधिवेशनपछि तपाईँ (नेपाल) नै अध्यक्ष हुने हो । त्यसमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ । प्रधानमन्त्री बन्ने हो भने आउँदो चुनावसम्म कुर्नुपर्छ ।” यो भनाइ सत्य हो भने प्रम ओली आश्वासन या लोभ बाँडेर नेताहरूलाई घुमाउँछन् या आफ्नो मातहतमा राख्न चाहन्छन् भन्ने थाहा हुन्छ । देश र पार्टीको नेतृत्व गर्ने प्रम र अध्यक्ष नै यसरी आश्वासन बाँडेर आफ्नो पक्षमा तान्ने काम गर्छन् भने पार्टीका अरू केन्द्रीय सदस्य, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू के गर्छन् होला ? पार्टी अधिवेशन र निर्वाचन हुने निश्चित छैन, निर्धारित समयमा हुन्छ हुँदैन यकिन छैन । पार्टी अध्यक्ष र प्रम बनाउने कुरा कुनै एक्लैले गर्ने होइन । त्यतिञ्जेल परिस्थिति के हुन्छ, कस्तो हुन्छ, निश्चित छैन । तर, प्रम ओली अझै आफूलाई पार्टी र देशका सर्वाधिकार ठान्छन् । प्रम ओलीको त्यो आश्वासन सुनेर नेकपाका अरू नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू के चुप लागेर बस्छन् ?
Leave a Reply