भर्खरै :

मन्त्रीहरू देश र जनताको सेवामा बेखबर !

जनताको पसिनाबाट उठेको राजस्वमा दाइँ गरेर देशको जिम्मेवारी बोकेका प्रधानमन्त्री र मन्त्रीहरूले महिनौँसम्म पार्टीको आन्तरिक विवादमा समय बिताएर पदको दुरुपयोग गरिरहेका छन् । सरकारको नेतृत्व गरेर सुखी नेपाली र समृद्ध नेपाल बनाउने सपना बाँडेर पार्टीको आन्तरिक विवादमा फसेर मन्त्रीहरू आ–आफ्नो जिम्मेवारीबाट पन्छिरहेका छन् । देश र जनताको सेवामा आ–आफ्नो समय खर्चिनुपर्ने मन्त्रीहरू जिम्मेवारी छोडेर देश र जनता भुल्दै छन् । देशमा कोरोना भाइरसको सङ्क्रमण बढेको बढ्यै छ । कोरोनाबाट मृतकको सङ्ख्या बढिरहेको छ । सङ्क्रमित पीडित र मर्नेको सङ्ख्या घटाउनेतर्फ सरकारको ध्यान पुगेको होइन । पार्टी फुट्न लाग्यो, सहयोग गर्नुप¥यो, पार्टी एकता कायम गर्न दबाब दिनुप¥यो भनेर जनताको रगत पसिनामा नाचेर पार्टी विवादमा फसिरहनु मन्त्री पदको दुरुपयोग हो, समयको बर्बाद हो र जनतामाथिको खेलबाड पनि हो ।
पार्टी सङ्कटमा छ भनी जनताको पैसामा रमेर मन्त्रीहरू देश र जनताको सेवामा बेखबर बनिरहेका छन् । कोरोना भाइरसको परीक्षण र स्वास्थ्योपचार निःशुल्क गर्न अदालतले निर्णय गरिसकेपछि पनि सरकार सो निर्णय लागू नगरी तमासे बनिरहनु के लाजमर्दाे होइन ? अदालतको निर्णय लागू गर्न सरकार किन पछि हटिरहेको हो ? सर्वाेच्च अदालतको आदेश नै पालना नगरी उल्लङ्घन गर्ने सरकार कसरी विधिको शासनमा रहेको मान्न सकिन्छ ? अदालतले निर्णय नगरे पनि स्वास्थ्योपचार सेवा निःशुल्क गर्न अघि बढ्नुपर्ने सरकारले अदालतको निर्णय नै ठाडो उल्लङ्घन गरिरहेको छ । यस कार्यमा स्वास्थ्यमन्त्री र प्रधानमन्त्री नै बढी जिम्मेवार छन् ।
सरकार देश र जनताप्रति समर्पित हुनुपर्छ । जनताका पीडा बुझ्ने, आधारभूत आवश्यकता पूर्ति गर्ने, स्वदेशमै कल–कारखाना खोलेर रोजगारीको व्यवस्था गर्ने, आवश्यक सामान सर्वसुलभ गराउने, मूल्यमा एकरूपता ल्याउने, गुणस्तरहीन सामान बजारमा ल्याउन रोक्नेतर्फ सरकारको ध्यान जानुपथ्र्याे । तर, सरकारका प्रधानमन्त्री र मन्त्रीहरू कहिले कर्णाली प्रदेश सरकार प्रमुखविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव, कहिले नेकपाका दुई अध्यक्षबीचको चर्काचर्की अभिव्यक्ति त कहिले मन्त्रिमण्डल हेरफेरको झमेलामा फसेर देश र जनतालाई बेवास्ता गर्ने ? सरकारको कारण पार्टीका नेताहरू विवादमा फसिरहेका हुन् या पार्टीको कारण सरकारका मन्त्रीहरू फसिरहेका हुन् ? मन्त्रीहरू देश र जनताको काम छोडेर अधिक समय पार्टीको विवादमा अल्झेर आफ्नो कर्तव्य भुल्नु ठीक होइन । सरकार आम जनताको हो । सरकार र नेकपाबीचको विवाद देश र जनताबारे भएको भए ठिक्कै हो । देश र जनताको जिम्मेवारी छोडेर महिनौँसम्म मन्त्रीहरूको समस्या पार्टी विवादमा खर्चिरहनु देश र जनतालाई बेवास्ता गर्नु नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *