तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौँ, २५ कार्तिक । नेमकिपा टोखा नगर समितिको आयोजनामा सोमबार १०३ औँ अक्टोबर क्रान्ति दिवस जूममार्फत अध्ययन गोष्ठी गरी मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले सन् १९१७ को रुसी अक्टोबरले मजदुर किसानबाट राज्य सत्ता कब्जा गर्न सम्भव छ र अझ पुँजीपति वर्गको भन्दा धेरै गुणा राम्रो शासन सञ्चालन गरी जनताको सेवा गर्नसक्छ भनी देखाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, समाजवादी देश चीनले पुँजीवादी एवम् साम्राज्यवादी देशहरूमा भन्दा अबल तरिकाले कोभिड–१९ बाट बचाउन उपचार गर्नसक्छ भनी देखाइदिएको छ ।”
उहाँले संरा अमेरिकाले क्युवा, भेनेजुयला, प्रजग कोरियाजस्ता समाजवादी देशमाथि आर्थिक नाकाबन्दी लगाए तापनि ती देशहरूले संरा अमेरिकालाई चुनौती दिइरहेका छन् भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले रुसको १९१७ को फेब्रुअरी क्रान्तिपछि सर्वहारा वर्गका महान् नेता लेनिनले मजदुर, सिपाही र किसानको राज्य सत्ता प्राप्त नहुञ्जेल सङ्घर्ष जारी राखेर अक्टोबर समाजवादी क्रान्ति सफल भएको हो भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले अक्टोबर क्रान्तिमा अमेरिकी समाजवादी पत्रकार जोन रिडले अक्टोबर क्रान्तिको वास्तविक कुरा पुस्तक लेखेर सुसूचित पार्ने काम गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा रवीन्द्र डंगोल, सविन महर्जन, शैलेश डंगोल, विशोक डंगोल, मीना डंगोल, कमल डंगोल, मदन श्रेष्ठ र सृजना डंगोलले आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा १०३ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस अनलाइनमार्फत आइतबार मनाइयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले १०३ औँ अक्टोबर समाजवादी क्रान्तिले संसारका मजदुर किसानहरूको गरिबीबाट मुक्तिको निम्ति प्रेरणा दिएको बताउनुभयो ।
सर्वहारा वर्गका नेता लेनिनको नेतृत्वमा १९१७ मा गरेको अक्टोबर समाजवादी क्रान्तिले क्रान्ति कुन परिस्थितिमा सफल हुन्छ भन्ने शिक्षा दिएको बताउँदै क्रान्तिको लागि क्रान्तिकारी कार्यकर्ताहरूसहितको क्रान्तिकारी पार्टी आवश्यक रहेको प्रस्ट पार्नुभयो ।
उहाँले अराजकवादी, संशोधनवादी र अवसरवादीले क्रान्तिको नेतृत्व गर्नसक्दैन, देश र जनताको सेवा गर्दैन भन्ने लेनिनको शिक्षा नेपालका शासक दलहरूले नलिएको प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले अक्टोबर समाजवादी क्रान्तिबाट शिक्षा लिएर पार्टीका सबै कार्यकर्ताहरू सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । नेमकिपा काठमाडौँ महानगर समितिका सदस्य नरमान महर्जनको सभापतित्वमा भएको कार्यक्रममा महानगर समितिका अध्यक्ष सुरेन्द्र महर्जन, सचिव सानुकाजी महर्जन, इन्द्रमान महर्जन, कृष्णबहादुर डंगोललगायतले अक्टोबर क्रान्तिको महत्वबारे बोल्नुभएको थियो ।
Leave a Reply