इरान–अमेरिकाबिच आक्रमण र प्रत्याक्रमण
- जेष्ठ १८, २०८३
संरा अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित भएका छन् । चीन र संरा अमेरिकाबीचको सम्बन्धमा यो नयाँ विकासक्रमको माने के हुन सक्छ ?
चीनका उपविदेशमन्त्री ली युचेङलाई गत नोभेम्बर ५ मा पेइचिङमा आयोजित पत्रकार भेटघाटमा अमेरिकी निर्वाचन र चीन-संरा अमेरिकी सम्बन्धमा यसको सम्भावित परिणामबारे प्रश्न सोधिएको थियो । उनले नयाँ अमेरिकी सरकारले चीनसँगको सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरे ।
वास्तवमै सहकार्य र साझा हितका क्षेत्र धेरै छन् । दुई देशबीचको सहकार्य संरा अमेरिका र चीनको लागि मात्र फलिफाप हुने छैन, बरु बाँकी संसारको लागि पनि हितकारी हुनेछ । बाहिरबाट हेर्दा सुझबुझपूणर् मानिएका बाइडेनबाट जो कोहीले वास्तवमै लीले भनेअनुसारको सुझावको पालना गर्ने आशा गरेका छन् । लीले भनेका थिए, “संरा अमेरिकाको आगामी सरकारले चीनसँग मित्रताको हात बढाउने आशा गर्दछौँ । द्वन्द्वरहित, तनावरहित, आपसी सम्मान, सबै पक्षबीच सहकार्यमा आधारित, आपसी भिन्नताको व्यवस्थापन र चीन-संरा अमेरिकी सम्बन्धलाई सही बाटोमा अघि बढाउने सम्बन्ध विकास हुनेमा आशावादी छौँ ।”
आफ्नो पदीय जिम्मेवारीअनुसार लीलाई धेरै कुराको जानकारी हुनु स्वाभाविक हो । त्यसका साथै बाइडेन लामो समयदेखि विदेश नीति मामिलामा काम गर्दै आएका वरिष्ठ सदस्य हुन् । उनी पेइचिङसँग सम्बन्ध सहज बनाउने विदेश नीतिका पक्षधर हुन् । त्यही भएर पनि अहिले चीन बढी आशावादी देखिएको छ ।
बाइडेनले चुनावी सभामा दिएका भाषणमा ‘चीनसँग कडा व्यवहार गर्ने’ अभिव्यक्ति दिएका छन् । तर, चुनावी सभामा सहभागी ‘उत्तेजित भीड’ लाई थपथपाउन उनले यस्तो भाषण गरेको स्पष्ट छ । अमेरिकी निर्वाचनमा यस्ता नाटकको मञ्चन भइरहनु सामान्य नै हो । चीनको लागि निकै उपयुक्त आजको यो परिस्थितिमा संरा अमेरिकाको उदार प्रजातन्त्रको उपादेयता अझ खस्केको छ ।
ट्रम्पको तुलनामा बाइडेन कम अस्थीर हुनेमा कुनै शड्ढा छैन । कम्तीमा बाइडेनले कूटनीतिका औपचारिक माध्यमको प्रयोग गर्नेछन् । परिपक्व विचारका मानिसहरूले बाइडेनको जितमा राहतको श्वास फेर्नेछन् । तथापि, संसारको सबभन्दा शक्तिशाली देशका राष्ट्रपतिका विषम ट्वीटहरू भने आगामी दिनमा धेरैको सम्झनामा मात्र रहने भयो ।
बाइडेन जतिसुकै संवदेनशील भएपनि र विगतमा उनको चीनतिर ढल्केको मान्यता भएपनि चीनले सजग बन्नुपर्ने ठाउँ धेरै छन् ।
डेमोक्रेटिक दलबाट ओबामा पहिलो पटक ह्वाइट हाउसमा पस्दा संसारमा संरा अमेरिकी संलग्नताको विषयमा उनले पनि नयाँ आरम्भ गर्ने विश्वास गरिएको थियो । कालान्तरमा उनले यो विश्वास पूरा गर्न सकेको देखिएन ।
पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुश जुनियरलाई पनि असजिलो पाराले लिने गरिन्थ्यो । कमजोर अङ्ग्रेजी र ‘अल्लारे पारा’ को कारण उनलाई त्यसरी लिइन्थ्यो । मुसलमानविरुद्ध संसारभर युद्ध थोपर्नमा बुश जिम्मेवार थिए ।
बुशभन्दा पृथक ओबामाले युद्धको आगोमा पानी खन्याउनुपथ्र्यो । तर, ओबामाले ल्याएको उत्साह धेरै दिन टिकेन । ओबामाको शासनमा अफगानिस्तानको युद्ध भने चालु रह्यो । लिबियालाई नराम्ररी ध्वस्त बनाइयो । यमनमाथि हमला सुरु भयो र सिरियाको अवस्था अझ भयावह बन्यो । स्वीकार्य व्यक्तित्व भएर पनि ओबामाको कार्यकाल बुशकै कार्यकालजस्तै युद्धग्रस्त रह्यो ।
धेरैले बुशको पालामा संरा अमेरिकी हमलाले उत्कर्ष रूप लिने अपेक्षा गरेका थिए । ओबामाको पालामा केही समयको लागि मात्र ठानिएको युद्धमुखी विदेश नीति उसको अन्त्यहीन विदेश नीतिमा परिणत भयो ।
ट्रम्पले ‘खतरा खेल’ को कुरा गर्दै गर्दा आफूभन्दा अघिका दुई जना राष्ट्रपतिभन्दा उनी कदापि पनि कम रक्तपिपासु थिएनन् । पहिलो कार्यकालको लागि भएको निर्वाचनमा ट्रम्पले अमेरिकी सेनालाई स्वदेश फर्काउने बताएका थिए । तर, त्यो वाचा कहिले पनि पूरा भएन ।
यी सबै घटनाक्रमबाट सिक्नुपर्ने कुरा भनेको पहिलो, आकर्षक व्यक्तित्व, भद्रता र वाकपटुता भनेकै नैतिकता होइन । दोस्रो, उदार प्रजातन्त्रको संरा अमेरिकी संस्करण पूणर्तः टाट पल्टिसकेको छ किनभने एउटा भनाइ छ – तिमीले जोसुकैलाई मत दिएपनि बन्ने सरकार उस्तै नै बन्ने हो । भन्नुको अर्थ संरा अमेरिका निहीत स्वार्थ सहितको आक्रामक राज्य हो । त्यो ‘उत्तेजक भीड’ को देश मात्र होइन । यो आक्रामक राज्यले राष्ट्रपति पदमा जोसुकै निर्वाचित भएपनि संसारभर युद्ध थोपर्ने नीति अङ्गीकार गरेको छ ।
त्यसकारण, ट्रम्पको तुलनामा बाइडेन जतिसुकै लचक वा संवेदनशील देखिए पनि संरा अमेरिकी प्रजातन्त्रका पर्दा पछाडिका वास्तविक शक्तिहरू – वाल स्ट्रिट र सैनिक उद्योगको पनि चित्त बुझाउनु नै छ ।
चीनको लागि दुई विपरीतबीचको छनोट हुन सक्छ-एकातिर निकै हल्लाखल्ला गर्ने ट्रम्प छन् भने अर्कोतिर मेकियावली जस्ता जालसाझी बाइडेन छन् । यी दुईमध्ये कोही पनि पूणर्तः उपयुक्त होइनन् । इतिहासले ओबामा र बुशबीच निकै भिन्नता भएपनि संसार दुवैको पालामा कत्ति पनि सुरक्षित नभएको कुरा देखाइसकेको छ ।
चीनको सन्दर्भमा भुल्न नहुने कुरा के हो भने बाइडेन त्यही डेमोक्रेटिक पार्टीका नेता हुन् जसले ओबामाको कार्यकालमा चीनलाई घेराबन्दी गर्न ‘एसियामा संरा अमेरिकी आधार’ रणनीतिक सुरु गरेका थिए । बुशले इराकमाथि हमला गर्दा दिशानिर्देशक रहेको ॅनयाँ अमेरिकी शताब्दी परियोजना’ को जरामा त्यो रणनीति आधारित थियो ।
यो रणनीति आज पनि चालु नै छ । चीनविरुद्ध भारतलाई प्रयोग गर्ने हिन्द-प्रशान्त रणनीति यसको मुख्य उदाहरण हो । चीनविरुद्ध विदेश नीतिको सन्दर्भमा संरा अमेरिकाको निहीत स्वार्थको यो एउटा अर्को उदाहरण मात्र हो ।
बाइडेन सरकारले चीनसँगको सम्बन्धलाई थप उत्पादनमुखी बनाउने र द्वन्द्वरहित सम्बन्ध विकास हुनेमा आशावादी बनौँ ! त्यसले संसारलाई शान्तिपूणर् र सबैको लागि सुरक्षित स्थान बनाउनेछ ।
तथापि, अमेरिकी चुनावका केही अनुभवको आधारमा हामी ढुक्क हुने अवस्था छैन न त चीन अनि सारा संसार नै निर्धक्क हुन सक्ने अवस्था छ ।
स्रोत: सीजीटीएन
नेपाली अनुवाद: राजजी
Leave a Reply